• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
५८ वर्षका भए सलमान खान
64x64
नेपाल लाइभ बुधबार, पुस ११, २०८०  १५:१४
1140x725

मुम्बई– बलिउडका चर्चित अभिनेता सलमान खान ५८ वर्षका भए। 

२७ डिसेम्बर १९६५ मा मुम्बईमा जन्मेका सलमान खानको खास नाम अब्दुल राशिद सलीम सलमान खान हो। उनका बा सलीम खान फिल्म उद्योगका एक प्रसिद्ध पटकथा र संवाद लेखक हुन्। 

सन् १९८८ मा रिलिज भएको फिल्म ‘बीबी हो तो ऐसी’बाट सलमानले आफ्नो करिअरको सुरुवात गरेका थिए। यस फिल्ममा उनले सानो भूमिका निभाएका थिए। १ हजार ९ सय ८९ मा सलमानको ब्यानरमा बनेको फिल्म ‘मैने प्यार किया’मा काम गर्ने मौका पाए। युवा प्रेमकथामा आधारित यस फिल्ममा सलमान र भाग्यश्रीको जोडीलाई दर्शकले निकै रुचाएका थिए। 

सुरज बडजात्या निर्देशित फिल्म ‘मैने प्यार किया’ सुपरहिट साबित भयो। यस फिल्मका लागि सलमानलाई फिल्मफेयर बेस्ट मेल डेब्यू एक्टरको अवार्ड पनि मिलेको थियो।

फिल्म ‘मैने प्यार किया’को सफलतापछि सलमान खान दर्शकमाझ आफ्नो पहिचान बनाउन केही हदसम्म सफल भए। सन् १९९१ मा रिलिज भएको फिल्म ‘सनम बेवफा’लाई सलमानको करिअरको महत्वपूर्ण फिल्ममा गनिन्छ। 

सोही वर्ष सलमानको फिल्म ‘साजन’ रिलिज भएको थियो। यस फिल्ममा माधुरी दीक्षितसँगको उनको जोडीलाई निकै रुचाइएको थियो। यस फिल्ममा सलमानले आफ्नो अभिनयले दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।

सन् १९९४ मा राजकुमार सन्तोषी निर्देशित फिल्म ‘अंदाज अपना अपना’ मा सलमान खानको अभिनयको नयाँपन देखियो। यस फिल्मअघि उनको बारेमा रोमान्टिक भूमिका मात्र निभाउन सक्ने भनिएको थियो। तर आमिर खानसँगै सलमानले आफ्नो कमेडी अभिनयले दर्शकलाई मोहित बनाएका थिए। सन् १९९४ मा नै सलमानले राजश्री प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘हम आपके है कौन’ मा काम गर्ने मौका पाए। पारिवारिक पृष्ठभूमिमा आधारित यस फिल्ममा माधुरी दीक्षितसँगको उनको जोडीलाई फेरि एकपटक निकै मन पराइएको थियो। 

फिल्मले सफलताको नयाँ रेकर्ड बनाए र सबै समयको सबैभन्दा ठूलो हिट बन्यो।

Ncell 2
Ncell 2

सन् १९९७ मा रिलिज भएको फिल्म ‘जुडवा’मा दोहोरो भूमिका खेलेर सलमानले दर्शकलाई रोमाञ्चित बनाएका थिए। सन् १९९८ मा उनले भाइ सोहेल खानद्वारा निर्देशित फिल्म ‘प्यार किया तो डरना क्या’मा काम गरे। यस फिल्ममा सलमान खानको अपोजिटमा काजोल थिइन्। यो फिल्म टिकट विन्डोमा सुपरहिट साबित भयो। सन् १९९९ मा रिलिज भएको फिल्म ‘हम दिल दे चुके सनम’लाई सलमान खानको करिअरको महत्वपूर्ण फिल्ममा गनिन्छ। 

सञ्जय लीला भन्साली निर्देशित यस फिल्ममा सलमानको ऐश्वर्या रायको जोडीलाई निकै मन पराइएको थियो। अजय देवगनजस्ता गम्भीर कलाकारको उपस्थितिमा पनि सलमानको अभिनयलाई दर्शकले निकै रुचाएका थिए।

सन् २००३ मा रिलिज भएको फिल्म ‘तेरे नाम’ सलमानको करिअरको अर्को सुपरहिट फिल्म साबित भयो। त्यही वर्ष उनले अमिताभ बच्चनसँग ‘बागबान’मा काम गर्ने मौका पाए। सानो भूमिकामा पनि सलमान दर्शकको ध्यान तान्न सफल भए। सन् २००५ मा रिलिज भएको फिल्म ‘मैने प्यार क्यूँ�किया’मा कट्रिना कैफसँगको सलमानको जोडीलाई धेरै मन पराइएको थियो। यसपछि उनले सन् २००५ मा रिलिज भएको फिल्म ‘नो एन्ट्री’ र २००७ मा रिलिज भएको फिल्म ‘पार्टनर’ मार्फत दर्शकसामु आफ्नो जबरदस्त कमिक टाइमिङ प्रस्तुत गरे।

