काठमाडौं– माघको २६ गतेबाट रिलिज हुने फिल्म ‘हात्तीछाप’लाई फ्रेबुअरी ९ बाट जापान र दक्षिण कोरियामा रिलिज गर्ने तयारी गरिएको छ।
फिल्मको जापान र कोरिया वितरणको जिम्मा टिम यूएनएले लिएको छ। टिम यूएनएका प्रबन्ध निर्देशक उज्ज्वल गुरागाँइले यसका लागि तयारी भइरहेको बताए।
सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।