• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन मुस्ताङका स्वास्थ्यकर्मीले उठाएको त्यो जोखिम

धन्न खोप खोलाले बगाएन! 
64x64
कल्पना पौडेल आइतबार, असार ६, २०७८  २०:५०
1140x725

काठमाडौं– मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर १ र २ मा असार १ गते ५५ वर्ष माथि उमेर समूहका नागरिकलाई कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम थियो। लक्षित उमेर समूहका नागरिकलाई कोरोना खोपको दोस्रो मात्रा दिनका लागि टुकुचे र कुवाङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले आवश्यक सबैजसो तयारी पूरा गरिसकेका थिए। तर, खोप भने आइपुगेको थिएन।  

पोखराबाट जोमसोम हुँदै जिल्ला स्वास्थ्य कार्यालय आइपुगेको खोप थासाङ गाउँपालिका अन्तर्गतको लेते प्राथमिक स्वास्थ्य केन्द्रलाई बुझाइसकिएको थियो। खोपलाई कोल्डचेन मेन्टेन गरेर राख्ने संरचना लेतेमा मात्रै छ। गाउँपालिका क्षेत्रका अरु खोप केन्द्रमा खोप लगाउनु परेमा लेतेबाटै लगिने गरिएको थियो। 

खोप राखिएको लेते प्राथमिक स्वास्थ्य केन्द्र र अरु वडाहरुको बीचमा छ्याक्ताङ खोला पर्छ। जेठ २८ गतेदेखि लगातारजसो भइरहेको वर्षाका कारण छ्याक्ताङ खोला उर्लिएको थियो। 

वर्षा अगाडिको योजनाअनुसार प्राथमिक स्वास्थ्य केन्द्रबाट टुकुचे र कुवाङ स्वास्थ्य चौकीसम्म एम्बुलेन्स वा गाउँपालिकाको गाडीमार्फत खोप पुर्‍याउने तयारी थियो। तर, खोला बढेकाले कुनै पनि सवारीसाधनबाट खोप ल्याउन सम्भव भएन। 

टुकुचे स्वास्थ्य चौकीका अहेब सविन केसी

असार १ गते  खोप कार्यक्रम तय भएकाले जेठ ३१ गते नै खोप ल्याइसक्नु पर्ने थियो। तर, वर्षे भेलले उर्लिएको छ्याक्ताङ खोलामा पुल नभएकाले मान्छे र सवारी साधन खोला तर्न सम्भव थिएन।  

असार १ गते बिहान ८ बजे टुकुचे स्वास्थ्य चौकीका अहेब सविन केसीलाई प्राथमिक स्वास्थ्य केन्द्र लेतेका संयोजक सीताराम कार्कीको फोन आयो। कार्कीले फोनमार्फत उर्लिएको छ्याक्ताङ खोला तरेर कसरी टुकुचेसम्म खोप पुर्‍याउने भनेर चिन्ता व्यक्त गरे। 

बिहान १० बजेदेखि खोप कार्यक्रम शुरु गर्ने भनेर पहिल्यै तय भइसकेको थियो। खोपलाई जसरी पनि खोला तारेर टुकुचे र कुवाङ स्वास्थ्य चौकी पुर्‍याउनुपर्ने थियो। बरु खोला नजिकै पुगेर कुनै उपाय निकाल्न सकिन्छ भनेर दुवै जनाबीच खोलासम्मै आउने सल्लाह भयो। सीतारामसँग भएको सल्लाहअनुसार सविन वडा कार्यलयको मोटरसाइकल लिएर कुवाङ स्वास्थ्य चौकी पुगे। त्यहाँबाट भ्याक्सिन क्यारियर बोकी एचए लालबहादुर रोकायालाई लिएर उनी छ्याक्ताङ खोलाको किनारमा पुगे। 

खोला बढेका कारण तर्न नसकेर ठूला गाडी र मालवाहक ट्रक पनि खोलाभन्दा केही वर सडक छेउमै रोकिएका थिए। ठूला गाडी समेत खोलाभन्दा धेर वर रोकिएका देखेर सविनलाई खोप तारेर ल्याउन सकिन्छ जस्तो लागेको थिएन।  

