• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

दाजु गृहमन्त्रीको कुर्सीमा, भाइ जेलमा

दुबईबाट व्यापारी धम्क्याउँदै अर्का अभियुक्त
64x64
नारायण अधिकारी बिहीबार, फागुन २९, २०७६  २२:१३
1140x725

काठमाडौं- रामबहादुर थापा (बादल) गृहमन्त्री हुन्। उनका सहोदर भाइ नरेश थापा भने जेलमा छन्। डिल्लीबजार कारागारका जेलर अरुण पोखरेलका अनुसार नरेश फागुन १९ देखि कारागारको 'क' ब्लकमा छन्। 

व्यापारीलाई धम्क्याएर रकम असुलीमा सक्रिय समूहमा संलग्न देखिएका उनलाई प्रारम्भमा काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो। तर उच्च अदालत पाटनले सोही मुद्दामा सुनुवाइ गर्दै जिल्लाको आदेश उल्टाएर धरौटी खारेज गरिदिएपछि नरेशले जेल बस्नु पर्ने भएको हो।

‘हामीलाई नरेश गृहमन्त्री थापाका भाइ हुन् भन्ने समेत थाहा थिएन,’ जेलर पोखरेलले भने, ‘मिडियाले साधेपुछ गर्न थालेपछि मात्रै गृहमन्त्रीका भाइ भएको जानकारी पाइयो। अहिलेसम्म भेटघाट गर्न कोही आएका पनि छैनन्।'

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज १३ गते गोली हानी हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका समीरमान बस्नेत अहिले केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका छन्। उनकै समूहसँग नरेशको संलग्नता देखिएको हो।

यो पनि पढ्नुहोस्

गृहमन्त्रीका भाइसहित समातिएका थिए प्रहरी पनि, प्रतिवादी बनाइएका ९ जना कोको?बिहिबार, पुस १७, २०२६

जेलमै रहँदा समेत बस्नेतको आपराधिक काम रोकिएन। बस्नेतल जेलबाटै धम्क्याएर व्यवसायीबाट रकम असुल्ने योजना बनाए। उनकै समूहका सदस्य काठमाडौं स्युचाटारका पवन खड्का र इचंगुनारायणका सुरेन नगरकोटीमार्फत् व्यवसायीलाई धम्क्याएर रकम असुल्ने योजना बनाएका थिए। धम्क्याउँदै रकम माग गरेको भन्दै व्यवसायी जयराम लामिछानेले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा जाहेरी दिए। प्रहरीले पवन र सुरेनलाई पक्राउ गरेपछि दुवैसँग गृहमन्त्रीका भाइ नरेशको पटकपटक कुराकानी भएको देखिएको र ‘मिलेर काम गर्नुपर्छ’ भन्ने सन्देश समेत आदानप्रदान भएको पाइएपछि सिआइबीले नरेशलाई गत भदौमा पक्राउ गरेको थियो।

यो पनि पढ्नुहोस्

गृहमन्त्रीका भाइ धरौटीमा रिहा, बाँकी जेल चलानबिहिबार, पुस १७, २०२६

प्रहरीले उनीहरूविरुद्ध ७७ पुष्ठ लामो अभियोगपत्र दायर गरेको थियो। जसमा समीरमानसँगको मिलेमतोमा व्यवसायीलाई धम्क्याएर पैसा उठाउन खोजिएको उल्लेख थियो। तर व्यवसायीबाट रकम उठाएको कुरा उल्लेख थिएन।  

त्यसबेला नरेशले प्रहरीको बयानमा आफू समीरलाई भेट्न नगएको, धम्क्याउने काममा आफ्नो कुनै पनि संलग्नता नरहेको र कुनै निर्देशन नदिएको बताएका थिए।

Ncell 2
Ncell 2

केन्द्रीय कारागारको सुरक्षार्थ खटिएका तत्कालीन इन्स्पेक्टर विपिन ओझाले भने नरेशले बस्नेतसँग जेलभित्रै भेटेको आफूले देखेको बयान दिएका थिए। 

