• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कहिले आउँछ कोभिड खोप? सरकारलाई नै थाहा छैन

64x64
कल्पना पौडेल बुधबार, असार ९, २०७८  ०७:००
1140x725

काठमाडौं–  कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग जुध्न सरकारले अधिकांश जिल्लामा जारी गरेको निषेधाज्ञा करिब दुई महिनापछि केही खुकुलो बन्न थालेको छ। संक्रमण दर केही कम देखिए पनि जोखिम उच्च नै रहेको विज्ञहरुले बताउँदै आएका छन्। संक्रमणबाट जोगिने एउटै उपाय कोभिडविरुद्धको खोप नै भए पनि त्यसतर्फ भने यो दुई महिनामा पनि कुनै उपलब्धि भएन। निषेधाज्ञा खुकुलो हुँदैगर्दा पनि आमजनमा एउटै प्रश्न छ– खोप कहिले आउँछ, अनि कहिले लगाउन पाइन्छ?

पहिलो डोज नै लगाउन नपाएकालाई खोप कहिले पाइला भन्ने चिन्ता छ। पहिलो डोज लगाए पनि दोस्रो डोज खोप लगाउन नपाएका (मुख्यतः ६५ देखि ७५ वर्ष उमेरसमूहका) झण्डै साढे १३ लाख ज्येष्ठ नागरिकमा भने दोस्रो डोज कहिले आउला भन्ने तीब्र छटपटी छ। उनीहरुले गत फागुन २३ देखि पहिलो डोज ‘कोभिसिल्ड’ खोप लगाएका थिए। 

त्यसरी पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकले जेठ १५ भित्र दोस्रो डोज लगाइ सक्नुपर्ने थियो। तर, खोप नभएकाले उनीहरुले मध्य असार हुन लााग्दासम्म दोस्रो मात्रा पाउन सकेका छैनन्। 

खोपको दोस्रो मात्रा नपाएकाहरु यथाशक्य खोप लगाउन पाउनुपर्ने हकदाबीसहित सर्वोच्च अदालत पुगेका छन्। काभ्रेका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय पूर्णप्रसाद पौडेलले सोमबार दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मंगलबार दोस्रो मात्रा खोप नलगाएकालाई तत्काल खोप लगाउने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। 

कहिले आउँछ खोप?
कोरोनाका नयाँ–नयाँ भेरियन्ट, त्यसको तीब्र संक्रमण क्षमता र संक्रमण भइसकेपछि स्वास्थ्यमा देखिने गम्भीर जटिलताका कारण पछिल्लो समय धेरैजना आत्तिएका छन्। खोप मात्र संक्रमणबाट बच्न र कम क्षतिका लागि अचूक उपाय हो।

सरकारले हरेक दिनजसो यो साता खोप पक्कै आउँछ, अर्को साता त आइ नै हाल्छ भन्ने आश्वासन दिइरहेको छ। तर, अझै केही महिना खोप आउने सम्भावना नरहेको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु बताउँछन्। उनीहरु भन्छन्, ‘प्रयास भइरहेको छ। तर, तत्काल आइहाल्ने सम्भावता देखिन्न। खोप नआउँदासम्म बाँकी सबै कुरा अनुमान मात्र न हुन्।’ 

खोपको माग यसरी बढेको छ कि सरोकारवालाले अदालतदेखि सामाजिक सञ्जालसम्म तताएका छन्। सामाजिक सञ्जालमा ‘खोप खोई’ भनेर विभिन्न क्याम्पेन चलाइएका छन्। तर, त्यसबाट दबाब महुसस गरेर खोप खरिद गर्ने अग्रसरता भने देखिँदैन।

स्वास्थ्य मन्त्रालयले केही समयअघि कोभिसिल्ड खोप नआएकाले त्यसको पहिलो डोज लगाएकालाई सोही फर्मुलामा बनाइएको ‘एस्ट्राजेनेका’ खोप दिने भनेको थियो। तर त्यो खोप कहिले कहिले आउँछ भन्ने टुंगो नै छैन। कतिसम्म भने खोप ल्याउनेबारे सरकारको भरोसायोग्य पहल नै देखिएको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

