• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्?

64x64
नेपाल लाइभ सोमबार, असोज १२, २०८३  १७:५९
1140x725

काठमाडौं– गृहमन्त्रीको सचिवालयदेखि कर्मचारी सरुवा र सरकारी निकायमा नियुक्तिसम्म आफ्नो पहुँच रहेको दाबी गर्दै आएका आशिष मल्ल भन्ने धर्मराज मल्ल पक्राउ परेका छन्।

मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडियोमा मल्ल र आफूलाई कृषिमन्त्रीको नजिकको मान्छे भन्ने बाँकेका पत्रकारसमेत रहेका हेमन्त चौधरीबीच सरकारी कर्मचारीको सरुवा–नियुक्ति, राजनीतिक पहुँच र विभिन्न सरकारी निकायमा हुने कामकारबाहीबारे कुराकानी भएको देखिन्छ।

अडियोमा चौधरीले आफू गृहमन्त्रीको सचिवालयमा प्रभाव राख्ने व्यक्तिहरूसँग निकट रहेको र कर्मचारी सरुवा तथा नियुक्तिमा आफ्नो पहुँच रहेको दाबी गरेका छन्। कुराकानीका क्रममा गृह मन्त्रालय, गृहमन्त्रीको सचिवालय तथा कारागार व्यवस्थापनसँग जोडिएका केही व्यक्तिको नामसमेत लिइएको छ।

जनआस्थाको समाचारअनुसार, विभिन्न कारागारमा चौकीदार नियुक्त गर्दा ठूलो रकम उठाउने गरिएको दाबीसमेत उक्त कुराकानीमा गरिएको थियो। गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की, गृहसचिव राजकुमार श्रेष्ठ र कारागार व्यवस्थापन विभागका महानिर्देशकसमेत आर्थिक लेनदेनमा जोडिएको दाबी चौधरीले गरेको समाचारमा उल्लेख छ।

यद्यपि यी सबै कुरा अडियोमा कुराकानी गर्ने व्यक्तिले गरेका दाबी हुन्। ती आरोप पुष्टि भएको वा सम्बन्धित व्यक्तिहरूले रकम लिएको तथ्य प्रहरीले सार्वजनिक गरिसकेको छैन।

सांसद र मन्त्रीसँगको सम्बन्धको दाबी
त्यही कुराकानीमा चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ठाकुरसिंह थारू र कृषि मन्त्री गीता चौधरीसँग आफ्नो निकट सम्बन्ध रहेको अर्थ लाग्ने गरी कुरा गरेका छन्। सरकारी कर्मचारीको सरुवा र नियुक्तिमा आफूले प्रभाव पार्न सक्ने दाबीसमेत उनले गरेका छन्।

अडियो सार्वजनिक भएपछि सांसद थारूले भने त्यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। चौधरी आफ्नो स्वकीय सचिव वा सल्लाहकार नरहेको तथा कर्मचारी सरुवा वा आर्थिक लेनदेनको विषयमा आफू संलग्न नरहेको उनको भनाइ थियो। उनले मल्ललाई समेत आफूले राम्रोसँग नचिनेको दाबी गरेका थिए।

यसरी अडियोमा आएका दाबी र सम्बन्धित व्यक्तिहरूको प्रतिक्रियाबीच नै मल्लको पक्राउको प्रसंग जोडिएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

अडियो सार्वजनिक भएपछि प्रहरीको खोजी
अडियो सार्वजनिक भएको केही दिनपछि प्रहरीले मल्ललाई पक्राउ गरेको हो। उनलाई नेपालगञ्जबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो। त्यसपछि मेडिकल परीक्षण गराएर काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो । 

काठमाडौं प्रहरीको विवरण भने केही फरक छ। प्रहरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियो तथा त्यससँग सम्बन्धित गतिविधिको सत्यतथ्य बुझ्ने क्रममा मल्ल सम्पर्कमा आएका थिए। सोधपुछका क्रममा प्रहरी टोलीमाथि गालीगलौज गर्नुका साथै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरेको र अभद्र व्यवहार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।

मल्लविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराइएको थियो। प्रशासनले उनलाई दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको प्रहरीले जनाएको छ।

पक्राउसँगै पुरानो प्रहरी रेकर्ड पनि बाहिरियो
मल्ल पक्राउ परेपछि प्रहरीले उनको विगतको प्रहरी रेकर्डसमेत हेरेको थियो। त्यसक्रममा बाँकेमा उनीविरुद्ध यसअघि नै विभिन्न प्रकृतिका ६ वटा मुद्दा दर्ता भएको खुलेको प्रहरीको भनाइ छ।

Xtrem

Xtrem

प्रहरी अभिलेखअनुसार उनीविरुद्ध दर्ता भएका मुद्दा यस्ता छन्–

२०८३ साउन २६ गते – दूरसञ्चार ऐनसम्बन्धी कसुर
२०८१ चैत ६ गते – अभद्र व्यवहार
२०७९ जेठ १३ गते – बैंकिङ कसुर
२०७८ माघ ५ गते – अभद्र व्यवहार
२०७८ साउन ५ गते – अभद्र व्यवहार
२०७७ फागुन २६ गते – ठगीसम्बन्धी कसुर

प्रहरीका अनुसार पछिल्लो दूरसञ्चार ऐनसम्बन्धी मुद्दामा मल्ल फरार रहेको अभिलेखमा देखिन्छ।

मल्ल पक्राउ परेपछि अहिलेको घटनामा एउटा कुरा भने प्रस्ट छ– उनलाई सार्वजनिक अडियोमा गरिएका आर्थिक लेनदेन वा सरकारी नियुक्ति–सरुवासम्बन्धी आरोप प्रमाणित भएको आधारमा पक्राउ गरिएको भनेर प्रहरीले भनेको छैन।

काठमाडौं प्रहरीले तत्काल उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा नियन्त्रणमा लिएको हो। पक्राउपछि उनको पुरानो प्रहरी रेकर्डमा रहेका ६ वटा मुद्दा पनि बाहिर आएका छन्।

तर सार्वजनिक भएको अडियोले भने छुट्टै प्रश्न उठाएको छ। त्यसमा सरकारी नियुक्ति, कर्मचारी सरुवा र आर्थिक लेनदेनबारे गरिएका दाबी वास्तविक हुन् कि प्रभाव जमाउन गरिएका कुरामात्र हुन् भन्ने यकिन हुन बाँकी छ। अडियोमा नाम जोडिएका व्यक्तिहरूले ती दाबी स्वीकार गरेका छैनन्।

अब प्रहरीले मल्लमाथि थालेको अनुसन्धान अभद्र व्यवहारको घटनामै सीमित हुन्छ वा अडियोमा उठेका सरकारी नियुक्ति, सरुवा र आर्थिक लेनदेनका विषयसम्म पुग्छ भन्ने चासोको विषय बनेको छ। त्यसको टुंगो अनुसन्धानपछि मात्रै लाग्नेछ। अहिले हेमन्त चौधरीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । उनी फरार रहेका छन् । 

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  १७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्