काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच समानान्तर गतिविधि अघि बढेको छ। संस्थापन पक्षले केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट तीव्र बनाइरहेका बेला देउवा पक्षले बिहीबारदेखि आफ्नै महाधिवेशन प्रक्रिया सुरु गर्न लागेको हो।
देउवा पक्षले बिहीबार देशभर वडा अधिवेशन गरी वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने तयारी गरेको छ। महाधिवेशन आयोजक समितिका संयोजक दीपक कुइकेलका अनुसार सबै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको छ। जिल्ला सभापतिले अधिवेशन नगराए छुट्टै संयोजक तोकेर निर्वाचन गराउने व्यवस्था गरिएको छ।
यस्तै बुधबार नै डा शशांक कोइरालाले पनि विज्ञप्ति जारी गर्दै भोलिदेखि सुरु हुने महाधिवेशन अन्तर्गत वडा अधिवेशन सफल पार्न अनुरोध गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।