काठमाडौं- प्रकाश दाहाललाई श्रद्धाञ्जली दिन माओवादी केन्द्रका नेताहरु पार्टी कार्यालय पेरिस डाँडामा भेला भएका छन्। प्रकाशका बुबा एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सबै शीर्ष नेता प्रकाशको शोकसभामा सहभागी भएका छन्। उनलाई श्रद्धाञ्जली दिन माओवादीका नेता कार्यकर्ताको पेरिस डाँडामा घुइँचो लागेको छ।
प्रकाशलाई पेरिस डाँडा पुगी उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य, पूर्व प्रधानन्यायाधीश एवं मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, नेकपा मालेका महासचिव सिपी मैनाली लगायतका नेताहरुले श्रद्धाञ्जली दिएका छन्।
प्रकाशको पार्थिव शरीरलाई ४ बजेपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने पार्टी प्रवक्ता पम्फा भुसालले जनाएकी छिन्। आजै बिहान अचेत अवस्थामा रहेका प्रकाशको नर्भिक अस्पतालमा ल्याइपुर्याउँदा निधन भइसकेको थियो। अस्पतालले उनको आकस्मिक हृदयघातका कारण निधन भएको बताएको छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।