फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज (शनिबार) बिहानै भएको आगलागीले एउटा घर जलेर नष्ट भएको छ। आगलागीबाट करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी भएको हो। आगलागीबाट ५ लाख बराबरको क्षति भएको बताइएको छ।
फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।