• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

दाजु गृहमन्त्रीको कुर्सीमा, भाइ जेलमा

दुबईबाट व्यापारी धम्क्याउँदै अर्का अभियुक्त
64x64
नारायण अधिकारी बिहीबार, फागुन २९, २०७६  २२:१३
1140x725

काठमाडौं- रामबहादुर थापा (बादल) गृहमन्त्री हुन्। उनका सहोदर भाइ नरेश थापा भने जेलमा छन्। डिल्लीबजार कारागारका जेलर अरुण पोखरेलका अनुसार नरेश फागुन १९ देखि कारागारको 'क' ब्लकमा छन्। 

व्यापारीलाई धम्क्याएर रकम असुलीमा सक्रिय समूहमा संलग्न देखिएका उनलाई प्रारम्भमा काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो। तर उच्च अदालत पाटनले सोही मुद्दामा सुनुवाइ गर्दै जिल्लाको आदेश उल्टाएर धरौटी खारेज गरिदिएपछि नरेशले जेल बस्नु पर्ने भएको हो।

‘हामीलाई नरेश गृहमन्त्री थापाका भाइ हुन् भन्ने समेत थाहा थिएन,’ जेलर पोखरेलले भने, ‘मिडियाले साधेपुछ गर्न थालेपछि मात्रै गृहमन्त्रीका भाइ भएको जानकारी पाइयो। अहिलेसम्म भेटघाट गर्न कोही आएका पनि छैनन्।'

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज १३ गते गोली हानी हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका समीरमान बस्नेत अहिले केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका छन्। उनकै समूहसँग नरेशको संलग्नता देखिएको हो।

यो पनि पढ्नुहोस्

गृहमन्त्रीका भाइसहित समातिएका थिए प्रहरी पनि, प्रतिवादी बनाइएका ९ जना कोको?बिहिबार, पुस १७, २०२६

जेलमै रहँदा समेत बस्नेतको आपराधिक काम रोकिएन। बस्नेतल जेलबाटै धम्क्याएर व्यवसायीबाट रकम असुल्ने योजना बनाए। उनकै समूहका सदस्य काठमाडौं स्युचाटारका पवन खड्का र इचंगुनारायणका सुरेन नगरकोटीमार्फत् व्यवसायीलाई धम्क्याएर रकम असुल्ने योजना बनाएका थिए। धम्क्याउँदै रकम माग गरेको भन्दै व्यवसायी जयराम लामिछानेले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा जाहेरी दिए। प्रहरीले पवन र सुरेनलाई पक्राउ गरेपछि दुवैसँग गृहमन्त्रीका भाइ नरेशको पटकपटक कुराकानी भएको देखिएको र ‘मिलेर काम गर्नुपर्छ’ भन्ने सन्देश समेत आदानप्रदान भएको पाइएपछि सिआइबीले नरेशलाई गत भदौमा पक्राउ गरेको थियो।

यो पनि पढ्नुहोस्

गृहमन्त्रीका भाइ धरौटीमा रिहा, बाँकी जेल चलानबिहिबार, पुस १७, २०२६

प्रहरीले उनीहरूविरुद्ध ७७ पुष्ठ लामो अभियोगपत्र दायर गरेको थियो। जसमा समीरमानसँगको मिलेमतोमा व्यवसायीलाई धम्क्याएर पैसा उठाउन खोजिएको उल्लेख थियो। तर व्यवसायीबाट रकम उठाएको कुरा उल्लेख थिएन।  

त्यसबेला नरेशले प्रहरीको बयानमा आफू समीरलाई भेट्न नगएको, धम्क्याउने काममा आफ्नो कुनै पनि संलग्नता नरहेको र कुनै निर्देशन नदिएको बताएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

केन्द्रीय कारागारको सुरक्षार्थ खटिएका तत्कालीन इन्स्पेक्टर विपिन ओझाले भने नरेशले बस्नेतसँग जेलभित्रै भेटेको आफूले देखेको बयान दिएका थिए। 

यो पनि पढ्नुहोस्

गृहमन्त्रीका भाइसहित ८ जनाको थुनछेक बहस हेर्दाहेर्दैमा, भोलि पुन: सुनुवाइ हुनेबिहिबार, पुस १७, २०२६

जेलको फोनबाट पटकपटक सम्पर्क गर्दा आपराधिक योजना सार्वजनिक हुने भन्दै केही प्रलोभन पारेर समीरमानले कारागारमै खटिएका प्रहरी जवान वीरबल भट्टराईको मोबाइलमार्फत् पनि नरेश र अन्य व्यक्तिसँग सम्पर्क गरेको अनुसन्धानबाट खुलेको थियो। 

जेलमा फोनमा बोल्न कडाई गरिएपछि बस्नेतले प्रलोभनमा पारेर प्रहरीकै जवानको मोबाइलबाट फोन गर्ने गरेका थिए। 

यो पनि पढ्नुहोस्

४ नम्बर इजलासमा गृहमन्त्रीका भाइ, प्रिय बनेको त्यो मेडिकल मास्क

यी‍ तथ्यले नरेश पनि अभियुक्त बनेका थिए। तर जिल्ला अदालतले उनलाई धरौटीमा छोड्ने आदेश दियो। धरौटीविरुद्ध उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आदेश उल्टिँदा धरौटी खारेज भयो। मुद्दा किनारा नलागेसम्म नरेशले जेल बस्नुपर्ने भयो। आदेश उल्टिएपछि नरेश आफै हाजिर भएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अर्का अभियुक्तको दुबईमा मस्ती
संगठित अपराध र आपराधिक लाभको कसुरमा नरेशसहित जेलमा रहेका समीरमान बस्नेत, पवन खड्का, सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, वीरबल भट्टराई, मनबहादुर पुनमगर, बाग्लुङका जावेद अनवरदिनलाई विपक्षी बनाएर जिल्ला अदालत काठमाडौंमा गत भदौ अन्तिम साता मुद्दा दायर भएको थियो। 

सोही कसुरमा गृहमन्त्रीका भाइ नरेशबाहेक अन्यलाई पुर्पक्षमा राख्न जिल्ला अदालतले आदेश दिएको थियो। नरेश भने १ लाख धरौटीमा असोज १ गते रिहा भएका थिए। 

यो पनि पढ्नुहोस्

गृहमन्त्रीका भाइलाई धरौटीमा छोड्ने जिल्ला अदालतको निर्णय उच्चले उल्टायोबिहिबार, पुस १७, २०२६

उनलाई रिहा गर्ने आदेशविरुद्ध सरकारी वकिलको कार्यालय उच्च अदालत पाटन पुगेको थियो। अन्ततः उच्च अदालत पाटनले जिल्लाको आदेश उल्टाउँदै नरेशलाई थुनामै राख्न गत माघ २३ गते आदेश दियो। 

उच्चले थुनामा राख्ने आदेश दिएको एक महिनापछि फागुन १९ गते प्रहरीमार्फत् अदालत पुगेका नरेशसहित सोही कसुरमा प्रतिवादी बनाइएका अन्य ६ जनाले अहिले जेलजीवन बिताइरहेका छन्।

सोही मुद्दाका अर्का एक प्रतिवादी भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। उनी हुन्, जावेद अनवरदिन।

जावेद भने दुबईमा बसेर इन्टरनेटमार्फत् नेपाली व्यवसायीहरूलाई धम्क्याउँदै रकम असुलेको आरोप सिआइबीले पेश गरेको अभियोग पत्रमा उल्लेख छ। तर उनी भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। यद्यपि उनीविरुद्ध रेड नोटिस जारी गरेर पक्राउ गर्ने तयारी सुरु गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  २२:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्