• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्?

64x64
नेपाल लाइभ सोमबार, असोज १२, २०८३  १७:५९
1140x725

काठमाडौं– गृहमन्त्रीको सचिवालयदेखि कर्मचारी सरुवा र सरकारी निकायमा नियुक्तिसम्म आफ्नो पहुँच रहेको दाबी गर्दै आएका आशिष मल्ल भन्ने धर्मराज मल्ल पक्राउ परेका छन्।

मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडियोमा मल्ल र आफूलाई कृषिमन्त्रीको नजिकको मान्छे भन्ने बाँकेका पत्रकारसमेत रहेका हेमन्त चौधरीबीच सरकारी कर्मचारीको सरुवा–नियुक्ति, राजनीतिक पहुँच र विभिन्न सरकारी निकायमा हुने कामकारबाहीबारे कुराकानी भएको देखिन्छ।

अडियोमा चौधरीले आफू गृहमन्त्रीको सचिवालयमा प्रभाव राख्ने व्यक्तिहरूसँग निकट रहेको र कर्मचारी सरुवा तथा नियुक्तिमा आफ्नो पहुँच रहेको दाबी गरेका छन्। कुराकानीका क्रममा गृह मन्त्रालय, गृहमन्त्रीको सचिवालय तथा कारागार व्यवस्थापनसँग जोडिएका केही व्यक्तिको नामसमेत लिइएको छ।

जनआस्थाको समाचारअनुसार, विभिन्न कारागारमा चौकीदार नियुक्त गर्दा ठूलो रकम उठाउने गरिएको दाबीसमेत उक्त कुराकानीमा गरिएको थियो। गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की, गृहसचिव राजकुमार श्रेष्ठ र कारागार व्यवस्थापन विभागका महानिर्देशकसमेत आर्थिक लेनदेनमा जोडिएको दाबी चौधरीले गरेको समाचारमा उल्लेख छ।

यद्यपि यी सबै कुरा अडियोमा कुराकानी गर्ने व्यक्तिले गरेका दाबी हुन्। ती आरोप पुष्टि भएको वा सम्बन्धित व्यक्तिहरूले रकम लिएको तथ्य प्रहरीले सार्वजनिक गरिसकेको छैन।

सांसद र मन्त्रीसँगको सम्बन्धको दाबी
त्यही कुराकानीमा चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ठाकुरसिंह थारू र कृषि मन्त्री गीता चौधरीसँग आफ्नो निकट सम्बन्ध रहेको अर्थ लाग्ने गरी कुरा गरेका छन्। सरकारी कर्मचारीको सरुवा र नियुक्तिमा आफूले प्रभाव पार्न सक्ने दाबीसमेत उनले गरेका छन्।

अडियो सार्वजनिक भएपछि सांसद थारूले भने त्यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। चौधरी आफ्नो स्वकीय सचिव वा सल्लाहकार नरहेको तथा कर्मचारी सरुवा वा आर्थिक लेनदेनको विषयमा आफू संलग्न नरहेको उनको भनाइ थियो। उनले मल्ललाई समेत आफूले राम्रोसँग नचिनेको दाबी गरेका थिए।

यसरी अडियोमा आएका दाबी र सम्बन्धित व्यक्तिहरूको प्रतिक्रियाबीच नै मल्लको पक्राउको प्रसंग जोडिएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

अडियो सार्वजनिक भएपछि प्रहरीको खोजी
अडियो सार्वजनिक भएको केही दिनपछि प्रहरीले मल्ललाई पक्राउ गरेको हो। उनलाई नेपालगञ्जबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो। त्यसपछि मेडिकल परीक्षण गराएर काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो । 

काठमाडौं प्रहरीको विवरण भने केही फरक छ। प्रहरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियो तथा त्यससँग सम्बन्धित गतिविधिको सत्यतथ्य बुझ्ने क्रममा मल्ल सम्पर्कमा आएका थिए। सोधपुछका क्रममा प्रहरी टोलीमाथि गालीगलौज गर्नुका साथै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरेको र अभद्र व्यवहार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।

मल्लविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराइएको थियो। प्रशासनले उनलाई दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको प्रहरीले जनाएको छ।

पक्राउसँगै पुरानो प्रहरी रेकर्ड पनि बाहिरियो
मल्ल पक्राउ परेपछि प्रहरीले उनको विगतको प्रहरी रेकर्डसमेत हेरेको थियो। त्यसक्रममा बाँकेमा उनीविरुद्ध यसअघि नै विभिन्न प्रकृतिका ६ वटा मुद्दा दर्ता भएको खुलेको प्रहरीको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रहरी अभिलेखअनुसार उनीविरुद्ध दर्ता भएका मुद्दा यस्ता छन्–

२०८३ साउन २६ गते – दूरसञ्चार ऐनसम्बन्धी कसुर
२०८१ चैत ६ गते – अभद्र व्यवहार
२०७९ जेठ १३ गते – बैंकिङ कसुर
२०७८ माघ ५ गते – अभद्र व्यवहार
२०७८ साउन ५ गते – अभद्र व्यवहार
२०७७ फागुन २६ गते – ठगीसम्बन्धी कसुर

प्रहरीका अनुसार पछिल्लो दूरसञ्चार ऐनसम्बन्धी मुद्दामा मल्ल फरार रहेको अभिलेखमा देखिन्छ।

मल्ल पक्राउ परेपछि अहिलेको घटनामा एउटा कुरा भने प्रस्ट छ– उनलाई सार्वजनिक अडियोमा गरिएका आर्थिक लेनदेन वा सरकारी नियुक्ति–सरुवासम्बन्धी आरोप प्रमाणित भएको आधारमा पक्राउ गरिएको भनेर प्रहरीले भनेको छैन।

काठमाडौं प्रहरीले तत्काल उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा नियन्त्रणमा लिएको हो। पक्राउपछि उनको पुरानो प्रहरी रेकर्डमा रहेका ६ वटा मुद्दा पनि बाहिर आएका छन्।

तर सार्वजनिक भएको अडियोले भने छुट्टै प्रश्न उठाएको छ। त्यसमा सरकारी नियुक्ति, कर्मचारी सरुवा र आर्थिक लेनदेनबारे गरिएका दाबी वास्तविक हुन् कि प्रभाव जमाउन गरिएका कुरामात्र हुन् भन्ने यकिन हुन बाँकी छ। अडियोमा नाम जोडिएका व्यक्तिहरूले ती दाबी स्वीकार गरेका छैनन्।

अब प्रहरीले मल्लमाथि थालेको अनुसन्धान अभद्र व्यवहारको घटनामै सीमित हुन्छ वा अडियोमा उठेका सरकारी नियुक्ति, सरुवा र आर्थिक लेनदेनका विषयसम्म पुग्छ भन्ने चासोको विषय बनेको छ। त्यसको टुंगो अनुसन्धानपछि मात्रै लाग्नेछ। अहिले हेमन्त चौधरीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । उनी फरार रहेका छन् । 

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  १७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान गुरुङले एआई, डिजिटल फरेन्सिक, साइबर अपराध, वित्तीय अपराध अनुसन्धान तथा डीएनए फरेन्सिकजस्ता क्षेत्रमा प्रहरीको दक्षता बढाउनुपर्ने बता... शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्