काठमाडौं– तृतराज दासले नेपाल प्रिमियल लिग (एनपीएल)मा पहिलो अर्धशतक प्रहार गरेका छन् ।
तीनवटै सिजन खेलेका दासले पहिलो पटक उच्च स्कोरसहित अर्धशतक प्रहार गरेका हुन् । उनले आइतबार जनकपुरबाट खेल्दै पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।
उनले ४९ बलमा अर्धशतक प्रहार गरे । जहाँ उनले ६ चौका र एक छक्का प्रहार गरे ।
एनपीएलको पहिलो सिजनमा पनि पोखरामै रहेका थिए । तर त्यसबेला एक खेल मात्र खेलेका उनले रन नै बनाउन सकेका थिएनन् ।
दोस्रो सिजन पोखरा एभेन्जर्सबाट चार खेल लेखेका उनले ३९ रन बनाएका थिए । त्यहाँ उनले २९ रन एकै खेलमा उच्च स्कोर बनाएका थिए ।
तर तेस्रो सिजनमा जनकपुरबाट खेलेका दासले पहिलो दुई खेलमा ६ रन मात्र बनाउन सके पनि तेस्रो खेलमा आफ्नो पुरानो टिम पोखराविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।