काठमाडौं– नेपाली कांग्रेस सम्बद्ध ‘कांग्रेस पाठशाला’ को नेतृत्वमा रुकुम पश्चिम चौरजहारीमा भएको घटनाको विरोधमा विरोध प्रर्दशन गरेको छ।
कांग्रेस पाठशालाले गरेको विरोध प्रर्दशनमा नेविसंघ, दलित संघ, दलित विद्यार्थी संघ र कांग्रेसका नेता कार्यकर्ताको उपस्थिति थियो। माइतीघरमा भएको विरोधमा नेविसंघ महामन्त्री बलदेव तिमल्सेनाले सोती घटना अत्यन्तै क्रूर, अमानवीय र जघन्य भएको बताए।
संसदीय समिति गठन गरी दोषीलाई कारबाहीको माग गरे। अर्का महामन्त्री युवराज पाण्डेले चौरजहारी हत्याकाण्डले संविधानको व्यवस्थामाथि प्रश्न उठाएको बताए।
गत शनिबार भएको घटनामा परेर ६ जनाको मृत्यु भएको थियो। जाजरकोटका नवराज विकसहितको टोलीलाई रुकुमको चौरजहारीस्थित सोती गाउँका गाउँलेहरूले आक्रमण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।