काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सले १० ओभरको खेल सकिँदा २ विकेट गुमाएर ५२ रन बनाएको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको जनकपुरले दुई विकेट गुमाएको छ । पोखराका साकिब अल हसनले दुवै विकेट लिएका हुन् ।
साकिबले छैटौँ ओभरको तेस्रो बलमा मोहिन अलीलाई बोल्ड गरे । १४ बल सामना गरेका अलीले २० रन बनाए । त्यसपछि आठौँ ओभरको दोस्रो बलमा सैफ जैबलाई पनि उनले बोल्ड गरे । जैबको व्यक्तिगत खातामा १ रन रह्यो ।
जनकपुरका ओपनर तृत दास ३० बलमा २४ रन बनाएर क्रिजमा छन् । कप्तान हरमित सिंह ४ रनमा उनलाई साथ दिइरहेका छन् ।
जनकपुरको यो तेस्रो खेल हो । यसअघि एक खेल जितेको जनकपुर दोस्रो जितको लक्ष्यमा छ । पोखराले भने आफ्नो दोस्रो खेल खेलिरहेको छ र जारी प्रतियोगितामा पहिलो जितको खोजीमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।