• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

तस्करीलाई प्रोत्साहन गर्नेगरी गृह मन्त्रालयको निर्देशन– भारतबाट छिर्ने गाडी जाँच नगर्नू

भारतसँग सीमा जोडिएका २२ जिल्लाका प्रशासकलाई पत्र
64x64
नारायण अधिकारी सोमबार, असार २, २०७६  १२:५०
1140x725

काठमाडौं– तस्करीलाई प्रोत्साहन गर्ने गरी गृह मन्त्रालयले तराईका जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र काटेको पाइएको छ। भारतबाट नेपाल प्रवेश गर्ने गाडी जाँच नगर्न भन्दै गृह मन्त्रालयले परिपत्र गरेको हो।

जेठ २ गते काटिएको उक्त पत्र भारतसँग सीमा जोडिएका २२ वटा जिल्लाका प्रशासकहरुलाई पठाइएको छ।

झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, मोहत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चिवतन, पूर्व नवलपरासी, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी २२ जिल्ला प्रशासन कार्यालयलाई गृहले पत्र लेखेको हो। 

उक्त पत्रमा भारतबाट नेपाल प्रवेश गरेका मालबाहक गाडीलाई कुनै जाँचबिना छाड्न आदेश दिइएको छ।

प्रहरीले सीमा नाकाबाट भित्रने गाडीहरु नियमित जाँच गर्दै आएको छ। सीमा नाका भएकाले विभिन्न अवैध वस्तुहरु भित्रने, बिना कागजात गाडी नेपाल प्रवेश गर्ने, तस्करीका सामानहरु नेपाल छिर्ने भएकाले सीमा क्षेत्रमा कडा जाँच हुने गरेको हो।

गृहले पठाएको पत्रमा प्रहरीबाट ओभरलोड भनेर ट्रक र ट्रेलहरुलाई दु:ख दिने, जरिवाना तिराउने, हैरानी दिने र २/३ दिनसम्म रोकेर राख्ने गरेको पाइएको भन्दै अबदेखि जाँच नगर्नु भनिएको छ।प्रहरीले कागजात नभएका र ओभरलोड भएका, भन्सार छलेर ल्याएका मालबाहक गाडी र सामानहरु बरामद गरे पनि गृहको यो पत्रले तस्करीलाई बढवा दिएको सीमा क्षेत्रका प्रहरीले बताएका छन्।

केही दिनअघि मात्रै २ नम्बर प्रदेश अन्तर्गतको एक प्रहरी कार्यालयले कागजात बिनाका ११ वटा मालबाहक गाडी नियन्त्रणमा लिएको थियो। व्यवसायीले छाड्न भन्दै पटकपटक दबाब दिए पनि प्रहरीले कागजात नभएकाले कारबाही नगरी छाड्न नमिल्ने बताएको थियो। त्यसपछि प्रहरीलाई चुनौती दिँदै राजधानी काठमाडौं छिरेका व्यावसायीले गृहमन्त्रीलाई भेट गरेका थिए। व्यवसायीको भेटपछि गृहले २२ वटा जिल्लालाई पत्र लेख्दै मालबाहक गाडी जाँच नगर्न निर्देशन दिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

क्षमताभन्दा बढी सामान ढुवानी भएकालाई समेत कारबाही नगर्नु भनेर पत्रमै उल्लेख गरिएको छ। 'शान्ति सुरक्षाको व्यवस्था गर्न सहयोग गर्ने तर ढुवानीका साधनहरु सडकमा गुड्दा नियामक निकायको अनुरोध र समन्वय बिना क्षेत्राधिकार विपरीत रोक्ने, दु:ख हैरानी दिने कार्य कहीँ कतैबाट नगर्नु' पत्रमा भनिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त पत्रको बोधार्थ गृहले प्रहरी प्रधान कार्यालय नक्साल र सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकलाई दिएको छ। 

सीमाका प्रहरी भन्छन्- हामी चेपुवामा पर्‍यौं
गृहको उक्त निर्णयले तस्करी, कालोबजारीलाई बढवा दिने जानकारहरु बताउँछन्। प्रदेश २ का एक उच्च पदाधिकारीले गृहको उक्त निर्देशनले प्रहरीलाई चेपुवामा पारेको प्रतिक्रिया दिए। 

‘अहिले राजधानी लगायत देशका विभिन्न ठाउँमा विस्फोटका घटनाहरु भइरहेका छन्। गाडी नै जाँच नगरी पठाउँदा विस्फोटन गराउने समूहले विस्फोटक पदार्थ मालबाहक गाडीमार्फत नै ल्याउन पनि सक्छन्,' ती अधिकारीले भने, 'अनि भोलि विस्फोट भएपछि नाकाको प्रहरी के हेरेर बसेको छ भनेर उल्टै हामीमाथि कारबाही हुन्छ।’ 

Xtrem

Xtrem

नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशका विभिन्न ठाउँमा विस्फोट गराउँदै आएको छ। उक्त विस्फोटक पदार्थ दक्षिण सीामा नाका भारतबाट आउनको गरेको यसअघि नै सुरक्षा निकायले बताउँदै आएका छन्। यस्तो अवस्थामा गाडी नै जाँच गर्न नपाएपछि विस्फोटक पदार्थहरु भित्रने उनीहरुको चिन्ता छ।

अझ भारतीय सीमा हुँदै भन्सार छलेर तस्करी हुने कुरा नौलो होइन। यसरी तस्करी गरेको सामान गाडीमै काठमाडौंसम्म आउने गरेका उदाहरण पनि छन्। 

गत बैसाख पहिलो साता स्वयम्भूमा ना ५ ख ४८४२ नम्बरको बसमा जाँच गर्ने क्रममा प्रहरीलाई ३ लाख ५० हजार रुपैयाँ घुसको अफर आएको थियो। घुस दिन खोज्ने बसका चालक काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने सर्लाहीका श्याम विश्वकर्मा, कलंकी बस्ने सुर्खेतका दीपा रानामगर र नुवाकोट ककनी गाउँपालिका–२ का भरत तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा उक्त बसमा ५० लाखभन्दा बढीका कपडा र अन्य समान फेला परेका थिए । उनीहरुले ती सामान भारतबाट भन्सार छलेर काठमाडौं ल्याएका थिए।

सीमा नाकाका प्रहरीले दिनहुँजसो भन्सार छलेर आएका समान र गाडीहरु नियन्त्रणमा लिँदै आएको छ। अब जाँच नै गर्न नपाउने भएपछि लागुऔषध, विभिन्न हातहतियार, विस्फोटक पदार्थ, मुलुकको राष्ट्रिय सुरक्षा खतरा पर्ने चिजहरु पनि भित्रन सक्ने सुरक्षा विज्ञ तथा पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन्। 

‘यदि गृहले जाँच नै नगर भनेको छ भने भोलि देशमा केही भएमा त्यसको जिम्मा पनि उसैले लिनुपर्‍यो,' उनले भने, 'जाँच नै नगर्नु भन्ने आदेश जुन छ, यो सुनेर म अचम्ममा छु।’

प्रकाशित मिति: सोमबार, असार २, २०७६  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्