कीर्तिपुर– लगातारको वर्षाका कारण प्रभावित नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेल हुने सम्भावना बढेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा अहिले घाम लाग्न थालेपछि मैदान सुकाउने काम भइरहेको छ ।
-1793444850.jpeg)
वर्षाका कारण मैदान जलमग्न हुँदा दिउँसो १२ः३० बजेका लागि निर्धारित लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल टससमेत नभई रद्द भएको थियो । दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।
-1793444850.jpeg)
तर, दिउँसो मौसममा सुधार देखिएपछि साँझ ५ बजेका लागि तय भएको विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल सञ्चालन हुने आशा बढेको हो ।
-1793444850.jpeg)
अहिले मैदानमा जमेको पानी हटाउने र खेलका लागि पिच तथा आउटफिल्ड तयार पार्ने काम भइरहेको छ । बिहीबार रातिदेखिको निरन्तर वर्षाका कारण मैदानसँगै रंगशालाको बाहिरी क्षेत्रसमेत जलमग्न भएको थियो ।
-1793444850.jpeg)
नेपाल क्रिकेट संघ (क्यान) ले पानी रोकिएमा मैदानलाई खेलका लागि तयार पार्न सकिने अपेक्षा गरेको थियो । यसअघि प्रतियोगिता निर्देशक धिरेन्द्र साउदले वर्षा रोकिए एक घण्टामै मैदान तयार पार्न सकिने बताएका थिए ।
-1793444849.jpeg)
दोस्रो खेलको कटअफ समय साँझ ७ः४१ बजे रहेको छ । उक्त समयभित्र खेल सुरु हुन सके विराटनगर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।
-1793444849.jpeg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।