काठमाडौं– फिल्म ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले नयाँ फिल्मको घोषणा गरेका छन्।
हिमालले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘गाउँ नै रमाइलो’ राखिएको छ। यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्नेछन्।
फिल्ममा विकास सुवेदीको लेखन रहनेछ। दिनेशले फिल्म ‘पुजार सार्की’को काम सकेपछि ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्नेछन्।
यसैबिच, यो फिल्ममा दयाहाङ राई र आर्यन सिग्देल तय भएका छन्। दया र आर्यनले यसअघि फिल्म ‘मेरो एउटा साथी छ’मा काम गरेका थिए।
आगामी वर्षको दशैंमा रिलिज गर्ने घोषणा समेत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।