• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

डुलुवा मन्त्री

64x64
कल्पना पौडेल सोमबार, कात्तिक २६, २०७५  ११:४६
1140x725

काठमाडौं– विदेशबाट दसैंकाे छेकमा स्वदेश फर्केका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव तिहारलगत्तै फेरि विदेश सयरमा निस्केका छन्।

_x000D_ _x000D_

मन्त्रीले समय नदिँदा मन्त्रालयका महत्वपूर्ण कामहरु रोकिएको भन्दै कर्मचारीले गुनासो  गरिरहँदा पनि मन्त्री भने हरेक महिनाजसो विदेश घुमिरहेकै छन्।

_x000D_ _x000D_

दसैंअघि बेलायत हुँदै जेनेभा पुगेर नेपाल फर्किएका स्वास्थ्य मन्त्री यादव यतिबेला कतार गएका छन्। मंगलबारदेखि कतारमा हुने एक कार्यक्रममा सहभागी हुन चार जना मन्त्रालयका कर्मचारीसहित उनी कतार गएका हुन्। मन्त्री यादव १५ नोभेम्बरमा मात्र नेपाल फर्किने छन्।

_x000D_ _x000D_

यादवको पछिल्लो विदेश भ्रमणको उद्देश्यबारे मन्त्रालयमा जिज्ञासा राख्दा उनका एक निजी सचिवले ‘विस’ नामक संस्थाको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन त्यता लागेको बताए।

_x000D_ _x000D_

nimb
nimb
Ncell 2
Ncell 2

मन्त्रालयका एक कर्मचारीका अनुसार सो कार्यक्रम मानसिक स्वास्थ्य, आँखा स्वास्थ्य र नर्सिङ्ग लगायतका विषयमा केन्द्रित कार्यक्रम हो। 

_x000D_ _x000D_

मन्त्री यादवसँगै डा रोशन पोखरेल, डा सुरेश सुवेदी, रोशनीलक्ष्मी तुइतुइ र मेडिसिटी अस्पतालका सञ्चालक डा उपेन्द्र महतो पनि कतार गएका छन्।

_x000D_ _x000D_

गत जेठ १८ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री यादव महिनामा कम्तीमा एकपल्ट विदेश पुग्ने गरेका छन्।

_x000D_ _x000D_

संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवको ध्यान मन्त्रालयको काममा भन्दा बढी विदेश भ्रमणमै हुने गरेको मन्त्रालयका कर्मचारीहरुको आरोप छ। विदेशमा हुने कार्यक्रममा सकेसम्म आफैं जाने कोसिस उनले गरिरहेको कर्मचारी बताउँछन्।

_x000D_ _x000D_

_x000D_

मन्त्री यादवको ध्यान मन्त्रालयको काममा भन्दा बढी विदेश भ्रमणमै हुने गरेको कर्मचारीको आरोप छ।

_x000D_

_x000D_ _x000D_

यतिबेला संघदेखि स्थानीय तहसम्म स्वास्थ्यका संरचना, कर्मचारी व्यवस्थापन, स्वास्थ्यका राष्ट्रिय कार्यक्रमको विकेन्द्रीकरण, नयाँ स्वास्थ्य नीति निर्माण, भइरहेका नीति–नियम परिमार्जन लगायतका सबै काम कछुवाको गतिमा अघि बढेका छन्।

_x000D_ _x000D_

मन्त्रालय आएको करिब दुई महिनामा पहिलो पटक साउन ९ गते थाइल्यान्डको महिडोल विश्वविद्यालयको कार्यक्रममा सहभागी भएका मन्त्री यादवको विदेश यात्रा त्यसपछि रोकिएको छैन। निरन्तर बढ्दै गएको छ। 

_x000D_ _x000D_

भदौ ११ र १२ गते भियतनामको हनोई सरहमा भएको कार्यक्रममा गएका उनी त्यसलगत्तै भदौ १८ गते विश्व स्वास्थ्य संठगनको एक हप्ते कार्यक्रममा सहभागी हुन भारत पुगे।

_x000D_ _x000D_

त्यसपछिको उनको भ्रमण संयुक्त राष्ट्र संघको महासभाको कार्यक्रम अमेरिकाको लागि थियो। तर भिसा नपाएपछि सहभागी हुन सकेनन्।

