काठमाडौं– नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
अमिन ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्दै अख्तियारमा सूचना प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले अमिन ढकाललाई ४ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
अख्तियारको टोलीले अमिन ढकाललाई घुस रकम लिइसकेको अवस्थामा कार्यकक्ष नजिकबाट पक्राउ गरेको हो। पक्राउ परेका ढकालमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।