बिबिसी- गत सोमबार उत्तर कोरियाका एक सैनिक भागेर दक्षिण कोरिया आइपुगेका छन्। भाग्ने क्रममा गोली लागेर घाइते भएका उनको एक अस्पतालमा उपचार भइरहेको छ।
उपचारका क्रममा ती सैनिकको शरीरमा प्रशस्त मात्रामा परजीवी देखेर दक्षिण कोरियाका डाक्टर यतिखेर चकित परेका छन्।
दुई देश बाँडिने क्षेत्रबाट भाग्दा उत्तर कोरियाको सुरक्षा बलले उनीमाथि ४० राउन्डभन्दा बढी गोली चलाएका थिए। जसमध्ये उनलाई ६ गोली लागेको थियो। उनलाई हेलिकोप्टरबाट दक्षिण कोरियाको एक अस्पतालमा लगियो र तत्काल अपरेसन गरियो।
उपचारमा खटिएका डाक्टरका अनुसार सैनिकको अवस्था अहिले स्थिर छ। उनको शरीरमा एक गोली रहेको अनुमान गरिएको छ। तर, डाक्टरहरुलाई उनको शरीरमा अनगिन्ती मात्रामा कीरा भेटिएको कुराले सबैभन्दा आश्चर्यमा पारेको छ। कीराकै कारण उनको घाउमा नराम्रो असर परेको र सुधार हुन समस्या भइरहेको डाक्टरहरुको भनाइ छ।
'मेरो लागि यो दुर्लभ घटना हो', उपचारका खटिएका दक्षिण कोरियाका डाक्टर ली कुक-जोंग भन्छन्, 'मैले आफ्नो २० वर्षको करिअरमा यस्तो कहिल्यै देखिनँ।'
डा ली का अनुसार, सैनिकको शरीरमा भेटिएको सबैभन्दा ठूलो परजीवी २७ सेन्टिमिटरको छ।
कीरा तरकारीबाट आएको हुन सक्ने
हाम्रो शरीरमा परजीवी दूषित खाएर, कुनै कीराले टोकेर वा छालाबाट भित्र पस्छ। डाक्टरका अनुसार ती सैनिकको सन्दर्भमा भने कीरा खानेकुराबाट आएको हुन सक्छ।
उत्तर कोरियामा अहिले पनि मानव मललाई खादको रुपमा प्रयोग गरिन्छ। यदि खानेकुरा सफा गरिएन र ठीक ढंगले पकाइएन भने कीराहरु मानव शरीरमा पस्छन् र असर देखाउँछन्।
केही परजीवी भने त्यति हानिकारक हुँदैनन्, तर कतिपय भने ज्यादै खतरनाक हुन सक्छन्। सिंगापुरको स्कुल अफ बायोलोजी साइन्सका प्राध्यापक पिटर प्रिसरले भनेका छन्, 'परजीवी हाम्रो शरीरबाट पोषक तत्व सोस्ने गर्छन्, यदि यसमा ध्यान दिइएन भने तिनले हानि पुर्याछउन सक्छन्। के भन्न सकिन्छ भने, जसको शरीरमा परजीवी हुन्छ, त्यो व्यक्ति स्वस्थ हुँदैन।'
उत्तरमा अझै पनि परम्परागत विधिबाट उपचार
सियोलको कोकमिन विश्वविद्यालयका प्राध्यापक आन्रो स लैन्कोव भन्छन्, 'उत्तर कोरिया एक गरिब देश हो, दोस्रो गरिब देश जस्तै त्यहाँको स्वास्थ्यमा पनि समस्याहरु छन्।'
तर, उनले प्रतिव्यक्ति आय उत्तर कोरियाकै हाराहारीमा भएका बंगलादेश र अफ्रिकी मुलुकहरुका तुलनामा भने त्यहाँमा मानिसहरुको स्वास्थ्य सन्तोषजनक छ।
यसो हुनुमा प्राध्यापक लेन्कोवले कारण दिए, 'उत्तर कोरियासँग आधुनिक उपचार विधिको कमी छ, त्यहाँका डाक्टरहरुलाई राम्रो तालिम दिइँदैन र उनीहरु धेरै पुरानो उपचार विधि प्रयोग गर्छन्। यति हुँदाहुँदै पनि त्यहाँ डाक्टरहरुको संख्या जनसंख्याको हिसाबमा धेरै छ, यसै कारण उत्तर कोरियालीहरुको स्वास्थ्य राम्रो छ।'
ती भगौडा सैनिकको मामिलामा परजीवी ठूलो समस्या बनेको छ। यदि परजीवी उनको शरीरमा दोस्रो हिस्सामा पुगेमा ज्यान नै जोखिममा पर्ने बताइएको छ।
कीराहरु उनको शरीरमा लामो समयदेखि रहेको र जसका कारण उनको शरीर पहिलेदेखि नै कमजोर भएको मानिएको छ। यसका कारण उनलाई निको हुने प्रक्रियामा असर परिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।