• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खेलकुदले जुराएको प्रेममा जात तगारो, कसरी मारिए नवराज?

64x64
नारायण अधिकारी मंगलबार, जेठ १३, २०७७  १४:३४
1140x725
मृतकका आफन्त। उनीहरु न्यायको खोजीमा छन्। तस्बिर- सरोज वली, पत्रकार/जाजरकोट।

काठमाडौं- २०७६ मंसिरमा रुकुमको चौरजहारीमा भलिबल खेल चलिरहेको थियो। जहाँ गजव स्पाइक हान्दै थिए नवराज बिक। नवराजको हरेक सटमा उनका टिमका समर्थक ताली पड्काइरहेका थिए। विद्यालय र स्थानीयस्तरका प्रतियोगितामा नवराजको खेल कौशल परिचित थियो। 

खेलाडी नवराज गाउँटोलका प्रतियोगितामा यताउति पुगिरहेका हुन्थे। यही शिलशिलाले २०७६ को मंसिरमा उनी भलिबलकै लागि जाजरकोटबाट रुकुमको चौरजहारी पुगेका थिए। 

‘भलिबल खेल्न चौरजहारी गएकै बेला मेरो छोराको ती किशोरीसँग चिनजान भएको रहेछ। फेसबुकमा साथी पनि भएछन्। कुरा हुँदै जाँदा पछि प्रेम बस्यो’, नवराजकी आमा उर्मिलाले सुनाइन्। 

०००
जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षका युवक हुन् नवराज। छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीकी १७ वर्षकी मल्ल थरकी एक किशोरीसँग उनको भेट त्यही भलिबल खेलले जुराएको थियो। 

चौरजहारी-८ मा ती किशोरीको घर भए पनि उनी बजार नजिकै चौरजहारी-९ मा कोठा भाडा लिएर ट्युसन पढ्न बस्थिन्। भलिबल प्रतियोगितमा दर्शक बनेर पुगेकी ती किशोरीसँग नवराजको चिनजान मात्रै भएन, नम्बर आदानप्रदान समेत भयो। उनीहरु फेसबुकको भर्चुअल  दुनियामा पनि जोडिए। सामान्य चिनजानबाट सुरु भएको साथीको सम्बन्ध प्रेमसम्म पुग्यो।

हरेक वर्ष पुस महिनामा नवराजको घरनजिक रमाइलो मेला लाग्छ। ती किशोरी पनि मेला हेर्ने अवसर बनाएर नवराजको घर पनि गएकी थिइन्। ‘गत वर्षको पुसको १२ गते हो ती नानी हाम्रो घर आइन्। चार दिन बसेर गइन्’ त्यसबेलाको समय सम्झिन्छिन् उर्मिला।

रुकुमको चौरजहारी नगरपालिका-८ सोती। तस्बिर- सरोज वली, पत्रकार/जाजरकोट।

ती किशोरी चार दिनसम्म घरमा बस्दा नवराजका बुबा मोहनले भने कान्छी छोरीको साथी ठानिरहेका थिए। हुन पनि ती किशोरी र मोहनकी कान्छी छोरीको उमेर लगभग उस्तै छ। पहिले त मोहनले मनमनै छोरीको साथी ठाने मात्र, केही सोधेनन्। ‘मैले श्रीमतीलाई सोध्न लगाएँ। उनले म छोरीको साथी होइन। छोरा नवराजको साथी हुँ भनिन्’ मोहनले सुनाए। 