सन् २००८ मा रिलिज भएको फिल्म ‘वान्टेड’ले उनको करिअर झन् उचाइमा पुग्यो। सन् २०१० मा सलमानले भाइ अरबाज खानको फिल्म ‘दबंग’मा काम गरेका थिए।यो पनि सुपरहिट भयो।

shivam cement

shivam cement

सन् २०११ फेरि एकपटक सलमान खानको करिअरको उपलब्धिले भरिएको वर्ष साबित भयो। यस वर्ष सलमान खानका फिल्म ‘रेडी’ र ‘बडीगार्ड’ले टिकट विन्डोमा १ सय ५० करोडभन्दा बढी कमाइ गरेर नयाँ इतिहास रचे। २०१२ ‘एक था टाइगर’ र ‘दबंग २’ ले पनि बक्स अफिसमा ठूलो कमाइ गरे। 

सन् २०१४ मा सलमानका ‘जय हो’ र ‘किक’ जस्ता सुपरहिट फिल्म रिलिज भएका थिए। सन् २०१५ मा उनका ‘बजरंगी भाईजान’ र ‘प्रेम रतन धन पायो’ जस्ता सुपरहिट फिल्म रिलिज भएका थिए। सलमानको फिल्म ‘सुल्तान’ सन् २०१६ मा रिलिज भएको थियो। फिल्मले ३ सय करोड कमाएको थियो। सलमान खानको ‘ट्युबलाइट’ र ‘टाइगर जिन्दा हे’ सन् २०१७ मा रिलिज भएका थिए। ‘टाइगर जिन्दा हे’ले बक्स अफिसमा ३ सय ३९ करोडभन्दा बढीको कमाइ गर्यो। 

सलमान खानको फिल्म ‘रेस ३’ सन् २०१८ मा रिलिज भएको थियो। फिल्मले १ सय ७० करोड कमायो। सन् २०१९ मा सलमानको भारत र दबंग ३ रिलिज भएका थिए।

भारतले २ सय ९ करोड कमाएको थियो भने ‘दबंग ३’ ले १ सय ५० करोड कमाएको थियो। २०२१ सालमा सलमानको राधे: योर मोस्ट वान्टेड भाइ र अन्तिम रिलिज भएको थियो। सलमान खानले आफ्नो फिल्मी करिअरमा अहिलेसम्म करिब १०० फिल्ममा काम गरिसकेका छन्।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १५:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जुम्ला–रारा म्याराथन भोलि देखि, ५९१ धावक सहभागी हुँदै
तोलामा एक हजार ४ सयले घट्यो सुनको मूल्य, चाँदीको कति ?
वर्षाका कारण नेपाल र हङकङ बिचको खेल रद्ध
सम्बन्धित सामग्री
‘इण्डियन आइडल १२’ का विजेता पवनदीप राजन सवारी दुर्घटनामा गम्भीर घाइते २८ वर्षीय राजन चम्पावत, उत्तराखण्डका बासिन्दा हुन् । उनी आफ्नो साथी अजय मेहरा र चालक राहुल सिंहसहित एमजी हेक्टर कारमार्फत नोएडातर्फ... मंगलबार, वैशाख २३, २०८२
कुमा सागर एण्ड ख्वप ब्यान्डको ऐतिहासिक अष्ट्रेलिया टुर सम्पन्न कुमा सागर अष्ट्रेलियाकै सबैभन्दा पुरानो हेरिटेज पर्फर्मेन्स भेन्यू सिड्नीको न्यू टाउनमा अवस्थित प्रतिष्ठित एनमोर थिएटरमा सम्पन्न सां... आइतबार, वैशाख २१, २०८२
आज अन्तरराष्ट्रिय ज्याज दिवस सन् २०११ को नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)को महासभाले एप्रिल ३० लाई अन्तरराष्ट... बुधबार, वैशाख १७, २०८२
ताजा समाचारसबै
जुम्ला–रारा म्याराथन भोलि देखि, ५९१ धावक सहभागी हुँदै शुक्रबार, वैशाख २६, २०८२
तोलामा एक हजार ४ सयले घट्यो सुनको मूल्य, चाँदीको कति ? शुक्रबार, वैशाख २६, २०८२
वर्षाका कारण नेपाल र हङकङ बिचको खेल रद्ध शुक्रबार, वैशाख २६, २०८२
रुसी राष्ट्रपति पुटिन र चीनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता शुक्रबार, वैशाख २६, २०८२
बढ्दो तनाव पछि भारत र पाकिस्तानको शेयर बजारमा भारी मात्रामा गिरावट शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
जम्मु कश्मिरमा ‘विष्फोट’को आशंका बिहीबार, वैशाख २५, २०८२
भारत–पाकिस्तान आक्रमणः सुरक्षाका कारण पञ्जाब र दिल्लीबीचको खेल रद्द शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्