• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

चौरजहारी घटना: उच्चस्तरीय समिति काठमाडौं फर्कियो, थप ७ जना पक्राउ

64x64
नारायण अधिकारी शुक्रबार, जेठ २३, २०७७  ०८:३२
1140x725
फाइल फोटो

काठमाडौं- पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ स्थित सोतीमा ६ जनाको ज्यान गएको घटनाको छानबिन गर्न गएको उच्चस्तरीय समिति काठमाडौं फर्किएको छ। स्रोतका अनुसार गृहमन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समिति बिहीबार काठमाडौं फर्किएको हो।

गृह मन्त्रालयले बनाएको छानबिन समितिमा सहसचिव जितेन्द्र बस्नेत एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धानका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिवद्वय वशिष्ट घिमिरे र माधव ढकाल छन्। बस्नेत नेतृत्वको उक्त टोलीले घटनास्थलको अध्ययन, आरोपित, प्रत्यक्षर्शी, पीडितका परिवार, घाइते, स्थानीय जनप्रतिनिधि, प्रहरीलगायतसँग सोधपुछ गरेको थियो।

घटनास्थलको अध्ययन गरेर फर्किएको उक्त टोलीले अब प्रतिवेदत तयार पारेर गृहमन्त्रालयलाई पेश गर्ने तयारी गरेको छ।

यो छानबिन समितिले काठमाडौं फर्किए पनि प्रहरीले घटनाको अनुसन्धान गरिररहेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीबाट खटिएको प्रहरी टोलीले पनि स्थानीय प्रहरीलाई अनुसन्धानमा सहयोग गरिरहेको छ। सिआइबीले विभिन्न ‘टेक्निकल पार्ट’का बारेमा अनुसन्धान गर्न सकिने विषयमा र अनुसन्धानका गाँठाहरु फुकाउन सहयोग गरेको सिआइबीले जनाएको छ।

घटना कसरी भयो, आरोपित युवतीले फोन गरेर नवराज विकलाई आफ्नो घर बोलाएको कि होइन, घटनाको कारण जातीय हो कि अरु पनि छ जस्ता प्रश्नमा केन्द्रित रहेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

थप ७ जना पक्राउ
६ जनाको ज्यान गएको उक्त घटनामा संलग्न भएको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर, आमा प्रकाशी मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, रमेश मल्ललगायत १२ जनालाई सुरुमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। उक्त घटनामा संलग्न भएको आरोपमा थप ६ जना केही दिनपछि पक्राउ परेका थिए। यसरी पक्राउ पर्नेको संख्या १८ पुगेको थयो।

यता पीडित परिवारले भने २० जना विरुद्ध जाहेरी दिएका थिए। उनीहरुले जाहेरी दिएकामध्ये बाँकी २ जना फरार छन्।

तर बिहीबार राति प्रहरीले घटनामा संलग्न भएको आरोपमा थप ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौरजहारी नगरपालिका–८ सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, २४ वर्षीय रमित पुन, २१ वर्षीय नवीन घर्ती, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४ वर्षीय विराज पुन र २२ वर्षीय भीम पुन रहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

पक्राउ परेका अन्य व्यक्तिको बयानका आधारमा उनीहरुलाई पक्राउ गरिएको पश्चिम रुकुमका डिएसपी ठकबहादुर केसीले जानकारी दिए।

‘हामीले पक्राउ परेकाहरुको धमाधम बयान लिइरहेका छौं। सो क्रममा उनीहरुको पनि नाम जोडिएपछि पक्राउ गरिएको हो। अब अनुसन्धानले पुष्टि गर्ला उनीहरुको संलग्न भए नभएको’, केसीले भने।

उनीहरु पक्राउ परेसँगै यो घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म २५ जना पक्राउ परिसेकका छन्। बिहीबार मात्रै दोस्रो पटक १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ। उनीहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान भइरहेको छ।

आयोगको टोली घटनास्थलमै
यस घटनाको छानबिन गर्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोली पनि अहिले रुकुममै छ। अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा भएको उक्त चौरजहारी घटनाको छानबिन गर्न आयोगको टोली गत आइतबार घटनास्थल गएको थियो।

Xtrem

Xtrem

आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईंको नेतृत्वमा रहेको आयोगको टोलीले उक्त घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालीन कारण, घटनापश्चात् शान्तिसुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीय प्रशासन र प्रहरीबाट भइरहेको निष्पक्ष अनुसन्धान एवम् शान्तिसुरक्षाको कार्य सम्बन्धमा अनुगमन तथा अनुसन्धान गर्ने गरिएको जनाएको छ।

जातीय विभेदसँग सम्बन्धित उक्त अमानवीय तथा आपराधिक घटनालाई कुनै पनि पक्षले तरंगित र अतिरञ्जित बनाउने कार्य नगर्न तथा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीहरुलाई कानुन बमोजिम कारबाही गर्ने प्रक्रियामा आवश्यक सबै प्रकारको सहयोग पुर्‍याउन आयोग जनप्रतिनिधिहरु, राजनीतिक दल, मानव अधिकारकर्मी, नागरिक समाज र स्थानीय बासिन्दा समेतलाई आयोगले यसअघि नै आग्रह गरेको थियो। आयोगको टोलीले केही दिनमै छानबिन सकेर काठमाडौं फर्कने जनाएको छ। त्यसपछि आयोगले आफ्नो प्रतिवेदन सार्वजनिक गर्नेछ।

यस्तो थियो घटना
जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेम बसेको थियो।

तल्लोको जातको केटा भएको भन्दै केटीका परिवारले उनीहरुको विवाह अस्वीकार गरेको आरोप छ। त्यसपछि केटीकै आग्रहमा नवराजसहित १९ जना युवा ती किशोरीलाई लिन जेठ १९ गते उनको घर जाँदा परिवार र स्थानीयले लखेटीलखेटी कुटेको आरोप लागेको छ।

कुटाइकै क्रममा नवराजको मृत्यु भएपछि नदीमा फालेको आरोप नवराजको परिवारको छ।

उक्त घटनामा नवराजसहित टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार तथा सञ्जु विक, भेरी नगरपालिका–११ का गोविन्द शाहीको हत्या भएको थियो। उनीहरुको पोष्टमार्टम रिपोर्टमा समेत शरीरभर निलडाम देखिएको थियो।

सम्बन्धितः

वडाध्यक्षसहित १८ जनालाई १० दिन थुनामा राख्न अदालतको अनुमति 

थुनामा रहेकाको म्याद थप गर्न जिल्ला अदालत पेश 

चौरजहारी घटनाको अनुसन्धान गर्न सिआइबीको टोली खटाइयो 

चौरजहारी घटना: छानबिन गर्न मानव अधिकार आयोगको टोली घटनास्थल प्रस्थान 

चौरजहारी घटनाको विरोधमा कांग्रेस भ्रातृ संस्थाको विरोध 

चौरजहारी घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याइन्छ : गृहमन्त्री थापा 

चौरजहारी घटनाको छानबिन गर्न कांग्रेसद्वारा संसदीय समिति गठनको माग 

चौरजहारी घटनालाई बिग्रन दिन्नौं : महान्याधिवक्ता खरेल 

चौरजहारी घटनाको अनुसन्धान गर्न सिआइबी टोली पठाउने तयारी 

खेलकुदले जुराएको प्रेममा जात तगारो, कसरी मारिए नवराज? 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  ०८:३२
  • #चौरजहारी_घटना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित तीनजनालाई पक्राउ गरेको छ । बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्