Ncell 2
Ncell 2
nimb
nimb

‘किनारमा पुग्दा उर्लिरहेको खोला देख्दा त खोप वारि ल्याउन सकिन्न भन्ने चिन्ता लाग्यो। न गाडी तर्ने अवस्था थियो, न त मान्छे नै। तर, खोप त हामीलाई जसरी पनि ल्याउनुपर्ने थियो,’ सविनले आफ्नो अनुभव सुनाउँदै भने, ‘१० बजेदेखि खोप कार्यक्रम थियो। अन्यत्र स्वास्थ्य चौकीहरुमा लगाइसकेका थिए। बाहिर जिल्लाभरी सबैतिर खोप कार्यक्रम चल्छ, हाम्रोमा मात्र चलेन भने त नराम्रो सन्देश पनि जाने भयो।’

खोलाको बीचमा पक्की पुल बनाउन लागेको धेरै वर्ष भयो। तर, पूरा भएको छैन। फाल हालेर भएपनि तर्न सकिन्छ भनेर उनी बन्दै गरेको पुल नजिक पुगे। फाल हालेर तर्न सकिने अवस्था त थिएन, तर त्यहाँ भेटिएको फलामको एउटा पाइपले भने खोप तार्ने एउटा जुक्ति फुराइदियो। 

त्यसपछि उनले एचए लालबहादुरलाई खोला अलि साँघुरो (खोँच) भएको ठाउँमा पाइपको माध्यमबाट खोप तार्न सकिने विषयमा सल्लाह गरे। ‘पारीबाट ड्राइभर दाईले पनि त्यस्तै गरौं भन्नुभयो। खोलाको आवाजले पारीसम्म कुरा सुनिदैनथ्यो त्यसैले हातको इसाराले उहाँलाई फलामको पाइपमा बाँधेर दिनुस् भन्यौं,’ सविनले भने, ‘त्यहाँ अर्को एकजना पनि हुनुहुन्थ्यो, उहाँले भिडियो लिन सुझाउनु भएको हो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, भिडियो भने सामाजिक सञ्जालमा राख्नलाई नभइ आफूहरुले गरेको कामको स्मरण राख्न खिचेको उनले सुनाए। ‘मैले लाल सरलाई एक्लै खोप रिसिभ गर्न सक्नुहुन्छ त? नत्र म सानो भिडियो बनाउँछु। यस्तो बेला यसरी काम गरेको थियौं भन्ने सम्झना हुन्छ भने,’ सविनले भिडियो खिच्दाको अनुभव सुनाउँदै भने, ‘उहाँले हुन्छ म सक्छु, तपाईँ फोटो भिडियो खिच्नु  न त भन्नुभयो। तर, हामीले त्यो फोटो भिडियो सामाजिक सञ्जालमा राख्नलाई चाहिँ बनाएका थिएनौं। दिमागमा त्यसरी राख्ने भन्ने कुरा पनि आएको थिएन। खोला अलि पारि पट्टी झरना पनि झरिरहेको थियो। त्यो देखेर पनि राम्रो लागेर फोटो खिच्ने सोच आएको थियो।’

एक पटक भ्याक्सिन क्यारियर र अर्को पटक सिरिन्जहरु गरी दुई पटक गरेर तारेको उनले सुनाए। ‘त्यो काम निकै जोखिमपूर्ण थियो, तर अन्य उपाय पनि थिएन।  भ्याक्सिन क्यारियर फलाममा बाँधेर वारी दिन त गाह्रो थियो। ड्राइभर दाइ एक्लैले सक्नुहुन्थेन होला। अर्को एकजना कसैले सहयोग गरी उतापट्टी धानेर अनि हामीसम्म पुर्‍याइदिनु भएको हो,’ सविनले भने।

फलामको पाइपमा बाँधेर खोला तारिएको खोप १२० जनालाई लगाउन १२ भाइल थियो। ‘यसै त खोपको यस्तो अभाव छ। त्यो खोप खोलामा झरेको भए त निकै ठूलो नोक्सानी हुन्थ्यो। सबैतिरबाट स्पष्टीकरण सोध्ने, जागिरै धरापमा पर्न सक्ने जोखिम हुन्थ्यो,’ उनले भने।

