काठमाडौं– नेपाल प्रिमियर लिग तेस्रो सिजन अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किङ्सले सुदूर पश्चिम रोयल्सविरुद्ध ठूलो अन्तरको जित निकालेको छ ।
विराटनगरले सुदूरविरुद्ध ३५ रनको जित निकालेको हो । जारी तेस्रो सिजनमा विराटनगरको यो पहिलो जित हो । यसअघिका दुई खेल विराटनगरले हारेको थियो । पहिलो खेल ८ रनले हारेको विराटनगर दोस्रो खेलमा कर्णाली याक्ससँग ४ विकेले पराजित भएको थियो ।
वर्षाका कारण ढिलो सुरु भएको खेल पाँच ओभरमा झारिएको थियो । टस हार्दै पहिले ब्याटिङ गर्दै विराटनगरले दिएको १०६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम३ विकेट गुमाउँदै ७० रनमै रोकियो ।
सुदूरपश्चिमा लागि शेरफिन रदरफोर्ड गोल्डेन डक आउट भए । उनी आन्द्रे रसेलबाट पहिलो ओभरको पहिलो बलमै बोल्ड भए ।
यस्तै दीपेन्द्र सिंह ऐरी पनि पाँच बलमा १ रन मात्र बनाए एन्जेलो म्याथुजको बलमा रुपेश सिंहबाट क्याच आउट भए । सैफ जैबले १० बलमा १७ रन बनाए । उनी रुपेशकुमार सिंहको बलमा आन्द्रे रसेलबाट क्याचआउट भए ।
आरिफ शेख ८ बलमा १७ रनमा अविजित रहँदा स्कट कुग्लेइनले ६ बलमा २८ रनमा अविजित रहे ।
यता पहिला ब्याटिङ गरेको विराटनगरका लागि १० बलमा सहान जयसूर्याले ३९ रन बनाए । उनले पहिलो ओभरमै ३० रन जोडेका थिए ।
यस्तै आन्द्रे रसेल १० बलमा २९ रनमा अविजित रहँदा जोड्दा लोकेश बमले १० बलमा २५ रन जोड्दा ।
सुदूर पश्चिमका लागि अविनाश बोहोराले दुई विकेट लिए । उनले सहान जयसूर्यालाई एलबीडब्लु धरापमा पारेका थिए भने लोकेश बमलाई दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट गराए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।