• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो स्वास्थ्य मन्त्रालयको प्रस्ताव

64x64
कल्पना पौडेल आइतबार, कात्तिक १४, २०७८  २०:३६
1140x725
प्रतिकात्मक तस्वीर

काठमाडौं– कोरोना संक्रमण नियन्त्रण तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीले अझै केही समय जोखिम भत्ता नपाउने भएका छन्। कतिपय स्वास्थ्यकर्मीले कोरोना महामारी सुरु भएदेखि नै जोखिम भत्ता नपाएको गुनासो गरिरहेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्त भएलगत्तै एक साताभित्र स्वास्थ्यकर्मीलाई जोखिमभत्ता उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए। देउवा प्रधानमन्त्री भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कोभिड संक्रमण न्यूनीकरणका लागि अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीसहितका कर्मचारीको जोखिम भत्ता १ हप्ताभित्रै उपलब्ध गराउने निर्णय गरेको थियो। तर, देउवा मन्त्रिपरिषद्‌को पहिलो निर्णय कार्यान्वयन हुन अझै समय लाग्ने देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीसहित कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने भनेर अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको दाबी गरेको छ। 

केही दिन अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोना संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन भनेर अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको बताएका थिए। उनका अनुसार जोखिम भत्ता उपलब्ध गराउन तत्कालका लागि ४५ करोड माग गरिएको छ। 

तर, अर्थ मन्त्रालयले प्रस्तावअनुसार रकम निकासा नगरेको मन्त्री खतिवडाले जानकारी दिएका थिए। अब कम्तीमा पनि छठ अगाडि स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउने अवस्था नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु बताउँछन्।   

अर्थ मन्त्रालयले जोखिम भत्ताका लागि अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा असार मसान्तमा मात्रै रकम निकासा गरेको थियो। असार मसान्तमा रकम निकासा हुँदा संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाले रकम झिक्न नपाउँदा जोखिम भत्ता बापतको १६ करोड ११ लाख ९८ हजार रुपैयाँ बजेट 'फ्रिज भएको थियो।  

संघीय सरकार मातहतका १४ वटा अस्पतालले १० करोड ६३ लाख ३१ हजार रुपैयाँ जोखिम भत्ता पाउन बाँकी छ। यस्तै, प्रदेशअन्तर्गतका ५ अस्पतालले २ करोड १६ लाख ६७ हजार रुपैयाँ बराबरको भत्ता पाएका छैनन्। स्थानीय तहअन्तर्गतका ३१ पालिका र अस्पतालमा गरी ३ करोड १७ लाख जोखिम भत्ता पठाउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा जोखिम भत्ताका लागि भनेर विनियोजन गरिएको बजेट फ्रिज भएपछि पुनः रकम निकासाका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको छ। तर, अर्थले आवश्यक प्रक्रिया अगाडि बढाएको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका उपसचिव प्रकाश अधिकारीले माग भइआएको जोमिख भत्ताका लागि असारमै फाइल पठाएको, तर अर्थले निकासा ढिला गरेकाले भत्ता उपलब्ध गराउन नसकिएको बताए। 

‘अघिल्लो आर्थिक वर्षको अन्तिम दिन निकासा हुँदा रकम निकाल्न नपाएपछि बजेट नै फ्रिज भयो। त्यसपछि स्वास्थ्य संस्थाबाट उपलब्ध गराउन बाँकी जोखिम भत्ताको विवरण माग गरी लेखी पठायौं,' अधिकारीले भने, 'अघिल्लो वर्ष नै उपलब्ध गराउन बाँकी रहेको भत्ताका लागि रकम निकासा गर्न भनेर हामीले अर्थलाई प्रस्ताव पठाएका छौं। तर, कहिले प्रतिस्थापन विधेयक, सरकार परिवर्तन, कर्मचारीको जिम्मेवारी हेरफेर, दशैं लगायतका कारणले अर्थबाट निकासामा ढिलाइ भइरहेको छ।'

आफूहरुले पाउनुपर्ने जोखिम भत्ता माग्दै स्वास्थ्यकर्मीहरु अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय धाइरहेका छन्। तर, स्वास्थ्य मन्त्रालयले भने अर्थमा प्रस्ताव पठाएकाले अर्थबाट रकम निकासा भएपछि मात्रै उपलब्ध गराइने भनेर फिर्ता पठाउने गरेको छ।

जोखिम भत्ताका पाउन बाँकी संघीय अस्पतालहरु:
कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, आयुर्वेद चिकित्सालय, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, गजेन्द्र नारायण सिंह अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानसिक रोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, डिल्लीबजार कारागार  कार्यालय, जगन्नाथदेवल कारागार कार्यालय र मनो सामाजिक अपांग बन्दीमा कार्यरत स्वास्थ्यकर्मी।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेश सरकार मातहतका अस्पताल तथा स्वास्थ्य संस्था:
राप्ती प्रादेशिक अस्पताल, संक्रामण तथा सरुवा रोग अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, अर्घाखाँची अस्पताल र धौलागिरी अस्पताल।

स्थानीय तह तथा स्वास्थ्य संस्था:
चाँगुनारायण नगरपालिका (भक्तपुर), ललितपुर महानगरपालिका (ललितपुर), बर्जु गाउँपालिका, साकेला गाउँपालिका, गैँडाकोट नगरपालिका, मुलपानी नगर अस्पताल, गोदावरी नगरपालिका ब्रजबाराही, छत्रेस्वरी गाउँपालिका भोटेचौर सल्यान, शंखरापुरा नगरपालिका साँखु, काठमाडौं, पोखरिया नगरपालिका पर्सा, बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक, किर्तीपुर नगरपालिका काठमाडौं, भक्तपुर नगरपालिका, इन्द्रवती गाउँपालिका सिन्धुपाल्चोक, भजनी प्राथमिक स्वास्थ्य केन्द्र कैलाली, जिल्ला अस्पताल लमजुङ, पाल्हीनन्दन गाउँपालिका नवलपरासी, बरेङ गाउँपालिका बागलुङ, दोरम्बा प्राथमिक स्वास्थ्य केन्द्र रामेछाप, राजापुर नगरपालिका बर्दिया, दूर्गा भगवति गाउँपालिका रौतहट, प्राथमिक स्वास्थ्य केन्द्र रामेछाप, कटारी नगरपालिका, महालक्ष्मी नगरपालिका, नागर्जुन नगरपालिका, बर्दीबास नगरपालिका, धुलिखेल नगरपालिका, मध्यपुर ठिमी नगरपालिका र बनेपा नगरपालिका।

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  २०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना पौडेल
पौडेल स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
कोरोनाको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो स्वास्थ्य मन्त्रालयको प्रस्ताव
कहिले आउँछ कोभिड खोप? सरकारलाई नै थाहा छैन
ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन मुस्ताङका स्वास्थ्यकर्मीले उठाएको त्यो जोखिम
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्