खोप खोला तारेर ल्याइसकेपछि एचएस लाल रोकायालाई कुवाङ स्वास्थ्य चौकी छाडेर सविन आफू कार्यरत टुकुचे स्वास्थ्य चौकी पुगे। उनी खोप लिएर पुगिसक्दा १० बजिसकेको थियो। मान्छेहरु खोप लगाउन स्वास्थ्य चौकी आउन थालिसकेका थिए। 

जोखिम मोलेर भएपनि सुरक्षितसाथ खोप स्वास्थ्य चौकीमा पुगेपछि खुसी साटासाट गर्दै स्वास्थ्यकर्मीहरु 

अनमी अन्जलीका कारण भाइरल बनेको भिडियो
स्वास्थ्य चौकी पुगिसकेपछि सविनले आफूहरुले खोप ल्याउँदा कस्तो जोखिम उठाइयो भनेर भिडियो र फोटोहरु सहकर्मीलाई देखाए। भिडियो हेर्नेमा स्वास्थ्यचौकीमा कार्यरत अनमी अन्जली थकाली पनि थिइन्। 

अन्जलीले उक्त भिडियो सामाजिक सञ्जालमा राख्न सुझाव दिइन्। तर, सविनलाई भने हाकिमहरुबाट गाली खाइएला भन्ने डर थियो। ‘खोपको अभाव भइरहेको बेला उर्लिरहेको खोलाबाट खोप तार्नकै लागि त्यत्रो जोखिम किन उठाएको भन्ने स्वभाविक प्रश्न पनि आउँछ। खोप कार्यक्रम अर्को दिन पनि गर्न सकिन्थ्यो। तर, त्यत्रो खोप बगेको भए त नराम्रो हुन्थ्यो नि,’ सविन भन्छन्, ‘त्यसैले मैले भिडियो र फोटोहरु सामाजिक सञ्जालमा नराख्ने निर्णय लिए।’

तर, अन्जलीले भने सविनसँग ती भिडियो आफ्नो मोबाइलमा ट्रान्सफर गरिदिन भनिन्। आफ्ना अरु सहकर्मी र साथीलाई देखाउन भन्दै अन्जलीले भिडियो मागेकी थिइन्। तर, उनले फेसबूक, टिकटकतिर पनि भिडियो अपलोड गरिछन्। 

अन्जलीले टिकटकमा उपलोड गरेको केही समयमै भिडियो भाइरल भयो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयसले पनि उक्त भिडियो शेयर गर्दै खोपलाई खोला तार्न मेहनत गर्ने स्वास्थ्यकर्मीलाई ‘हिरो’ (नायक) भनेर प्रशंसा गरेका छन्। 

अहेब सविन आफूहरुले गरेको भन्दा पनि धेरै दुःख गरेर ग्रामिण क्षेत्रका अरु स्वास्थ्यकर्मीले दूरदराजमा स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउँछन्। ‘सबैतिरबाट हाम्रो कामको प्रशंसा भइरहेको छ। तर, हामीले भन्दा धेरै दुःख गरेर अरु ग्रामिण क्षेत्रका स्वास्थ्यकर्मीले दूरदराजमा स्वास्थ्य सेवा प्रदान गरिरहनुभएको छ,’ सविन भन्छन्, ‘यहाँ वर्षायाम र हिउँदामा यस्तै समस्या हुन्छ। हिउँदमा पनि हिउँ परेर नियमित खोप कार्यक्रम गर्दा समस्या नै हुन्छ।’

कोरोनाविरुद्धको खोप खोला तार्दा गरिएको मेहनत झल्किने भिडियो भाइरल भएपछि हामीले सामाजिक सञ्जालमा भिडियो अपलोड गर्ने टुकुचे स्वास्थ्य चौकीकी अनमी अन्जली थकाली र खोला किनारमा जोखिम मोलेर खोप रिसिभ गर्ने कुवाङ स्वास्थ्य चौकीका एचए लालबहादुर रोकायासँग कुराकानी गरेका छौं। 

एचए रोकाया र अनमी थकालीको अनुभव उनीहरुकै शब्दमा–

लालबहादुर रोकाया
एचए, कुवाङ स्वास्थ्य चौकी

टुकुचे स्वास्थ्य चौकीको सिस्टर (अनमी अन्जली थकाली)ले सामाजिक सञ्जालमा भिडियो शेयर गर्नुभएको रहेछ। अहिले धेरै जनाले फोन तथा म्यासेज गरिरहनुभएको छ। 

