• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

४ नम्बर इजलासमा गृहमन्त्रीका भाइ, प्रिय बनेको त्यो मेडिकल मास्क

64x64
नारायण अधिकारी बिहीबार, भदौ २६, २०७६  २०:०५
1140x725

काठमाडौं जिल्ला अदालतको थुनुवाका लागि बस्ने कक्ष (कोठा नम्बर २०)। बयान चलिरहेका बेला खाजा खाने ब्रेकका समयमा गृहमन्त्रीका भाइलाई यही कक्षमा राखिएको थियो।


काठमाडौं- बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साहिँला भाइ नरेशकुमार थापा पक्राउ परेको खबर सामाजिक सञ्जालदेखि मिडियासम्म भाइरल बन्यो। 

बहालवाला गृहमन्त्रीकै भाइमाथि जेलमा रहेका कैदी समीरमान बस्नेतसँग मिलेर व्यवसायीलाई धम्क्याउँदै पैसा असुल्ने कार्यमा संलग्न भएको आरोप लागेको थियो।

उनीसहित पक्राउ परेका अन्य व्यक्तिको बयान बिहीबार काठमाडौं जिल्ला अदालतमा भयो। 

जिल्ला अदालत काठमाडौंको पश्चिम दक्षिणतर्फको ४ नम्बर इजलास। दिउँसो ठिक १ बजे पुग्दा इजलासका न्यायाधीश मेदिनीप्रसाद पौडेलले विभिन्न मुद्दाका फाइल पल्टाउँदै अध्ययनमा व्यस्त थिए।

न्यायाधीशको बारभन्दा अगाडि एक महिला इजलास अधिकृत फाइल मिलान गर्न र लेखनमा व्यस्त थिइन्।

४ नम्बर इजलासको मूल ढोका छेउ नजिकैको कठघरा नजिक अर्का इजलास सहायक एक कर्मचारी कम्युटरमा अभियुक्तका बयान टाइप गरिरहेका थिए।

उनको अगाडि खडा भएका थिए, एक युवा। छोटो कपाल, फ्रेन्च कटको मसिनो दाह्री, सेतो सर्ट र पाइन्ट, ती युवाको हुलिया यही थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी इजलास सहायकको अगाडि खडा भएर बयान दिने ती युवा थिए, प्रहरी जवान वीरबल भट्टराई। जसलाई आरोप लागेको छ, जेलमा रहेका कैदी समीरमानलाई फोन गर्न आफ्नो मोबाइल दिएको।

४ नम्बर इजलासको दायाँतर्फको अन्तिम बेन्चभन्दा माथिल्लो बेन्चमा पट्यारलाग्दो पाराले बसेका छन्, अर्का खाइलाग्दा ज्यान भएका अधवैंशे पुरुष।

मसिनो तिलचामले केस। रातो अनुहार। निलो टिसर्ट। कालो कपडाको पाइन्ट। खुट्टामा छालाका जुत्ता। सोचमग्न अवस्थामा हात बाँधेर बसेको। दुवै खुट्टा च्याप्प पारेर जाडिएको छ। बेन्चमा अढेस नलागी एकोहोरो टहलिएका छन्। यसरी निकै चिन्तित मुद्रामा जिल्ला अदालतका ४ नम्बर इजलासमा बस्ने ती व्यक्ति थिए, गृहमन्त्री थापाका साइला भाइ नरेश थापा।

पंक्तिकार करिब आधा घन्टा इजलासमा बस्दा उनले दाँया बायाँ र पछाडि मुन्टो फर्काएर कतिबेलै हेरेनन्। एकोहोरो न्यायाधीतर्फ र घोसेमुन्टो लगाएर भुँइतिर मात्रै हेरिरहे।

नरेशकै सिधा अगाडि उनकै साइडमा थिए, अर्का अग्लो कद, लामो कपाल र हट्टाकट्टा ज्यान भएका युवा। उनी हुन् पवन खड्का। उनकै बयानले नरेशलाई पोलिएपछि नरेश अभियुक्त बनेर बयान दिन अदालत पुगेका थिए।

‘आफूले फुटकोट क्याफे सञ्चालन गरेको। त्यही धम्क्याएर पैसा उठाउने योजना बनेको। समीरमानलाई भेट्न गृहमन्त्रीका भाइ नरेशसमेत गएको, नरेशसहितको संलग्नतामा व्यवसायीलाई धम्क्याएको हो’ पक्राउ परेका पवनले प्रहरीसमक्ष बयानका क्रममा भनेका थिए। 

प्रहरी जवान भट्टराईको बयान सकिएपछि खाजा ‘ब्रेक’ भयो। त्यसबेला साढे १ बजिसकेको थियो। त्यसपछि इजलासको पछिल्लो ढोकाबाट निकालियो, धम्क्याएर पैसा उठाएको आरोपमा पक्राउ परेका काठमाडौं नागार्जुनका विनोद लामा, प्रहरी जवान वीरवल भट्टराई, मनबहादुर पुन मगर, पवन खड्का, सुरेन नगरकोटी र नरेशलाई।

सोही आरोपमा पक्राउ परेका शैलेश प्रजापतिको हिजै बयान सकिएकाले उनलाई उपस्थित गराइएको थिएन।

