काठमाडौं– काठमाडौंका दुई ठाउँमा एक महिला र पुरुषको शव भेटिएको छ।
काठमाडौं महानगरपालिका–१२ टेकुस्थित फोहोर मैलाको पुलमुनि एक पुरुषको शव भेटिएको छ। नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन्।
त्यसैगरी गोकर्णेश्वर नगरपालिका–२ पाखाथोकमा एक महिलाको शव भेटिएको छ। पाखाथोकस्थित आफ्नै जस्ताको टहरामा ३० वर्षीया सम्झना सापकोटा गएराति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
दुबै शवको बारेमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।