काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको मृत्यु भएको खबर पाएपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई काठमाडौं फर्केका छन्।
चुनावी अभियानका क्रममा गोरखामा रहेका नेता श्रेष्ठ र भट्टराई श्रद्धाञ्जली र समवेदना प्रकट गर्न काठमाडौं आएका हुन्।
वाम गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार श्रेष्ठले आइतबार बिहान गोरखाको १० किलो र ११ किलोमा आयोजना गरिएको घरदैलो कार्यक्रम र सभा स्थगित गरेका हुन्।
यस्तै, लोकतान्त्रिक गठबन्धनबाट गोरखा–२ का उम्मेदवार भट्टराई घरदैलो अभियानका क्रममा गोरखाको सिरानचोक गाउँपालिका ३ हर्मीमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।