काठमाडौं- रुकुम चौरजहारी हत्याकाण्डमा संलग्न भएको आरोपमा थुनामा रहेका व्यक्तिहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत रुकुम पेश गरिएको छ।
सल्यानबाट आफूले प्रेम गरेकी युवती लिन पुगेका युवाहरुको समूहलाई चौरजहारीका स्थानीयले आक्रमण गरेका थिए। आक्रमणपछि युवाहरु भेरी नदीमा हामफालेका थिए। तीमध्ये ६ जनाको ज्यान गएको थियो।
दलित युवाले माथिल्लो जातकी युवती लिन आएको भन्दै गाउँलेहरुले जातीय विभेदका आधारमा हिंसा गरेको भन्दै प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको थियो। पक्राउ परेकाहरुमाथि थप अनुसन्धानका लागि समय माग्दै बिहीबार जिल्ला अदालत पेश गरिएको छ।
जिल्ला अदालतबाट थप २५ दिन थुनामा राखेर अनुसन्धान गर्ने समय माग्ने तयारी सरकारी वकिलले गरेको छ। बिहीबार १८ जनालाई अदालत पेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।