यो पनि पढ्नुहोस्

गृहमन्त्रीका भाइसहित ८ जनाको थुनछेक बहस हेर्दाहेर्दैमा, भोलि पुन: सुनुवाइ हुनेबिहिबार, पुस १७, २०२६

जेलको फोनबाट पटकपटक सम्पर्क गर्दा आपराधिक योजना सार्वजनिक हुने भन्दै केही प्रलोभन पारेर समीरमानले कारागारमै खटिएका प्रहरी जवान वीरबल भट्टराईको मोबाइलमार्फत् पनि नरेश र अन्य व्यक्तिसँग सम्पर्क गरेको अनुसन्धानबाट खुलेको थियो। 

जेलमा फोनमा बोल्न कडाई गरिएपछि बस्नेतले प्रलोभनमा पारेर प्रहरीकै जवानको मोबाइलबाट फोन गर्ने गरेका थिए। 

यो पनि पढ्नुहोस्

४ नम्बर इजलासमा गृहमन्त्रीका भाइ, प्रिय बनेको त्यो मेडिकल मास्क

यी‍ तथ्यले नरेश पनि अभियुक्त बनेका थिए। तर जिल्ला अदालतले उनलाई धरौटीमा छोड्ने आदेश दियो। धरौटीविरुद्ध उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आदेश उल्टिँदा धरौटी खारेज भयो। मुद्दा किनारा नलागेसम्म नरेशले जेल बस्नुपर्ने भयो। आदेश उल्टिएपछि नरेश आफै हाजिर भएका थिए।

अर्का अभियुक्तको दुबईमा मस्ती
संगठित अपराध र आपराधिक लाभको कसुरमा नरेशसहित जेलमा रहेका समीरमान बस्नेत, पवन खड्का, सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, वीरबल भट्टराई, मनबहादुर पुनमगर, बाग्लुङका जावेद अनवरदिनलाई विपक्षी बनाएर जिल्ला अदालत काठमाडौंमा गत भदौ अन्तिम साता मुद्दा दायर भएको थियो। 

सोही कसुरमा गृहमन्त्रीका भाइ नरेशबाहेक अन्यलाई पुर्पक्षमा राख्न जिल्ला अदालतले आदेश दिएको थियो। नरेश भने १ लाख धरौटीमा असोज १ गते रिहा भएका थिए। 

यो पनि पढ्नुहोस्

गृहमन्त्रीका भाइलाई धरौटीमा छोड्ने जिल्ला अदालतको निर्णय उच्चले उल्टायोबिहिबार, पुस १७, २०२६

उनलाई रिहा गर्ने आदेशविरुद्ध सरकारी वकिलको कार्यालय उच्च अदालत पाटन पुगेको थियो। अन्ततः उच्च अदालत पाटनले जिल्लाको आदेश उल्टाउँदै नरेशलाई थुनामै राख्न गत माघ २३ गते आदेश दियो। 

उच्चले थुनामा राख्ने आदेश दिएको एक महिनापछि फागुन १९ गते प्रहरीमार्फत् अदालत पुगेका नरेशसहित सोही कसुरमा प्रतिवादी बनाइएका अन्य ६ जनाले अहिले जेलजीवन बिताइरहेका छन्।

सोही मुद्दाका अर्का एक प्रतिवादी भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। उनी हुन्, जावेद अनवरदिन।

जावेद भने दुबईमा बसेर इन्टरनेटमार्फत् नेपाली व्यवसायीहरूलाई धम्क्याउँदै रकम असुलेको आरोप सिआइबीले पेश गरेको अभियोग पत्रमा उल्लेख छ। तर उनी भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। यद्यपि उनीविरुद्ध रेड नोटिस जारी गरेर पक्राउ गर्ने तयारी सुरु गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  २२:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ भने नेपाल बार एसोसिएसन लगायतले आलोचना र फिर्ता लिन दबाब बढाएपछि महान्यायाधिव... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन आसन्न निर्वाचनको तयारीका लागि निर्वाचन आयोग परिसरमा चहलपहल बढिरहेका बेला नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता... शुक्रबार, माघ २, २०८२
आगामी प्रतिनिधि सभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स... बिहीबार, पुस २४, २०८२
ताजा समाचारसबै
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्