• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निर्मला पन्त हत्या प्रकरण : बर्खास्त एसपी विष्ट र इन्सपेक्टर भट्टले पुनर्बहालीको माग गर्दै दिए निवेदन

64x64
नारायण अधिकारी आइतबार, मंसिर १६, २०७५  १३:१६
1140x725

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा चरम लापरबाही गरेको प्रहरीको सेवाबाट हटाइएका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टले पुनर्वाहलीको माग गर्दै मन्त्रिपरिषदमा निवदेन दिएका छन्।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते उनीहरूलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए। गृह मन्त्रालयले कात्तिक ८ गते कञ्चनपुरका तत्कालीन एसपी विष्ट र  प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबा हटाएको थियो। आफूहरुमा अन्याय भएको भन्दै उनीहरु दुवैजनाले त्यसबेलै कानुनी उपचार खोज्ने बताएका थिए ।

हटाएको ३५ दिनभित्र पुनर्बहालीको लागि मन्त्रिपरिषदमा निवेदन दिनुपर्ने प्रावधान अनुसार दुवैजनाले निवेदन दिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

‘गत आइतबार प्रहरी निरीक्षक भट्ट र मंगलबार एसपी विष्टले निवेदन दिएका छन्,’ स्रोतले भन्यो, ‘उनीहरुको निवेदन उपर क्याबिनेटले छलफल गरेर निर्णय गर्छ। क्याविनेटको निर्णयमा चित्त नबुझे अदालत जाने बाटो समेत खुला हुन्छ।’ एसपी विष्ट र भट्ट दुवैले आफूहरुमाथि अन्याय भएको बताउँदै आएका छन्।

गत साउन १० गते बालिका पन्त साथी रोशनी बमको घरमा घरकी थिइन्। त्यसपछि वेपत्ता भएकी पन्तको भोलिपल्ट ११ गते उखुबारीमा शव भेटिएको थियो। घटनाको अनुसन्धानमा प्रहरीले चरम लापरबाही गरेको भन्दै एसपी डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो। पछि एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई सेवाबाट समेत हटाइएको थियो।

Ncell 2
Ncell 2

त्यसैगरी निर्मला पन्त हत्या प्रकरणमा एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, महेन्द्रनगरका मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्ट, दिलिपसिहं विष्ट, चक्र बडुलगायत ९ जनाको डिएन परीक्षण भइसकेको छ। तर पनि घटनामा कुनै नयाँ क्लु फेला पर्न सकेको छैन। पन्तको न्यायको माग गर्दै भएको आन्दोलनमा एक जनाको प्रहरीको गोली लागेर मृत्यु समेत भएको थियो। तर पन्तको हत्यारा भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

अबको अनुसन्धान कता?

कञ्चनपुर प्रहरीले नै बेलैमा निर्मलाको खोजी नगरेको र प्रमाण नष्ट गर्ने काम गरेको भन्दै चौतर्फी आलोचना भयो। त्यसपछि सिआइबीबाट खटिएको डिएसपी अंगुर जिसीको टोलीले पनि नक्कली हत्यारालाई पक्राउ गरेर भिआइपी हत्यारा लुकाउन खोजेको आरोप लाग्यो। पछि डिएसपी जिसीलाई समेत निलम्बन गरेर सिआइबीका एसएसपी ठाकुर ज्ञवालीलाई अनुसन्धानका लागि पठाइयो। उनी बढुवा भएर डिआइजीसमेत भइसके। तर हत्याको क्लु फेला पर्न सकेको छैन।

त्यसैगरी डिआइजी हुँदा अनुसन्धानको जिम्मेवारी पाएका धिरु बस्न्यात हाल एआइजी छन्। घटनास्थल पुगेर समेत उनले अवलोकन गरे। बस्न्यातको टोलीले समेत कुनै तथ्य फेला पार्न सकेन। प्रहरीले अनुसन्धानमा लापरबाही गरेको भन्दै सिफारिस गर्नुबाहेक अन्य कुरा पत्ता लगाउन सकेन।

अब शंका लागेर मात्रै पक्राउ गर्न सक्ने बाटो प्रहरीलाई छैन। निर्मला हत्याको प्रमाणको रुपमा अब एउटा मात्रै चिज बाँकी छ, डिएनए परीक्षण। अरु प्रमाण मेटिइसके र कतिपय त मेटाइए पनि।

शंका लागेजतिका व्यक्तिको डिएनए परीक्षण गर्नुबाहेक प्रहरीसामु अर्को विकल्प देखिंदैन। जसका कारण निर्मला हत्याकाण्डको अनुसन्धान जटिल मोडमा पुगेको एक प्रहरी अधिकारी बताउँछन्। उनले भने, ‘निर्मलाका हत्यारा पत्ता लाग्न सक्ने सम्भावना धेरै न्यून  छ। ‘मैले बलात्कार गरेँ, मेरो डिएनए टेस्ट गर्नु भनेर अपराधी बसेका होलान् र? घटनास्थल आसपासका मान्छेको डिएनए परीक्षणबाट अपराधी पत्ता लगाउन झन् गाह्रो छ।’

यदि मुख्य अपराधी अहिलेसम्म निगरानीमा नआएको भए पनि अब डिएनए गर्ने भए भन्ने थाहा पाएपछि भाग्नसक्ने सम्भावना भएकाले अपराधी पत्ता लाग्न नसक्ने कतिपय प्रहरीकाे तर्क छ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०७५  १३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्