काठमाडौं– नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आइतबार भएको नवौं खेलमा जनकपुर बोल्ट्सले पहिलो पावर प्ले अर्थात ६ ओभर सकिँदा ४५ रन बनाएको छ ।
टस हार्दै ब्याटिङको निम्तो पाएको जनकपुरले पोखरा एभेन्जर्सविरुद्ध विकेट नगुमाइ ४५ रन बनाएको हो ।
जनकपुरका लागि ओपनर तृत दासले २२ बलमा २४ रन बनाएका छन् भने अर्का ओपनर मोहिन अलीले १४ बलमा २० रन बनाएर खेलिरहेका छन् ।
जनकपुरको यो तेस्रो खेल हो भने पोखराको दोस्रो । जनकपुरले यस सिजनमा हालसम्म एक खेल जितेको छ भने पोखरा एभेन्जर्स पहिलो जितको खोजीमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।