काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आह्राएको काम गराउन सरकारले नयाँ आईजीपी बनाउको टिप्पणी गरेका छन् ।
सरकारले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर मनोज केसीलाई नियुक्ति गरेपछि ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
‘उहाँहरूले अह्राएको काम गर्छ भनेर बनाएको होला’ उनले पार्टी कार्यालय च्यासलमा पत्रकारहरुसँग भने ।
ओलीले नेपाली कांग्रेसका सभापति गगन थापासँग मंगलबार भएको भेटको प्रसंग पनि उठाए । थापासँग राम्रो कुरा भएको ओलीको भनाई थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।