• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २२, २०८२ Tue, Jan 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

चौरजहारी घटना: उच्चस्तरीय समिति काठमाडौं फर्कियो, थप ७ जना पक्राउ

64x64
नारायण अधिकारी शुक्रबार, जेठ २३, २०७७  ०८:३२
1140x725
फाइल फोटो

काठमाडौं- पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ स्थित सोतीमा ६ जनाको ज्यान गएको घटनाको छानबिन गर्न गएको उच्चस्तरीय समिति काठमाडौं फर्किएको छ। स्रोतका अनुसार गृहमन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समिति बिहीबार काठमाडौं फर्किएको हो।

गृह मन्त्रालयले बनाएको छानबिन समितिमा सहसचिव जितेन्द्र बस्नेत एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धानका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिवद्वय वशिष्ट घिमिरे र माधव ढकाल छन्। बस्नेत नेतृत्वको उक्त टोलीले घटनास्थलको अध्ययन, आरोपित, प्रत्यक्षर्शी, पीडितका परिवार, घाइते, स्थानीय जनप्रतिनिधि, प्रहरीलगायतसँग सोधपुछ गरेको थियो।

घटनास्थलको अध्ययन गरेर फर्किएको उक्त टोलीले अब प्रतिवेदत तयार पारेर गृहमन्त्रालयलाई पेश गर्ने तयारी गरेको छ।

यो छानबिन समितिले काठमाडौं फर्किए पनि प्रहरीले घटनाको अनुसन्धान गरिररहेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीबाट खटिएको प्रहरी टोलीले पनि स्थानीय प्रहरीलाई अनुसन्धानमा सहयोग गरिरहेको छ। सिआइबीले विभिन्न ‘टेक्निकल पार्ट’का बारेमा अनुसन्धान गर्न सकिने विषयमा र अनुसन्धानका गाँठाहरु फुकाउन सहयोग गरेको सिआइबीले जनाएको छ।

घटना कसरी भयो, आरोपित युवतीले फोन गरेर नवराज विकलाई आफ्नो घर बोलाएको कि होइन, घटनाको कारण जातीय हो कि अरु पनि छ जस्ता प्रश्नमा केन्द्रित रहेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

थप ७ जना पक्राउ
६ जनाको ज्यान गएको उक्त घटनामा संलग्न भएको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर, आमा प्रकाशी मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, रमेश मल्ललगायत १२ जनालाई सुरुमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। उक्त घटनामा संलग्न भएको आरोपमा थप ६ जना केही दिनपछि पक्राउ परेका थिए। यसरी पक्राउ पर्नेको संख्या १८ पुगेको थयो।

यता पीडित परिवारले भने २० जना विरुद्ध जाहेरी दिएका थिए। उनीहरुले जाहेरी दिएकामध्ये बाँकी २ जना फरार छन्।

तर बिहीबार राति प्रहरीले घटनामा संलग्न भएको आरोपमा थप ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौरजहारी नगरपालिका–८ सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, २४ वर्षीय रमित पुन, २१ वर्षीय नवीन घर्ती, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४ वर्षीय विराज पुन र २२ वर्षीय भीम पुन रहेका छन्।

Ncell 2
Ncell 2

पक्राउ परेका अन्य व्यक्तिको बयानका आधारमा उनीहरुलाई पक्राउ गरिएको पश्चिम रुकुमका डिएसपी ठकबहादुर केसीले जानकारी दिए।

‘हामीले पक्राउ परेकाहरुको धमाधम बयान लिइरहेका छौं। सो क्रममा उनीहरुको पनि नाम जोडिएपछि पक्राउ गरिएको हो। अब अनुसन्धानले पुष्टि गर्ला उनीहरुको संलग्न भए नभएको’, केसीले भने।

उनीहरु पक्राउ परेसँगै यो घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म २५ जना पक्राउ परिसेकका छन्। बिहीबार मात्रै दोस्रो पटक १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ। उनीहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान भइरहेको छ।

आयोगको टोली घटनास्थलमै
यस घटनाको छानबिन गर्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोली पनि अहिले रुकुममै छ। अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा भएको उक्त चौरजहारी घटनाको छानबिन गर्न आयोगको टोली गत आइतबार घटनास्थल गएको थियो।

आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईंको नेतृत्वमा रहेको आयोगको टोलीले उक्त घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालीन कारण, घटनापश्चात् शान्तिसुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीय प्रशासन र प्रहरीबाट भइरहेको निष्पक्ष अनुसन्धान एवम् शान्तिसुरक्षाको कार्य सम्बन्धमा अनुगमन तथा अनुसन्धान गर्ने गरिएको जनाएको छ।

जातीय विभेदसँग सम्बन्धित उक्त अमानवीय तथा आपराधिक घटनालाई कुनै पनि पक्षले तरंगित र अतिरञ्जित बनाउने कार्य नगर्न तथा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीहरुलाई कानुन बमोजिम कारबाही गर्ने प्रक्रियामा आवश्यक सबै प्रकारको सहयोग पुर्‍याउन आयोग जनप्रतिनिधिहरु, राजनीतिक दल, मानव अधिकारकर्मी, नागरिक समाज र स्थानीय बासिन्दा समेतलाई आयोगले यसअघि नै आग्रह गरेको थियो। आयोगको टोलीले केही दिनमै छानबिन सकेर काठमाडौं फर्कने जनाएको छ। त्यसपछि आयोगले आफ्नो प्रतिवेदन सार्वजनिक गर्नेछ।

यस्तो थियो घटना
जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेम बसेको थियो।

तल्लोको जातको केटा भएको भन्दै केटीका परिवारले उनीहरुको विवाह अस्वीकार गरेको आरोप छ। त्यसपछि केटीकै आग्रहमा नवराजसहित १९ जना युवा ती किशोरीलाई लिन जेठ १९ गते उनको घर जाँदा परिवार र स्थानीयले लखेटीलखेटी कुटेको आरोप लागेको छ।

कुटाइकै क्रममा नवराजको मृत्यु भएपछि नदीमा फालेको आरोप नवराजको परिवारको छ।

उक्त घटनामा नवराजसहित टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार तथा सञ्जु विक, भेरी नगरपालिका–११ का गोविन्द शाहीको हत्या भएको थियो। उनीहरुको पोष्टमार्टम रिपोर्टमा समेत शरीरभर निलडाम देखिएको थियो।

सम्बन्धितः

वडाध्यक्षसहित १८ जनालाई १० दिन थुनामा राख्न अदालतको अनुमति 

थुनामा रहेकाको म्याद थप गर्न जिल्ला अदालत पेश 

चौरजहारी घटनाको अनुसन्धान गर्न सिआइबीको टोली खटाइयो 

चौरजहारी घटना: छानबिन गर्न मानव अधिकार आयोगको टोली घटनास्थल प्रस्थान 

चौरजहारी घटनाको विरोधमा कांग्रेस भ्रातृ संस्थाको विरोध 

चौरजहारी घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याइन्छ : गृहमन्त्री थापा 

चौरजहारी घटनाको छानबिन गर्न कांग्रेसद्वारा संसदीय समिति गठनको माग 

चौरजहारी घटनालाई बिग्रन दिन्नौं : महान्याधिवक्ता खरेल 

चौरजहारी घटनाको अनुसन्धान गर्न सिआइबी टोली पठाउने तयारी 

खेलकुदले जुराएको प्रेममा जात तगारो, कसरी मारिए नवराज? 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  ०८:३२
  • #चौरजहारी_घटना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
सिनामंगलको काठ गोदाममा आगलागी मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्