त्यतिबेलासम्म नवराजका आमाबाबुले ती किशोरीले भने जस्तै छोराको साथीको रुपमा मात्र हेरेका थिए। पुसको अन्तिममा उर्मिलाको बहिनीको छोराको जन्मदिन थियो। त्यसबेला पनि ती किशोरी आफ्नो घर आएको उर्मिला सम्झिन्छिन्। ‘दोस्रोपटक आउँदा भने उनी मेरो छोराकै कोठामा सुतिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि मात्र उर्मिलाले तिनीसँग लामो बातचित गरिन्। ‘मैले हामी त दलित हौँ। तिमी के जातको हो। किन मेरो छोरोको कोठामा सुत्छौ भनेर सोध्दा, ‘म मल्ल ठकुरीको छोरी हुँ आन्टी। दलित बिहे गरे पनि घरमा केही गर्नुहुन्न। मैले लगेर मन पराएको केटा यही हो भनेर पनि देखाइसकेँ। हाम्रो बिहे आठ वर्षपछि हुन्छ भनेकी थिएँ’ ती किशोरीको कुरा सम्झँदै उर्मिलाले सुनाइन्। 

त्यतिबेला उनी तीन दिन नवराजको घरमा बसेकी थिइन्। त्यसपछि उर्मिलाले भाइ नाता पर्नेको मोटरसाइकलमार्फत ती किशोरीलाई घर पठाइदिएको बताइन्। त्यसबेला नवराजका बाबु मोहन ढाड दुख्ने समस्याले बिरामी थिए। किशोरीलाई परिवारको जिम्मा लगाउन सोतीसम्म जानसक्ने आँट उनले गरेनन्। 

मोबाइलका फोटा हेरिकसेपछि इन्द्रले त्यसबेला भनेको कुरा मोहन सुनाउँछन्- ‘ए मल्लको सम्धी बन्ने विचार छ र? छ विचार?’ भन्दै धम्क्याएको जस्तो गरेका थिए। 

किशोरीको ठुलोबुवा नाता पर्ने इन्द्रबहादुर मल्ल भने उनकै घर नजिक बस्छन्। त्यसपछि मोहन इन्द्रको घरमा गए। ‘मेरो छोराका मोबाइलमा हजुरको छोरी र मेरो छोराको यस्ता यस्ता फोटा छन्। भोलि दलित भनेर अपहेलना हुन्छ। हाम्रो जातभात मिल्दैन। म छोरालाई सम्झाउँछु। तपाईं छोरीलाई सम्झाउनु होला’ भन्दै आफूले फोटोसमेत देखाएको मोहनले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मोबाइलका फोटा हेरिकसेपछि इन्द्रले त्यसबेला भनेको कुरा मोहन सुनाउँछन्- ‘ए मल्लको सम्धी बन्ने विचार छ र? छ विचार?’ भन्दै धम्क्याएको जस्तो गरेका थिए। 

त्यतिबेलै देखि दलित भनेर आफूलाई अपहेलनाको महसुस भइसकेको मोहनको मनमा गढेको छ। 

नवराज र ती किशोरीको भने सम्पर्क भइनै रहन्थ्यो। गएको चैतमा पनि नवराजले किशोरीलाई घर ल्याउन खोजेका थिए। केटीले नै बोलाए पछि नवराज तीन जना साथीको साथ लागेर किशोरीको घर गएका थिए। त्यसेबला समेत उनीहरुमाथि कुटपिट भएको नवराजको परिवार बताउँछ। 

भेरी नदी। तस्बिर- सरोज वली, पत्रकार/जाजरकोट।

त्यसबेला युवतीका आफन्तसमेत रहेका वडाध्यक्ष डम्बरबहादुर मल्लले नवराजलाई पक्राउ गरेर प्रहरीकोमा जिम्मा लगाएका थिए। इलाका प्रहरी कार्यालय चौरजहारीको हिरासतमा नवराजको एक रात बास बित्यो। भोलिपल्ट आमा उर्मिला चौकी पुगिन्। केटी पक्षका कोही पनि उपस्थित भएनन्।

प्रहरीले छोरालाई लिएर जान भनेपछि उर्मिला छोरो लिएर घर फर्केकी थिइन्। गत चैत १ गते ती किशोरीको भाइसमेत आफ्नो घरमा आएर १२ दिन बसेर गएको उर्मिला सुनाउँछिन्। ‘तिमीहरु ठकुरी। हामी दलित। किन यसरी हाम्रो घर आइरहन्छौ? भनेर मैले उसको भाइलाई समेत सोधेको थिएँ। त्यसबेला हैन आन्टि नवराज मेरो भिनाजु हो भन्यो’ टेलिफोनमार्फत उर्मिलाले नेपाल लाइभसँग भनिन्।