_x000D_ _x000D_

अमेरिकामा भएको क्षयरोगसम्बन्धी उक्त कार्यक्रममा मन्त्री सहभागी हुनुपर्ने थियो। आफ्ना छोरालाई समेत लिएर जान खोज्दा दुवैको भिसा नलागेपछि कर्मचारी मात्रै कार्यक्रममा सहभागी भएका थिए।

_x000D_ _x000D_

मन्त्री भएको करिब चार महिनाको अवधिमा यादवको अमेरिका भ्रमण रद्ध भए पनि असोज अन्तिम सातादेखि मंसिरसम्म ५ वटा विदेश भ्रमणको कार्यक्रम तय भएकाेमा चार वटा भ्रमण सम्पन्न भइसकेका छन्। 

_x000D_ _x000D_

उनले आफू सहभागी हुने आगामी कार्यक्रमसमेत तय गरिसकेका छन्। उनी आगामी मंसिर  २६ र २७ गते (डिसेम्बर १२ र १३) भारतमा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। 

_x000D_ _x000D_

संघीयता कार्यान्वयनको चरणमा छ। जसले स्थानीय तहदेखि केन्द्रसम्म असहज सिर्जना गरिरहेको छ। एक दिन पनि प्रभावित हुन नहुने स्वास्थ्यका काममा बाधा–अड्चन आइरहेका छन्। 

_x000D_ _x000D_

स्वास्थ्य मन्त्रालयको कर्मचारीका तर्फबाट नेतृत्व गर्नुपर्ने सचिवमा समेत अन्योल बढेको बढ्यै छ। सचिव डा पुष्पा चौधरीलाई सरुवा गरिए पनि अदालतको अन्तरिम आदेशबाट उनी फिर्ता भएकी थिइन्। फेरि कामकारबाहीको जिम्मेवारी मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेललाई दिइएको छ। 

_x000D_ _x000D_

विदेश भ्रमणपछि उनको ध्यान कर्मचारीको सरुवामा छ। उनले मन्त्री भएर आएपछि हरेक महिना कुनै न कुनै तहका कर्मचारीको जिम्मेवारी फेरबदल भइरहेको छ। आइतबार मात्रै चार उपसचिवको जिम्मेवारी हेरफेर भएको छ।  

_x000D_ _x000D_

स्थायी सरकार भएका कारण यसपल्ट स्वास्थ्य सेवा विस्तार हुने र जनशक्तिको कमीलाई मन्त्रालयले विशेष ध्यान दिने अपेक्षा गरिएको थियो। मन्त्रालयले नियम बनाए पनि राजनीतिक अस्थिरताका कारण कार्यान्वयन गर्न नसकेका थुप्रै नीतिनियम छन्। यसपल्ट बलियो सरकार भएका कारण ती नीतिनियम पनि कार्यान्वयन हुने अपेक्षा गरिएको थियो। 

_x000D_ _x000D_

मन्त्री यादवले मन्त्रालयका काममा ध्यान नदिँदा स्वास्थ्य क्षेत्र सुधार हुनेमा कर्मचारीहरु नै शंका गर्न थालेका छन्। 

_x000D_ _x000D_

विभिन्न देशमा हुने कार्यक्रमका आयोजकले सकेसम्म मन्त्रीकै उपस्थिति चाहन्छन्। मन्त्रीस्तरीय प्रतिबद्धता बढी प्रभावकारी हुने उनीहरुको अपेक्षा हुन्छ। त्यसैले मन्त्रीलाई पनि निम्तो दिन्छन्। तर, उक्त कार्यक्रमको महत्व भने मन्त्री आफैंले तय गर्नुपर्ने मन्त्रालयका कर्मचारीहरु बताउँछन्।

_x000D_ _x000D_

_x000D_

एकातिर मन्त्रालय जनशक्तिको अभाव झेलिरहेको छ भने अर्कातिर संघीय संरचनाअनुसार कर्मचारी खटाउन नसक्दा धेरै कर्मचारीको काम हाजिर गरेर घर जाने मात्रै भइरहेको छ।

_x000D_

_x000D_ _x000D_

एक कर्मचारीले भने, ‘मन्त्रीज्यू जाने सबै भ्रमण मन्त्रीस्तरीय कार्यक्रमका नै हुन्। उहाँलाई निम्तो आएका हुन् तर प्राथमिकता उहाँले तय गर्नुपर्छ। सबै कार्यक्रमममा सबै देशबाट मन्त्री आउँदैनन्।’

