काठमाडौं,- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्।
नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका विदेश सचिव मिस्री बिहीबार लामिछानेसँग भेटवार्ता गर्न बूढानीलकण्ठ पुगेका थिए।
भेटका क्रममा लामिछानेले आफ्नो विगतको भारत भ्रमणको स्मरण गर्दै आगामी दिनमा नेपाल र भारतबीच हुन लागेका उच्चस्तरीय भ्रमणको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।
उनले नेपालले विकास तथा आर्थिक कूटनीतिलाई प्राथमिकता दिइरहेको पनि उल्लेख गरेका थिए।
भेटमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध र दुई देशबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको रास्वपाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।