• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला?

64x64
नेपाल लाइभ शुक्रबार, असोज ९, २०८३  १८:०२
1140x725

काठमाडौं– संघीय निजामती सेवा विधेयकको सबैभन्दा चर्चित ५५–३० वर्षे प्रावधानमा लोकसेवा आयोगले सरकारलाई आफ्नो राय पठाएको छ। विधेयकका सबै प्रावधानको अध्ययन गरेर आयोगले संवैधानिक र कानुनी व्यवस्थासहितको परामर्श सरकारलाई पठाएको जनाएको छ।

लोकसेवा आयोगका प्रवक्ता पुरुषोत्तम शर्माका अनुसार शुक्रबार बसेको आयोगको बैठकले विधेयकबारे सरकारलाई राय पठाउने निर्णय गरेको हो।

आयोगको बैठकले निजामती विधेयकमा सरकारलाई राय पठाउने निर्णय गरेको हो। सोही निर्णयअनुसार राय पठाएको आयोगका एक अधिकारीले जानकारी दिए । 

सरकारले गत भदौ २५ गते विधेयकमा सहमतिका लागि लोकसेवा आयोगमा पठाएको थियो। आयोगको रायपछि अब विधेयक अघि बढ्ने प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ।

के हो ५५–३० को व्यवस्था?

प्रस्तावित विधेयकमा ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका निजामती कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था राखिएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उक्त व्यवस्था लागू भएमा ५५ वर्ष नपुगी अवकाशमा जाने कर्मचारीलाई समेत ५८ वर्ष सेवा अवधि मानी पेन्सन सुविधा दिने प्रस्ताव गरिएको छ।

५५–३० को प्रावधान लागू भएमा ५५ वर्ष उमेर नपुगी अवकाश पाएका कर्मचारीलाई अवकाश दिँदा ५८ वर्ष सेवा अवधि मानी पेन्सन सुविधा दिने व्यवस्था राखिएको छ । 

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि नै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको उक्त प्रावधानमा सहमति दिइसकेको छ। अर्थ मन्त्रालयले पनि विधेयकमा दुईपटक सहमति दिइसकेको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

१३ हजार कर्मचारी प्रभावित हुने अनुमान

विधेयक जस्ताको त्यस्तै कार्यान्वयनमा आएमा ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका १३ हजारभन्दा बढी कर्मचारी अनिवार्य अवकाशमा जाने अनुमान गरिएको छ।

त्यसरी अवकाशमा जाने कर्मचारीलाई उपलब्ध गराउनुपर्ने अनुदानमा राज्यको २५ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ। त्यसैले ५५–३० को प्रावधान कर्मचारी प्रशासनसँगै राज्यको आर्थिक दायित्वसँग पनि जोडिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसैबीच संघीय निजामती सेवा विधेयक अध्यादेशमार्फत आउने हो कि संसद्बाट ऐनका रूपमा अघि बढ्ने हो भन्ने विषय पनि निजामती वृत्तमा चासोको विषय बनेको छ।

अध्यादेशमार्फत ल्याइए संसद्को अधिवेशन अन्त्य भएपछि तत्काल जारी हुन सक्नेछ। तर ऐनका रूपमा अघि बढे संसद्को प्रक्रियाका कारण थप समय लाग्ने देखिन्छ। मन्त्रालयका अधिकारीहरू भने विधेयक अहिले ऐन निर्माण प्रक्रियामै रहेको बताउँछन्।

करिब आठ वर्षदेखि संघीय निजामती सेवा ऐन ल्याउने प्रयास हुँदै आए पनि विभिन्न कानुनी तथा नीतिगत विवादका कारण प्रक्रिया टुंगिन सकेको छैन। लोकसेवा आयोगको पछिल्लो रायसँगै अब विधेयकको अन्तिम स्वरूप र ५५–३० को प्रावधानबारे निर्णयतर्फ प्रक्रिया अघि बढ्ने भएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतीय र अमेरिकी दूतावासले दिए छठ पर्वको शुभकामना
‘नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छ’ : नारायणप्रसाद दाहाल
हास्य कलाकार मनोज गजुरेलले मागे माफी
सम्बन्धित सामग्री
‘नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छ’ : नारायणप्रसाद दाहाल आइतबार आयोजित ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’को नेपाली संस्करण वृत्तचित्र प्रदर्शनी कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्... आइतबार, कात्तिक २९, २०८३
प्रधानमन्त्रीले चाल्ने कदममा रास्वपाको पूर्ण समर्थन : प्रवक्ता खरेल सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता खरेलले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप गर्न नचाहेको स्पष्ट पारेका हुन् । आइतबार, कात्तिक २९, २०८३
मंसिर २ र ३ गते एमालेले राष्ट्रिय भेला गर्ने नेकपा (एमाले) ले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ । भेलामा एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुने प्र... आइतबार, कात्तिक २९, २०८३
ताजा समाचारसबै
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार आइतबार, कात्तिक २९, २०८३
भारतीय र अमेरिकी दूतावासले दिए छठ पर्वको शुभकामना आइतबार, कात्तिक २९, २०८३
‘नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छ’ : नारायणप्रसाद दाहाल आइतबार, कात्तिक २९, २०८३
हास्य कलाकार मनोज गजुरेलले मागे माफी आइतबार, कात्तिक २९, २०८३
सेतो हेरोइन बोकेर विमानस्थलमा ओर्लिएका भारतीय नागरिक पक्राउ आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्