इजलासको ढोकाबाट निस्कने बित्तिकै नरेशसहित सबैले आफ्नो खल्तीबाट मेडिकल मास्क निकालेर मुख छापे। सायद उनीहरुलाई लाज र इज्जतको भय थियो। मास्क लगाउनुभन्दा पहिला नरेशको अनुहार नियाल्दा अन्य अभियुक्तको भन्दा निकै पश्चताप गरेजस्तो देखिन्थ्यो। 

बर्दीका प्रहरीले नेरेशलाई हत्कडी लगाउन हात मागे। प्रहरी जवानको त्यो भनाई मान्दै नरेशले आज्ञाकारी छात्र जसरी सहजै हात तेर्‍स्याए। उनका दुबै हात जोडिए र हत्कडी लाग्यो।
 
नरेशकै जसरी पवनको हातमा पनि हत्कडी लगाइयो। बाँकी ४ जनालाई दुई/दुई जना गरेर प्रहरीले हत्कडी लगायो। २/४ मिनेट उनीहरु ४ नम्बर इजलास अघि आफन्तसँगै टहलिए।

प्रहरीकै पछि लुरुलुरु एक तलामुनि दक्षिण पूर्वतर्फ रहेको थुनुवा कोठा २० नम्बर उनीहरु ६ जना नै पुगे। त्यसबेला उक्त कोठा खाली थियो। ढोकाको छेउको बेन्चमा पवन बसे। त्यसपछि नरेश, विनोद क्रमशः बसे। उनीहरुको अनुहारको मास्क भने खुलेको थिएन। प्रायः सबैजसो एकअर्कासँग कुराकानी गर्थे।

तर गृहमन्त्रीका भाइ नरेशले भने एक शब्द कसैसँग कुरा गरेनन्। उनी निकै चिन्तित देखिन्थे। सबैजसो अभियुक्तका आफन्त अदालतमा उनीहरुलाई भेट्न जंक फुड लिएर आएका थिए। तर नरेशलाई भेट्न कोही आएको देखिएन। 

एकछिन अघि खाली रहेको जिल्ला अदालतको थुनुवा कक्ष एकैछिन पछि भरियो। वर्गाकार कोठा चारैतर्फ राखिएका बेन्चले भरिए। खाली रहेको बीच भुँइमा पनि अभियुक्त थच्याकथुचुक बसे। हेर्दिनँ भन्दा पनि एकले अर्कासँग आँखा जुध्ने अवस्था थियो

थुनुवा कक्षको बाहिर आहोरदोहोर गरेका केही जानकार व्यक्ति इसारा गर्थे, ‘ऊ ती निलो टिसर्ट लगएका मोटामोटा परेका मान्छे गृहमन्त्रीका भाइ रे!’

१ घन्टा लामो खाजा ‘ब्रेक’ सकिएपछि प्रहरीले पुनः ६ जनै अभियुक्तलाई ४ नम्बर इजलासमा पुर्‍यायो। त्यसपछि बयान दिने पालो आयो- अर्का अभियुक्त विनोद लामाको। 

प्रहरीको जस्तै हेयर-स्टाइल। ब्रिन्जल कलरको टिसर्ट। जिन्सको पाइन्ट। खुट्टामा चप्पल लगाएका लामा बयान दिन अघि बढे।

झन्डै तीन घन्टा लामो समय उनकै बयानमा बित्यो।

बिहीबार अन्य अभियुक्तको बयान लिन सक्ने अवस्था नभएपछि प्रहरीले उनीहरुलाई बा २ क ५६४ नम्बरको सेतो हाइसमा राख्यो।

चालकलगत्तै पछाडिको झ्यालतर्फको सिटमा नरेश थचक्क बसे। गाडीभित्र बसेपछि अन्य अभियुक्तले मास खोलिसकेका थिए। आफ्नो लाज त्यही मेडिकल मास्कले ढाकेको महसुस गरेका नरेशले गाडीभित्र पनि मास्क खोलेनन्। 

अन्य अभियुक्त कानेखुसी गर्दै गाडीमा बसे। तर नरेश मास्क लगाएर गाडीभित्रै घोसेमुन्टो लगाइरहे।

बयान सकिएपछि आफन्तलाई 'बाई' गर्दै विनोद लामा पनि गाडी चढे।

दिउँसो ५ बजेर १७ मिनेटमा जिल्ला अदालतबाट गृहमन्त्रीका भाइ नरेशसहित ६ अभियुक्त बोकेको हाइस बाहिरियो।

उनीहरु फेरि अर्को दिन बयानका लागि खडा हुनेछन्। 

प्रहरीले उनीहरुविरुद्ध ७७ पुष्ठ लामो अभियोगपत्र दायर गरेको छ।

जसमा समीरमानसँगको मिलेमतोमा व्यवसायीलाई धम्क्याएर पैसा उठाउन खोजिएको उल्लेख छ।

तर अहिलेसम्म कुनै पनि व्यवसायीबाट रकम भने उनीहरुले उठाएको कुरा उल्लेख छैन। 

स्रोतका अनुसार नरेशले प्रहरीको बयानमा आफू समीरलाई भेट्न गएको स्वीकार गरेका छन् तर धम्क्याउने काममा आफ्नो कुनै पनि संलग्नता नरहेको र कुनै निर्देशन नदिएको बताएका छन्।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्