• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बिना अनुमति वन क्षेत्रमा डोजर चलाएर संरचना निर्माण गर्दै धनगढी उपमहानगर

64x64
शेरबहादुर ऐर शनिबार, मंसिर ९, २०८०  ११:१७
1140x725

धनगढी– वन क्षेत्रभित्र कुनै संरचना निर्माण गर्दा वन कार्यालयको अनुमति अनिवार्य रहन्छ। वन नियमावली २०७९ का अनुसार डिभिजनल वन अधिकृतले नेपाल सरकारबाट अनुमति प्राप्त विकास आयोजना सञ्चालन गर्नका लागि निश्चित समयावधि र सर्त तोकी सवारी साधन तथा मानिसको आवतजावतका लागि वन क्षेत्रमा प्रवेशका लागि अनुमति दिन सक्नेछ। तर, धनगढी उपमहानगरपालिकाले आफुखुशी वन क्षेत्रमा सवारी साधन प्रयोग तथा भौतिक संरचना निर्माण गरिरहेको छ।

उपमहानगरपालिकाले भूमिगत पानी पुनर्भरणका नाममा जथाभावी डोजर चलाइरहँदा समेत सरोकारवाला निकाय मौन रहेको छ। 

केही दिन अघि धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीमा रहेको वन भित्र डोजर चलाइएको भए पनि सब–डिभिजन र डिभिजन वन कार्यालय मुकदर्शक जस्तै बनेका छन्। 

डिभिजन वन कार्यालय प्रमुख रामचन्द्र कँडेलले उपमहानगरपालिकाले वनभित्र भौतिक संरचना निर्माण तथा डोजर चलाउन कुनै अनुमति नलिएको बताए। 

‘अहिले तराई क्षेत्रमा पानीको सतह घट्दै गएकोमा त्यो समस्यालाई समाधान गर्न भइरहेको कार्य नराम्रो होइन्’ उनले भने, ‘तर यसरी बिना अनुमति जथाभावी डोजर चलाएर वनभित्र संरचना निर्माण गर्न पाइँदैन्।’ 

उनले जथाभावी भौतिक संरचना निर्माणले तराइमा वन क्षेत्रफल घट्दै गएको बताए। भन्छन्, ‘स्थानीय तहहरुले वनभित्र आफुखुसी भौतिक संरचना निर्माण गर्ने क्रम बढेको छ। यसले वन क्षेत्रफल घट्दै गएको छ।’ डिभिजन वन प्रमुख कँडेल उपमहानगरपालिकाले वनभित्र जथाभावी निर्माण गरेका संरचनालाई हटाउने बताउँछन्। 

उनले भने, ‘अतिक्रमण गर्ने कार्यलाई निरुत्साहन गर्नुपर्छ। यसका लागि कार्यालयले उपमहानगरपालिकालाई पत्राचार गरेको छ। तर, हाम्रा पत्रको अवज्ञा गरेर कार्य भइरहेको छ।’

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ८३ वटा प्राकृतिक तालतलैयामा भूमिगत पानी पुनर्भरण गर्ने नीति अनुरुप कार्य अघि बढाइरहेको नगर प्रमुख गोपाल हमालले बताए। मेयर हमालका अनुसार धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा भूमिगत पानी पुनर्भरणको काम सुरु गर्न नीति बनाएको छ। तर भूमिगत पानी पुनर्भरणका लागि रोजिएका अधिकांश प्राकृतिक तालहरु वनभित्र रहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उपमहानगरपालिकाले पहिलो चरणमा प्राकृतिक तालतलैया संरक्षण गर्दै भूमिगत पानी पुनर्भरणका लागि उपयोग गर्ने नीति छ। मेयर हमालका अनुसार पुनर्भरणको कार्यक्रम, वैज्ञानिक उपाय र यसका कठिनाइहरूका बारेमा व्यापक छलफल भएको छ। 

हटेन सामुदायिक वनभित्र गौशाला
वन क्षेत्रभित्र नयाँ संरचना निर्माण गर्दै अतिक्रमण गर्ने क्रम त छ नै यसअघि निर्माण भएका संरचना हटाउनेतर्फ पनि सम्बन्धित पक्षको ध्यान जान सकेको छैन।  

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा सामुदायिक वन अतिक्रमण गरी बनाइएको गौशाला अझै हट्न सकेको छैन।

डिभिजन वन कार्यालयलाई सामुदायिक वनभित्र ठूलो लगानीमा भौतिक संरचना निर्माण भएको जानकारी भए पनि हटाउन आनाकानी गरिएको छ।

Xtrem

Xtrem

धनगढी उपमहानगरपालिका वडा नम्बर–१८ स्थित तुल्सीबारीमा रहेको हिमचुली सामुदायिक वनको क्षेत्रमा गौशाला निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिका भित्रका छाडा पशु–चौपाया व्यवस्थापन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका र हाम्रो गौशाला फूलवारी संस्थाको संयुक्त लगानीमा सो स्थानमा गौशाला निर्माण गरिन लागेको नगर प्रमुख गोपाल हमालले बताए।

सो गौशाला निर्माण गर्ने क्षेत्रमा प्रगति र पशुपति सामुदायिक वन पनि पर्दछ। शव डिभिजन वन कार्यालय फूलबारीका वन अधिकृत लोकराज ढकालले वनभित्र भौतिक संरचना निर्माण हुन लागेपछि धनगढीलाई हटाउन भनि पत्राचार गरेको बताए। उनले भने, ‘सामुदायिक वनभित्र भौतिक संरचना निर्माण नगर्न भन्दै उपमहानगरपालिकालाई पत्राचार गरेका थियौँ, तर  धमाधम संरचना निर्माण भइरहेको छ।’

सब–डिभिजन वन कार्यालयले गौशाला निर्माणाधीन क्षेत्र वनको भएको दाबी गरेकोमा वडाले भने वन क्षेत्र नभएको दाबी गर्दै आएको छ। वडाध्यक्ष भुवन रिजालले भने, ‘वरिपरी सामुदायिक वन रहेका छन्। तर, गौशाला निर्माणाधीन क्षेत्र ठयाक्कै वनको होइन्। त्यो ऐलानी जग्गा हो।’

उनले यस वर्ष उपमहानगरपालिकाले गौशाला निर्माणका लागि ५० लाख विनियोजन गरेको बताए। उनले भने, ‘अहिले गौशाला निर्माणको कार्य ९५ प्रतिशत भइसकेको छ। छाडा पशुचौपायालाई व्यवस्थित राख्न तारजाली हालीसकिएको छ। बाँध्ने स्थान, पानीको व्यवस्थापन, उनीहरुको आहारका लागि गोदाम निर्माण लगायतका काम भइरहेका छन्।’
 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ११:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले १५ वटा विषयगत क्षेत्रका विवरण एकीकृत गरी तयार पारिए... बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार  एक जना नेपाली नागरिकसँग मिलेर उनीहरुले बूढानीलकण्ठमा तस्करीको सुन भण्डारण गरेर राखेका पाइएको... बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले  साँझ बूढानीलकण्ठबाट सुन बरामद गरेको हो। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्