काठमाडौं- प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा जाँदै छन्।
उपराष्ट्रपति नन्दबहादुर पुन पेरिसडाँडा पुगिसकेका छन्। प्रकाशको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको छ।
यसअघि राष्ट्रपति भण्डारीले पुत्रशोकमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लाजिम्पाटस्थित निवासमै पुगेर समवेदना प्रकट गरेकी थिइन्।
पेरिसडाँडामा माओवादी नेता-कार्यकर्ता र शुभेच्छुकहरुको घुइँचो लागेको छ। यसका साथै विभिन्न दलका नेताहरु पनि पेरिसडाँडा पुग्ने क्रम जारी छ।
प्रकाशको पार्थिव शरीरलाई ४ बजेपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।