काठमाडौं- प्रकाश दाहालको पार्थिव शरीरलाई अहिले माओवादी केन्द्र पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ। आज बिहान निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक मात्र छोरा प्रकाशलाई श्रद्धाञ्जलीका लागि नर्भिक अस्पतालदेखि पार्टी कार्यालय पेरिस डाँडा लगिएको हो।
प्रकाशको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ४ बजेसम्म त्यहाँ राखिने माओवादी प्रवक्ता पम्पा भुसालले जनाएकी छिन्। अहिले प्रकाशलाई श्रद्धाञ्जली दिन माओवादी नेता कार्यकर्ता सयौंको घुइँचो लागेको छ।

प्रकाशको पार्थिव शरीरलाई दिउँसो ४ बजेपछि पशुपति आर्यघाट अन्त्येष्टिका लागि लगिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।