काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको आकस्मिक बैठक बस्दैछ ।
समसामयिक राजनीतिको विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।
‘‘केहीबेरमा बैठक बस्दैछ’ महामन्त्री प्रदीप पौडेलले भने ।
बैठकमा सभापति, वरिष्ठ उपसभापति, उप सभापतिहरू, महामन्त्रीहरू र प्रतिनिधिसभामा विपक्षी दलका नेता सहभागी हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।