कोभिड खोप प्राविधिक सल्लाहकार समितिका एक सदस्यले खोपमा ढिलाइ हुनुका चारवटा कारण औंल्याए। उनले भने, ‘पहिलो त खोपको विश्वभर अभाव छ। दोस्रो, सबैभन्दा सजिलो र छिटै खोप पाउने सम्भावना रहेको छिमेकी देश भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएको छ। तेस्रो, कोभिसिल्ड बाहेकका अन्य खोप किन्न सरकार प्रोएक्टिभ भएन। चौंथो, निजी क्षेत्रले पनि कमिसनको चक्करले गर्दा खोप ल्याउन सकेनन्।’

उनले खोप खरीदका लागि प्रशस्त विकल्प हुँदाहुँदै पनि सरकार अगाडि नबढेको वा अगाडि बढ्नै नचाहेको टिप्पणी गरे। कोभिसिल्डबाहेक चीनको भेरोसेल, रुसी (स्पुतनिक भी) खोप र अन्य खोप खरीदका लागि सरकारको पहल नपुगेको उनको बुझाई छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले तत्काल खोपको व्यवस्था नहुँदा पहिलो डोज खोप लगाइसकेकालाई दोस्रो डोज लगाउनका लागि निकै दबाब बढेको बताए। उनले भने, ‘पहिलो मात्रा लगाएर दोस्रो मात्रा खोप लगाउन नपाउँदा निकै चिन्ता थपिएको छ। हरेक दिन फोन आइरहन्छन्। तत्कालै केही भन्न नसकेपनि केही समयमै कोभिसिल्डको दोस्रो मात्रा आउने संकेत भने देखिएको छ।’

खोप खरीदका लागि के भइरहे छ?
केही दिन पहिले सरकारले चीनबाट करिब ४० लाख डोज खोप किन्न लागेको समाचार सार्वजनिक भएको थियो। त्यसअघि, विगत एक महिनादेखि नै सरकारले खोप खरिदमा ‘एक साताभित्रै ब्रेक–थ्र्रू’ हुने समेत बताएको थियो। यस्ता कुराले स्वास्थ्य मन्त्रालयका कर्मचारीसमेत केही समयमै खोप आउनेबारे आश्वस्त झैं देखिएका थिए। 

प्रधानमन्त्रीले छिटै सबै नागरिकलाई खोप उपलब्ध गराइने बताउन थालेको पाँच महिना बित्न थालिसकेको छ। तत्कालीन स्वास्थ्यमन्त्री हुदयेश त्रिपाठीले जेठ २३ गते मन्त्रालयबाट बिदा हुने क्रममा कर्मचारीलाई सम्बोधन गर्दै केही दिनमै खोपको सकारात्मक संकेत आउने भन्दै सेरम र कोभ्याक्सले छिटै खोप उपलब्ध गराउने बताएका थिए। 

त्यसअघि जेठ १४ गते परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकारसँगको कुराकानीमा हप्ता÷दश दिनमा खोप आयात गरेर ‘ब्रेक थ्रु’ गर्ने बताएका थिए। उनले भनेका थिए, ‘खोप खरिदमा हामी केही दिनमा निष्कर्षमा पुग्दैछौँ। दश दिनमा नभए पनि त्यसको केही दिनमै ‘ब्रेक थ्रु’ हुन्छ। खोप सहायता दिने केही मुलुकले पनि हप्ता÷दश दिनभित्रमा घोषणा गर्दैछन्। खोपमा केही न केही प्रगति हुनेछ।’

