बेइजिङ- चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिन जिल्लास्थित एक घरमा आगलागीमा हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। आगोले जलेर आठ जना घाइते भएका छन्।
उक्त जिल्लाको छिङजिन गाउँमा रहेको सो घरमा शनिबार राति ९ बजेतिर आगलागी भएको स्थानीय अधिकारीहरुले जनाएका छन्।
घाइतेहरुलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइएको थियो। आगलागी नियन्त्रण गर्न दमकल र अग्निनियन्त्रकहरु तत्कालै घटनास्थलमा पठाइएको थियो।
घटनाबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले बताएका छन्। घटनामा संलग्नताको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाइएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।