म थासाङ गाउँपालिकाको  कुवाङ स्वास्थ्य चौकीमा कार्यरत छु। म यहाँ कार्यरत भएको डेढ वर्षजति भयो। पालिकाको स्वास्थ्य केन्द्रमा असार १ गते ज्येष्ठ नागरिकलाई खोप लगाउन भनेर खोप आइसकेको थियो।

तर, लगातार आएको पानीले थासाङ खोला बढेको थियो। पारिबाट सजिलै वारि खोप ल्याउन सक्ने अवस्था नै भएन। अघिल्लो दिन पनि ल्याउन खोजेको, तर खोला बढेका कारण सकिएन।

खोप डण्डीमा राखेर तार्ने आइडिया आएपछि डाइभर दाइलाई इसारामा भन्यौ। मैले डण्डीमा बाँधेर भ्याक्सिन क्यारियर पारि पुर्‍याए, अनि उताबाट खोप राखेर मलाई पुर्‍याइदिनुभएको हो।

अघिपछि यति धेरै समस्या भएको थिएन। खोला तर्नका लागि सौँरु, सिरकुम भन्ने ठाउँमा पुल छ, त्यहाँ जान २ घण्टा पैदल हिँड्नुपर्ने। त्यसमाथि बाढीले त्यताको पुल पनि बगाएको होला भन्ने कुरा आयो। त्यसपछि पाइपबाटै खोप तार्ने निर्णय गरेका हौं। 

खोप तारेको भिडियो सामाजिक सञ्जालमा आएपछि अमेरिका र फ्रान्सबाट पनि फोन आएको थियो। स्वास्थ्य मन्त्रालयबाट चाँहि स्वास्थ्य संयोजकलाई कसैले सोध्नुभएको रहेछ, तर मसँग त कुरा भएको छैन।

अन्जली थकाली
अनमी, टुकुचे स्वास्थ्य चौकी

तीन–चार दिनदेखिको अविरल वर्षाले खोला बढेकाले खोप ल्याउन पाइएको थिएन। एक–दुई दिन त खोला घट्ला कि भनेर पनि प्रतीक्षा गरियो। तर, वर्षा रोकिएन, खोला पनि बढेको बढ्यै भयो। 

हामीलाई खोप ल्याउन नसकिएर खोप लगाउने कार्यक्रम नै प्रभावित हुन्छ कि भन्ने लागेको थियो। उहाँहरुले जोखिम उठाएर फलामको पाइपको भरमा खोप तारेर ल्याउनुभएको रहेछ। त्यसरी खोप लिएर आएपछि हामी ४४ जनालाई कोभिसिल्डको दोस्रो मात्रा खोप लगाउन सफल भयौं। बाँकी ११ जना हाइड्रोपावरको कर्मचारी हुनुहुन्थ्यो। उहाँहरु अत्यावश्यक कामले कोही जोमसोम, कोही पोखरा तथा काठमाडौं जानुभएको थियो। उतै लगाउनुभयो रे भन्ने खबर पाएका थियौं।

सामाजिक सञ्जालमा भिडियो राख्ने विषयमा धेरै त सोचिएन। तर, धेरै जोखिम मोलेर पनि खोप अभियानलाई जारी राखिएको छ भन्ने सन्देश जाओस् भनेर त्यो भिडियो मैले सामाजिक सञ्जालमा राखेकी हुँ। 

पछि त भिडियो धेरै भाइरल भयो। डब्लूएचओका महानिर्देशकले पनि शेयर गर्नुभएको रहेछ। त्यो भिडियोलाई लिएर अहिले धेरै जनाले फोन, म्यासेज गरेर हाम्रो कामको प्रशंसा गरिरहनुभएको छ। भिडियो राख्दा यति धेरै चर्चा होला जस्तो चाहिँ लागेको थिएन।

 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना पौडेल
पौडेल स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
कोरोनाको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो स्वास्थ्य मन्त्रालयको प्रस्ताव
कहिले आउँछ कोभिड खोप? सरकारलाई नै थाहा छैन
ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन मुस्ताङका स्वास्थ्यकर्मीले उठाएको त्यो जोखिम
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्