तर, जेठ २२ गते ज्ञवाली नै मन्त्रीबाट हटे। उनको ठाउँमा परराष्ट्रमन्त्री बनेका रघुवीर महासेठले असार २ गते हिमालय टिभीको एक अन्तर्वार्तामा चीनसँग ४० लाख र अमेरिकाको जोन्सन एण्ड जोन्सनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको बताए। उनले भने, ‘जोन्सन एण्ड जोन्सनको ५० लाख डोज विश्व बैंकमार्फत् किन्दैछौं, उहाँहरुले नै किनेर हामीलाई दिने कुरा हुँदैछ’, महासेठले भनेका थिए, ‘चीनबाट पनि ४० लाख डोज खोप ल्याउँदै छौं।’

उनले खोप उत्पादकहरुले ९० दिनभित्र खोप उपलब्ध गराउन सक्ने बताइरहेको तर, नेपाल सरकारले सकेसम्म ४५ दिनभित्र नभए ६० दिनभित्र खोप उपलब्ध गराउन उत्पादकहरुलाई आग्रह गरेको उल्लेख गरेका थिए। परराष्ट्रमन्त्रीको यो भनाई गफ मात्र भएको टिप्पणी स्वास्थ्य मन्त्रालयका कर्मचारीले नै गरेका थिए।

महासेठको मन्त्री पद पनि १९ दिनमै गएको छ। मंगलबार सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै उनी पदमुक्त भएका छन्। महासेठसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ पनि १९ दिनमै पदमुक्त भएका छन्। परराष्ट्रमन्त्री, स्वास्थ्यमन्त्रीलगायत पदमुक्त भएसँगै खोप आयातको प्रक्रियामा अझ बिलम्ब हुने निश्चित जस्तै छ।

किन आइरहेको छैन खोप?
अर्थात् अहिलेकै अवस्थामा अझै केही समय नेपालीले कोभिड खोप लगाउन पाउने संकेत देखिँदैन। स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु नै छिटै खोप आउने सम्भावना नरहेको बताइरहेका छन्। 

गत असार २ गते कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ४० लाख खोप किन्ने र साउनको पहिलो साताबाट खोप लगाउन सुरु गर्ने जानकारी गराएको विज्ञप्ति सार्वजनिक भएको थियो। त्यसपछि स्वास्थ्य मन्त्रालयले असार ३ गते त्यसको खण्डन गर्दै विज्ञप्ति नै निकाल्यो। अहिले स्वास्थ्य मन्त्रालयको खोप खरीदमा काम गरिरहेका कर्मचारीलाई सोध्ने हो भने जवाफ आउँछ, ‘खोपका लागि प्रयास भइरहेको छ। तर तत्काल वा यही समयमा खोप आउँछ भनेर भन्न सकिन्न। यहाँ त मन्त्रीहरु, राजनीतिक दलहरुले नै ठोकुवा गर्ने काम भइरहेको छ। थाहा नभएको विषयमा त कम्तीमा नबोले पनि हुने नि।’ 

अमेरिकाले एसियाली मुलुकहरुलाई कोभ्याक्समार्फत् दिने भनेको ७० लाख कोभिड खोप पनि तत्काल आउने सम्भावना छैन। किनभने अमेरिकाले दिने भनेको एस्ट्राजेनेका खोपलाई अमेरिकाकै नियामक निकाय फुड एण्ड ड्रग एड्मिनिस्टे«सन (एफडिए)ले अझै प्रयोगका लागि अनुमति दिएको छैन। सोही कारण उक्त खोप आउन ढिलाइ हुने स्वास्थ्य मन्त्रालय बताउँछ।

सरकारले खोप उत्पादक कम्पनीहरु सबैलाई पत्राचार गरेको छ। स्वास्थ्य मन्त्रालयका कर्मचारी चीनले नेपालसँग ‘ननडिस्क्लोजर एग्रिमेन्ट’ फलो नभएको र मूल्यलगायतका विषय सहमतिविपरीत सार्वजनिक गरेको भनेर असन्तुष्टि नै जनाएको बताउँछन्। एक कर्मचारीले भने, ‘हामीलाई तत्काल खोप आउने एउटै सम्भावना चीनबाट हो। अन्यत्रबाट आउन पनि समय लाग्ने देखिन्छ। चीन र भारतसँग खोप खरीद गर्न नेपालको राजनीतिक उतारचढावले पनि असर गरेको छ।’

