• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो स्वास्थ्य मन्त्रालयको प्रस्ताव

64x64
कल्पना पौडेल आइतबार, कात्तिक १४, २०७८  २०:३६
1140x725
प्रतिकात्मक तस्वीर

काठमाडौं– कोरोना संक्रमण नियन्त्रण तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीले अझै केही समय जोखिम भत्ता नपाउने भएका छन्। कतिपय स्वास्थ्यकर्मीले कोरोना महामारी सुरु भएदेखि नै जोखिम भत्ता नपाएको गुनासो गरिरहेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्त भएलगत्तै एक साताभित्र स्वास्थ्यकर्मीलाई जोखिमभत्ता उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए। देउवा प्रधानमन्त्री भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कोभिड संक्रमण न्यूनीकरणका लागि अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीसहितका कर्मचारीको जोखिम भत्ता १ हप्ताभित्रै उपलब्ध गराउने निर्णय गरेको थियो। तर, देउवा मन्त्रिपरिषद्‌को पहिलो निर्णय कार्यान्वयन हुन अझै समय लाग्ने देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीसहित कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने भनेर अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको दाबी गरेको छ। 

केही दिन अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोना संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन भनेर अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको बताएका थिए। उनका अनुसार जोखिम भत्ता उपलब्ध गराउन तत्कालका लागि ४५ करोड माग गरिएको छ। 

तर, अर्थ मन्त्रालयले प्रस्तावअनुसार रकम निकासा नगरेको मन्त्री खतिवडाले जानकारी दिएका थिए। अब कम्तीमा पनि छठ अगाडि स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउने अवस्था नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु बताउँछन्।   

अर्थ मन्त्रालयले जोखिम भत्ताका लागि अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा असार मसान्तमा मात्रै रकम निकासा गरेको थियो। असार मसान्तमा रकम निकासा हुँदा संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाले रकम झिक्न नपाउँदा जोखिम भत्ता बापतको १६ करोड ११ लाख ९८ हजार रुपैयाँ बजेट 'फ्रिज भएको थियो।  

संघीय सरकार मातहतका १४ वटा अस्पतालले १० करोड ६३ लाख ३१ हजार रुपैयाँ जोखिम भत्ता पाउन बाँकी छ। यस्तै, प्रदेशअन्तर्गतका ५ अस्पतालले २ करोड १६ लाख ६७ हजार रुपैयाँ बराबरको भत्ता पाएका छैनन्। स्थानीय तहअन्तर्गतका ३१ पालिका र अस्पतालमा गरी ३ करोड १७ लाख जोखिम भत्ता पठाउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा जोखिम भत्ताका लागि भनेर विनियोजन गरिएको बजेट फ्रिज भएपछि पुनः रकम निकासाका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको छ। तर, अर्थले आवश्यक प्रक्रिया अगाडि बढाएको छैन। 

Ncell 2
Ncell 2

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका उपसचिव प्रकाश अधिकारीले माग भइआएको जोमिख भत्ताका लागि असारमै फाइल पठाएको, तर अर्थले निकासा ढिला गरेकाले भत्ता उपलब्ध गराउन नसकिएको बताए। 

‘अघिल्लो आर्थिक वर्षको अन्तिम दिन निकासा हुँदा रकम निकाल्न नपाएपछि बजेट नै फ्रिज भयो। त्यसपछि स्वास्थ्य संस्थाबाट उपलब्ध गराउन बाँकी जोखिम भत्ताको विवरण माग गरी लेखी पठायौं,' अधिकारीले भने, 'अघिल्लो वर्ष नै उपलब्ध गराउन बाँकी रहेको भत्ताका लागि रकम निकासा गर्न भनेर हामीले अर्थलाई प्रस्ताव पठाएका छौं। तर, कहिले प्रतिस्थापन विधेयक, सरकार परिवर्तन, कर्मचारीको जिम्मेवारी हेरफेर, दशैं लगायतका कारणले अर्थबाट निकासामा ढिलाइ भइरहेको छ।'

आफूहरुले पाउनुपर्ने जोखिम भत्ता माग्दै स्वास्थ्यकर्मीहरु अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय धाइरहेका छन्। तर, स्वास्थ्य मन्त्रालयले भने अर्थमा प्रस्ताव पठाएकाले अर्थबाट रकम निकासा भएपछि मात्रै उपलब्ध गराइने भनेर फिर्ता पठाउने गरेको छ।

जोखिम भत्ताका पाउन बाँकी संघीय अस्पतालहरु:
कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, आयुर्वेद चिकित्सालय, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, गजेन्द्र नारायण सिंह अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानसिक रोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, डिल्लीबजार कारागार  कार्यालय, जगन्नाथदेवल कारागार कार्यालय र मनो सामाजिक अपांग बन्दीमा कार्यरत स्वास्थ्यकर्मी।

प्रदेश सरकार मातहतका अस्पताल तथा स्वास्थ्य संस्था:
राप्ती प्रादेशिक अस्पताल, संक्रामण तथा सरुवा रोग अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, अर्घाखाँची अस्पताल र धौलागिरी अस्पताल।

स्थानीय तह तथा स्वास्थ्य संस्था:
चाँगुनारायण नगरपालिका (भक्तपुर), ललितपुर महानगरपालिका (ललितपुर), बर्जु गाउँपालिका, साकेला गाउँपालिका, गैँडाकोट नगरपालिका, मुलपानी नगर अस्पताल, गोदावरी नगरपालिका ब्रजबाराही, छत्रेस्वरी गाउँपालिका भोटेचौर सल्यान, शंखरापुरा नगरपालिका साँखु, काठमाडौं, पोखरिया नगरपालिका पर्सा, बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक, किर्तीपुर नगरपालिका काठमाडौं, भक्तपुर नगरपालिका, इन्द्रवती गाउँपालिका सिन्धुपाल्चोक, भजनी प्राथमिक स्वास्थ्य केन्द्र कैलाली, जिल्ला अस्पताल लमजुङ, पाल्हीनन्दन गाउँपालिका नवलपरासी, बरेङ गाउँपालिका बागलुङ, दोरम्बा प्राथमिक स्वास्थ्य केन्द्र रामेछाप, राजापुर नगरपालिका बर्दिया, दूर्गा भगवति गाउँपालिका रौतहट, प्राथमिक स्वास्थ्य केन्द्र रामेछाप, कटारी नगरपालिका, महालक्ष्मी नगरपालिका, नागर्जुन नगरपालिका, बर्दीबास नगरपालिका, धुलिखेल नगरपालिका, मध्यपुर ठिमी नगरपालिका र बनेपा नगरपालिका।

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  २०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना पौडेल
पौडेल स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
कोरोनाको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो स्वास्थ्य मन्त्रालयको प्रस्ताव
कहिले आउँछ कोभिड खोप? सरकारलाई नै थाहा छैन
ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन मुस्ताङका स्वास्थ्यकर्मीले उठाएको त्यो जोखिम
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
काँग्रेस विशेष महाधिवेशनमा पुरानै विधान अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्यो मंगलबार, पुस २९, २०८२
नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा नाराबाजी मंगलबार, पुस २९, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
राजेन्द्र महतोको साथ छोडेर सुमन सायमी नेकपामा समाहित हुँदै मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्