०००
दुई प्रेम सम्बन्धमा उतारचढाव आइरहकै थियो। किशोरीका परिवार पक्षले इन्कार गरे पनि उनीहरु भने नजिक हुन खोजी रहेका थिए। सोही क्रममा गत शनिबार युवतीले फोन गरेर बोलाए पछि नवराज अरु १८ जना साथीको साथ लागेर सोती गएको परिवारले जनाएको छ। ‘अलि धेरै जना आएर दलबलसहित मलाई लिएर जानु, मलाई थुनेर राखेको छ’ किशोरीले फोनमा यस्तो भनेपछि नवराज गएको परिवारको दाबी छ।

‘म त्यसबेला काममा थिएँ। आमा पाठालाई घाँस काट्न गएकी थिइ। सधै चप्पल लगाइराख्ने मान्छे। चप्पल ढोका बाहिरै थियो। सुतेका होला कतै गएको भए त चप्पल हुन्थेन भन्ने हामीले सोच्यौं’, बुबा मोहनले सुनाए ‘भित्र गएर हेर्दा सुतेको रैनछ। जुत्ता लगाएर गएछ।’

पहिला जाँदा पनि कुटपिट भएको र प्रहरी हिरासतमा समेत पुगेको भएकाले नवराजका साथीले नवराजलाई मास्क लगाउन लगाएर बिचमा राखेर हिँडेका थिए। 

नवराजकी आमा उर्मिला भने योजनाबद्ध तरिकाले आक्रमण गरेर छोरा मारेका बताउँछिन्। यताबाट छोरासँग अरु गएको थाहा पाएपछि जाजरकोटमै बसोबास भएका केटीका ठुलोबुबाले फोन गरेर उक्त जानकारी दिएको र सोही योजना अनुसार हत्या गरिएको उनको आरोप छ।

‘यताबाट गएकाहरु केटीको घर नजिक पुगेपछि उसकी आमा निस्किइन्। मेरो छोरा नवराजलाई चिनिहाले। त्यसपछि त ‘एई कामीका टुगा फेरि आइगई ? अझै तेरोे चेत खुलेको छैन ? आज त यसको हातखुट्टा भाँचेर मार्नुपर्छ, डुमको लखेलाई’ भनेर गाली गरेछन्’ नवराजसँग केटीको घर गएका साथीको कुरा मोहनले सुनाए।

त्यतिन्जेल उनीहरुले ती किशोरीलाई देखेका थिएनन्। आमाले थाहा पाएकाले समस्या हुने बुझेर उनीहरु फर्किन थालेका थिए। 

किशोरीका आमा भने निरन्तर तथानाम गाली गरिरहेकी थिइन्। त्यही सुनेर स्थानीय धुरिएर लखेट्न थाले। भेटाएर कुट्न थाले। 

यता नवराजकी आमा उर्मिला भने योजनाबद्ध तरिकाले आक्रमण गरेर छोरा मारेका बताउँछिन्। यताबाट छोरासँग अरु गएको थाहा पाएपछि जाजरकोटमै बसोबास भएका केटीका ठुलोबुबाले फोन गरेर उक्त जानकारी दिएको र सोही योजना अनुसार हत्या गरिएको उनको आरोप छ।

‘स्थानीयहरु माथि डाँडामा। उनीहरु तल थिए। माथिबाट ढुंगा बर्साका थिए स्थानीयले। तेर्सा भाग्दा भेटिहाल्छन्। माथीबाट ढुंगा खसाको छ। तल नदी छ। नदी तीरै भाग्ने कतै चेप तिर बसेर बाँचिन्छ कि भन्ने सोचका रहेछन्। तर मेरो छोरालाई मारेर भेरीमा फाल्दिएछन्। ढुंगाको चेपमा घोप्टो परेको अवस्थामा लाश फेला परेको छ’ मोहनले भने। 