उता अमेरिकाको जोन्सन एण्ड जोन्सनले स्वास्थ्य मन्त्रालयद्धारा गरिएको पत्राचारको पहिलो जवाफमा खोप खरीदसम्बन्धी छलफलका लागि प्रतिनिधि तय गर्ने जवाफ दिएको थियो। गत हप्ता स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र जोन्सन एण्ड जोन्सनका प्रतिनिधिबीच भएको छलफलमा तत्काल खोप दिन नसक्ने बताएको बैठकमा उपस्थित एक कर्मचारी बताउँछन्।

नेपालले २०२१ भित्रै लक्ष्यित जनसंख्यालाई खोप दिने भने पनि यी कारणले गर्दा त्यो कुरा सम्भव देखिँदैन। स्वास्थ्य मन्त्रालयका अधिकारीहरु खोपका लागि नेपालले पहिले नै लगानी गर्न चुकेको र अहिले ढिला गरिरहेको बताउँछन्। मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले जति खोप प्रयोगमा आएका छन्, ती खोपका लागि धेरै देशले पहिल्यै लगानी गरेर बुक गरिसकेका थिए। नेपालले तत्काल खोप नपाएपनि २०२२ सम्म खोप पाउन चाहने हो भन्ने अहिले उत्पादन हुँदै ट्रायलमा राम्रो देखिएका खोपका लागि बुकिङ गर्नुपर्ने हुन्छ। त्यसबारे त हामीले सोचेकै छैना।ैँ’

सरकारले चालु आर्थिक वर्षमा खोप खरीदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ। तर, सरकारको चासो खोप खरीदका लागि पहल गर्नेभन्दा अनुदान माग्नेतिरै केन्द्रित भइरहेको देखिन्छ। यहीकारण पनि खोप आयातमा बिलम्ब भएको जानकारहरु बताउँछन्। 

अहिलेसम्म कति खोप आयो, कतिले लगाए? 
नेपालले २०७७ माघ १४ गतेदेखि कोभिडविरुद्धको खोप अभियान सुरु गरेको हो। अहिलेसम्म भारतबाट २४ लाख ४८ हजार डोज कोभिसिल्ड र १८ लाख डोज चिनियाँ सिनोफामको भेरोसेल खोप आएको छ।

त्यसमध्ये भारतले नेपाललाई १० लाख डोज र नेपाली सेनालाई १ लाख डोज गरी ११ लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो।     

सरकारले भारतको सेरम कम्पनीसँग २० लाख डोज खरीद गरेकोमध्ये १० लाख डोज खोप मात्र पाएको छ। १० लाख डोज खोपको अग्रिम भुत्तानी गरिसकेको भएपनि भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएका कारण आउन सकेको छैन। त्यसैगरी, कोभ्याक्स सुविधाअन्र्तगत् थप ३ लाख ४८ हजार डोज कोभिडसिल्ड खोप नेपालले पाएको थियो।

चीन सरकारले दुई पटक गरेर १८ लाख भेरोसेल खोप अनुदानमा उपलब्ध गराएको हो। जसमा पहिलो पटक ८ लाख डोज खोप, दोस्रो पटक थप ८ लाख डोज चीन सरकारले उपलब्ध गराएको हो भने तिब्बत सरकारले २ लाख डोज खोप उपलब्ध गराएको थियो। 

त्यसरी आएको खोपबाट अहिलेसम्म २५ लाख १९६ जनाले पहिलो डोज लगााएकामा ७ लाख ३१ हजार ६५३ जनाले मात्र दोस्रो डोज (पूर्ण मात्रा) लगाउन पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना पौडेल
पौडेल स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
कोरोनाको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो स्वास्थ्य मन्त्रालयको प्रस्ताव
कहिले आउँछ कोभिड खोप? सरकारलाई नै थाहा छैन
ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन मुस्ताङका स्वास्थ्यकर्मीले उठाएको त्यो जोखिम
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्