• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ?

64x64
नेपाल लाइभ बिहीबार, भदौ ४, २०८३  १९:२७
1140x725

काठमाडौं–  ‘बिचौलियाहरुले प्रहरी हेडक्वार्टर कब्जा गरे ।’ बुधबार सार्वजनिक लेखा समितिमा बोल्दै रास्वपा सांसद खगेन्द्र सुनार आईजीपी दानबहादुर कार्कीमाथि खनिए । म्यादी प्रहरीको पोशाक खरिदमा भएको भ्रष्टाचारका बारेमा आफूले राखेको बोलीमा पुन: अडान राख्दै सांसद सुनार मंगलबार आईजीपी कार्कींमाथि खनिएका हुन् ।

१५ दिनपछि खरिदका कागजात पठाउन भनिएकोमा ‘आयो/आएन’ भनेर प्रश्न गरेका थिए । यसअघि सांसद सुनारले तथ्यहीन आरोप लगाएको र न्यायाधीश बनेर फैसला गर्न खोजेको आशयसहित आइईजीपी कार्कीले ‘जे मन लाग्यो त्यही बोल्या छ’ भनेका थिए । 

जवाफमा बधुबार सांसद सुनारले भने, ‘कसैलाई मान मर्दन भएको लागे उत्तापटी अदालत छ! गएर मुद्दा हाल्नु, जवाफ दिन कठघरामा उभिउँला ।’ सांसद सुनार अझ थपेका थिए, ‘१५ दिनभित्र खरिदका विषय पेश गर्न भनिएकोमा यही बीचमा फेरि करोडौंको टेन्डर आह्वान गरिएको र बिचौलियाहरुले प्रहरी हेक्वार्टर कब्जा गरेको’ आरोप लगाएका थिए । अहिले वास्तवममा भन्ने हो भने आईजीपी कार्की र सांसद सुनारबीच जुहारी जस्तै चलेको छ । यी दुवैको बोली मर्यादाभित्रको देखिँदैन ।

‘जनप्रतिनिधिलाई वरपरी राखेर धम्की दिन मिल्छ ?’ सुनारले आरोप लगाउँदै अहिले नै बर्दी खोल्न लगाएर छानबिन गर्नुपर्ने माग राखेका थिए । अहिल्यै निलम्बन गरेर छानबिन गर्नुपर्ने सुनारको भनाइ थियो । 
त्यसपछि आक्रोशित बनेका आईजीपीले धम्कीको भाषामा सार्वभौम जनप्रतिनिधिलाई खुल्ला रुपमा धम्की दिएको भन्दै एकथरीले आईजीपीको बोलीको पनि आलोचना गरेका छन् ।

आईजीपी कार्कीले नेमिङ, फेमिङ, ब्लेमिङ गर्न हामीलाई पनि आउँछ । क–कसका उजुरी कहाँ छन् ? खोल्नु पर्ने हो ? भन्दै बर्दीको आडमा धम्की दिएको एकथरीको बुझाई छ । अझ आईजीपी कार्कीले कस्ता मान्छेबाट हामी शाषित हुँदैछौं भन्ने किसिमको अभिव्यक्ति दिएका थिए । अझ यो अभिव्यक्तिले त झनै आफ्ना प्रतिनिधि चुन्ने मतदाताको भावनाको समेत कदर गर्न नसकेको बुझाई छ । 

सुनारको आरोपबारे प्रतिरक्षा गर्ने क्रममा आईजीपीले दिएका यी अभिव्यक्तिसमेत मर्यादित थिएनन् । सांसद सुनार र आईजीपी दुबैको प्रस्तुती मर्यादा भन्दा बाहिर गएपछि नेकपाका सांसद वर्षमान पुन सम्झाएका थिए ।

जे मन लाग्यो त्यही बोल्या छ भन्दै सांसद सुनारमाथि आक्रोशित बनेका कार्कीले पनि आफ्नो मर्यादा बिर्सिएर प्रहरीले चाह्यो भने अनेक दुख दिनसक्छ भन्नेतर्फ गम्भीर संकेत पनि गरेका थिए । त्यसो त आईजीपी कार्कीले सांसद सुनारको बोलीमा आपत्ती जनाएजस्तै आईजीपी कार्कीको बोलीमा पनि सांसद सुनारले आज आपत्ति जनाए । 

‘सार्वभौम समितिमा आएर टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन । सरकारको मानमर्दन गर्न पाइँदैन’ आईजीपीलाई सांसद सुनारले जवाफ दिएका थिए ।  यसअघिको समितिको बैठकमा सांसद सुनारको अभिव्यक्ति र शैलीप्रति आलोना मात्रै भएर सभामुखले समेत चासो राख्दै आईजीपी, एआईजीसँग भेट गरेका थिए । गृहमन्त्री सुधन गुरुङले त मेरो गैर उपस्थितिमा आईजीपीमाथि भएको व्वहारले आफू खुसी नभएको बताएका थिए । 

Ncell 2
Ncell 2
nimb
nimb

पोशाक विवाद के हो ?
गत २१ फागुनमा भर्ना गरिएका म्यादी प्रहरी (निर्वाचन प्रहरी)को पोशाक खरिदमा व्यापक भ्रष्टाचार भएको बताइन्छ । यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि अहिले सार्वजनिक लेखा समितिसम्म पुगेको छ । 

विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमाउरो तरिकाले अनियमितता भएको र त्यसको प्रमाण जुटाउन गाह्रो हुने अख्तियारका अधिकारीहरु बताउँछन् । 

वास्तवमा तलबभत्ता, राशन तथा पोशाक वापतको रकम म्यादी प्रहरीको व्यक्तिगत खातामा हालिएको हुन्छ । जसमा पोशाक वापत हिमालमा ११ हजार ५ सय, पहाडमा ७ हजार ९४५ र तराईमा ६ हजार १७० रुपैयाँ दिइन्छ । 

तर ११ हजार दरका पोशाक खरिद नगरी सेटिङमा प्रहरीले नै ठेकदारसँग ३५ सयदेखि ४ हजार दरका पोशाक खरिद गरेर म्याद प्रहरीलाई उपलब्ध गराएको र म्यादी प्रहरीको खातामा हालिएको पोशाक वापतको ११ हजार ५ सय रुपैयाँ नै लिएर घोटाला गरिएको आरोप छ । 

Xtrem

Xtrem

तर यसको प्रमाण भने भेट्न गाह्रो हुने हुँदा मुद्दा जाने सम्भावना नै कम हुने, मुद्दा नै दर्ता भए पनि ठहर हुने सम्भावना झिनो रहेको जानकारहरु बताउँछन् । ‘म्यादीकै खातामा रकम जान्छ । अनि पोशाकको वापतको रकम आफैंले निकालेर नगदै बुझाएको हुँदा प्रमाण भेट्न मुस्किल छ,’ एक अधिकारी भन्छन् । 

सार्वजनिक लेखा समितिमा परेको उजुरी हर्ने हो भने त अझ २ जोरी पोशाक दिनुपर्नेमा एक जोर मात्रै दिएर २० करोड घोटाला गरिएको दाबी छ । अनि जुत्ता, मोजा, टोपीलगायतमा ४० करोड गरी कूल ६० करोड घोटाला भएको दाबी गरिएको छ । सुनारले उक्त उजुरीको पत्रसमेत केही दिनअघि सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्