काठमाडौं– नेपाल प्रिमियर लिग तेस्रो सिजन अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किङ्सले सुदूर पश्चिमलाई १०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
वर्षातका कारण खेल ढिलो सुरु भएपछि खेल पाँच ओभरमा झारिएको थियो । विराटनगरका लागि १० बलमा सहान जयसूर्याले ३९ रन बनाए । उनले पहिलो ओभरमै ३० रन जोडेका थिए ।
यस्तै आन्द्रे रसेल १० बलमा २९ रनमा अविजित रहँदा जोड्दा लोकेश बमले १० बलमा २५ रन जोड्दा ।
सुदूर पश्चिमका लागि अविनाश बोहोराले दुई विकेट लिए । उनले सहान जयसूर्यालाई एलबीडब्लु धरापमा पारेका थिए भने लोकेश बमलाई दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट गराए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।