‘रुकुमकै एक जनाले पुलबाट लाश देखेका रछन्। मेरो छोराले कालो ज्याकेट लगाएको थियो। पानीको छालले ज्याकेट माथि सुर्केर टोपीजस्तो भएर अनुहार छोपेको रहेछ। भित्रको भेस्ट देखिएको थियो। भेस्ट देखिएपछि यो त मेरो छोराको लाश हो तानेर बाहिर निकाल्नुस भनेँ। ड्युटीमा रहेका प्रहरीले हाम्रो काम ड्युटी गर्ने हो मुद्दाको प्रहरी आएर लाश उठाउँछ भन्यो। पछि लाश तानेपछि म बेहास भएछु। त्यसपछि केही थाहा भएन’ मोहन सुनाउँछन्। 

रुकुमको चौरजहारी नगरपालिका-८ सोती। तस्बिर- सरोज वली, पत्रकार/जाजरकोट।

ज्यान बचाउन नदीमा हाम फालेकामध्ये चौरजहारी नगरपालिका-१ का टीकाराम सुनार र भेरी नगरपालिका-४ का गणेश बुढाको शव भेरी नदीमा भेटिएको छ। भेरी नगरपालिकाका सन्दीप बिक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन्। सन्दिपका बाबु बलरामले नेपाल लाइभसँग भने ‘अहिलेसम्म मेरो छोराका लाश फेला परेको छैन। जाजरकोट जिप्रकामा उजुरी दिन जाँदा पनि यहाँ उजुरी दिन मिल्दैन भन्छ, हामीले न्याय कसरी पाउने?’

घटनामा परेर भेरी नगरपालिकाका मदन शाही, सरोज भँडेल, सुदीप खड्का, आशिष बिक लगायत १३ जना घाइते भएका छन्। खड्का र शाहीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ भने अन्य सामान्य उपचारपछि घर फर्केका छन्। 

०००
घटनाबारे अनुसन्धान भइरहेको दुबै जिल्लाका प्रहरीले जनाएका छन्। जाजरकोटमा फेला परेकाले उनीहरु तीनै जनाको शब अहिले जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ। आफन्तले शब बुझ्न मानेका छैनन्। जारकोट प्रहरीले उजुरी नलिएको पीडितको आरोप छ। यसबारे जाजरकोटका डिएसपी किशोर श्रेष्ठले घटनास्थल पश्चिम रुकुम भएकाले उतै गएर उजुरी गर्न सुझाएको बताए।

उता पश्चिम रुकुमका डिएसपी ठकबहादुर केसीले यस घटनाले दुई जिल्लालाई जोडेकाले दुई जिल्लाका प्रहरीकै समन्वयमा अनुसन्धान अघि बढ्ने जानकारी दिन्छन्। अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याएर पीडितलाई न्याय दिलाउने उनले बताएका छन्। 

जाजरकोटका स्थानीय पत्रकार सरोज वलीले पनि घटनाको कारण भने जातपात जस्तो नै देखिएकोे बताएका छन्। नेपाल लाइभसँगको कुराकानीमा उनले स्थानीले अहिले डराएर केही बोल्न नसक्ने अवस्था रहेको र आफन्तहरुको भनाइबाट दलित भएकोे कारणले नै भएको देखिएको बताए।

घटनामा संलग्न भएको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका-८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुबा वीरबहादुर, आमा प्रकाशी मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, रमेश मल्ललगायत १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  १४:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
फ्रान्स आन्दोलन चर्काउन भारत, अमेरिका, बेलायती संजालको भूमिका : रिपोर्ट सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने सोमबार, कात्तिक २, २०८३
धनुषामा बसको ठक्करबाट एकजनाको मृत्यु, दुई घाइते सोमबार, कात्तिक २, २०८३
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्