_x000D_ _x000D_

महिनामा २/३ पटकसम्म वैदेशिक यात्रामा जाँदा मन्त्रालयका नियमित कामसमेत प्रभावित भइरहेको उनी बताउँछन्। 

_x000D_ _x000D_

एकातिर मन्त्रालय जनशक्तिको अभाव झेलिरहेको छ भने अर्कातिर संघीय संरचनाअनुसार कर्मचारी खटाउन नसक्दा धेरै कर्मचारीको काम हाजिर गरेर घर जाने मात्रै भइरहेको छ।

_x000D_ _x000D_

‘यो समयमा फाजिल कर्मचारीको व्यवस्थापन गर्नुपर्ने, अर्गानोग्राम फाइनल गर्नुपर्नेजस्ता महत्वपूर्ण काम सबै बाँकी नै छन्,’ एक कर्मचारी भन्छन्, ‘यसैगरी संविधानमा उल्लेखित आधारभूत स्वास्थ्य परिभाषित गरी फाइनल गर्नुपर्ने र स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने विषयमा स्पष्ट खाका तयार गर्नुपर्ने छ। तर, यतातिर मन्त्रीज्यूको ध्यान गएको छैन।’

_x000D_ _x000D_

संघीयतामा स्वास्थ्य संरचना परिवर्तन भई बनेका नयाँ संरचनामा व्यवस्थापन गरिएका कर्मचारीले तलब नपाएको गुनासो गरिरहेका छन्। दरबन्दीअनुसार चिकित्सक पठाइदिन हरेक दिनजसो मन्त्रालयमा निवेदन पर्ने गरेको छ।

_x000D_ _x000D_

यसैगरी मन्त्रालय अन्तर्गतका ठूला स्वास्थ्य संस्थाहरु समेत नेतृत्वविहीन रहेकाले तिनलाई समेत व्यवस्थित गर्नुपर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयमै पुगेको छ। तर, मन्त्री यादवलाई भने यी विषयमा खास चासो नरहेको बुझिएको छ। 

_x000D_ _x000D_

स्वास्थ्य सेवाका कर्मचारीहरु यस्ता विभिन्न समस्या लिएर उनीकहाँ पुग्ने गरेका छन्। तर, उनी समस्या समाधानमा अघि सर्नुको सट्टा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवलाई भेट्न भन्दै पन्छाउँछन्। 

_x000D_ _x000D_

जनताका पहुँचमा रहेका स्वास्थ्य संस्था भनेका स्वास्थ्य चौकीहरु हुन्। त्यहाँ एचए र सिअहेबबीच कसले नेतृत्व गर्ने भन्ने विवाद छ। यसका लागि आफ्नो कुरा राख्न गएका एचएहरुलाई आफूले कुरा नबुझेको भन्दै राज्यमन्त्रीलाई भेट्न निर्देशन दिएका थिए। तर, राज्यमन्त्रीको स्तरबाट समस्या समाधान भएन। फेरि उनीहरु मन्त्रीलाई ध्यानाकर्षण गराउन जाँदा उनले भेट्नै नमानेको गुनासो एचएहरुको छ।
_x000D_  

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  ११:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना पौडेल
पौडेल स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
कोरोनाको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो स्वास्थ्य मन्त्रालयको प्रस्ताव
कहिले आउँछ कोभिड खोप? सरकारलाई नै थाहा छैन
ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन मुस्ताङका स्वास्थ्यकर्मीले उठाएको त्यो जोखिम
सम्बन्धित सामग्री
पत्रकार श्रेष्ठको घर र कार्यालयमा खानतलासी उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार किशोर श्रेष्ठको घर र कार्यालयमा खानतलासी गरेको छ। बिहीबार, साउन २८, २०८३
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश मंगलबार विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा यस्तो आदेश गरेको हो । मंगलबार, साउन २६, २०८३
इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या कफी वा चियाको तुलनामा इनर्जी ड्रिंक्सको एउटै क्यान वा बोतलमा धेरै मात्रामा क्याफिन हुन सक्छ, जुन कहिलेकाहीँ धेरै कप कफी बराबर हुन्छ।... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्