• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जंगलमा शव फेला परेको महिना बित्यो: परिवारको आशंका घुमुवामाथि, प्रहरी भन्छ–अनुसन्धान भइरहेको छ

64x64
शेरबहादुर ऐर बिहीबार, कात्तिक ३०, २०८०  २०:१९
1140x725

कञ्चनपुर (लालझाँडी)– ‘फागुनमा धनगढीमा काम गर्छु भन्दै घरबाट श्रीमान जानुभयो। त्यसपछि कहिलेकाहीँ मात्र घर आउनुभएको थियो। असोज १८ गते फोन गरेर अत्तरिया छु भन्नु भएको थियो। त्यसको दुई दिनपछि २० गते मेरो फोन बज्यो। मैले उठाए त्यताबाट केही आवाज आएन। फोनमा कुनै प्रतिक्रिया नआएपछि मैले काटेर फोन लगाए तर, उठेन। त्यसको दश दिनपछि जंगलमा शव फेला पर्‍यो’ लालझाडी गाउँपालिका वडा नम्बर ३ बस्दै आएकी शुशिला रानाले त्यो दिनलाई स्मरण गर्दै दिएको प्रतिक्रिया हो यो।

गत असोज २८ गते सामाजिक सञ्जालमा जंगलमा बेवारिसे अवस्थामा युवकको शव भन्दै तस्बिर आएपछि कपडाबाट उनले श्रीमान् राजकुमार रानाको शव भएको पहिचान गरेकी थिइन्। राजकुमारको परिवारले सडेको अवस्थामा शव बुझेर अन्त्येष्टि गरिसकेको छ तर उनको मृत्युको कारण खुलेको छैन।
 
शुशिला आफूले खेप्नुपरेको धम्की र शव फेला परेको प्रकृति हेर्दा श्रीमान्‌को हत्या भएको दाबी गर्छिन्। उनले भनिन्, ‘शवभन्दा केही वर चप्पल रहेको थियो। सर्टको एउटै बाहुलाभित्र दुबै हात हालिएको छ। त्यो आफैं कसरी सम्भव हुन्छ? उहाँले हातमा लगाएको औंठी, बोकेको मोबाइल तथा कुनै सामान थिएन। उहाँको मोटरसाइकल पनि फेला परेको छैन। यो आत्महत्या त हुँदै होइन। हत्या नै हो तर, कसले र किन गर्‍यो?’

उनले भनेको अर्को कारण चाहिँ घरपरिवारले पाएको धम्की हो। राजकुमारका आमाबुवा, श्रीमती र दाजुहरुले बताएअनुसार उनले आफूले गर्ने कामबारे घरमा बताएका थिएनन्। उनी नभएका बेला बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष विषराम राना एउटा समूह लिएर पटक–पटक घरमा आएका थिए।

बेलौरीकै नन्दकली रानाको खाताबाट राजकुमारले तीन लाख रुपैयाँ झिकेको भन्दै त्यो रकम फिर्ता माग्दै उनीहरु घरसम्म पुगेका थिए। वडाध्यक्ष विषरामले राजकुमारको परिवारलाई पैसा फिर्ता नदिए ज्यान मार्नेसम्मको धम्की दिएका थिए।

‘वडाध्यक्ष विषराम राना १०–१२ जना ल्याएर धेरै पटक हाम्रो घर घेरेर हामीलाई तीन लाख रुपैयाँ नदिए ज्यान लिन्छौं, उखुबारी र ट्याक्टरमा आगो लगाउँछौं भनेर धम्की दिनुहुन्थ्यो’, राजकुमारका माइला दाजु प्रेमले भने, ‘मलाई र बुवालाई धम्क्याउन थालेपछि हामीले डेढ लाख रुपैयाँ दियौं। त्यसपछि आउन छाडे।’

वडाध्यक्ष विषराम रानाले भने सहमतिमै लेनदेनको विवाद मिलाएको बताए। उनका अनुसार नन्दकली रानाको खातामा जम्मा भएको तीन लाख रुपैयाँ झिकिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

नन्दकलीले आफ्नो बयानमा राजकुमारले धनगढी लगेर आफ्नो खाता खोलिदिएको, एटीएम र चेक बुक आफैंले राखेको बताएकी थिइन्। यो थाहा पाएपछि वडाध्यक्ष विषराम राना राजकुमारको घर पुगेका थिए।

‘धाकधम्की दिएको भन्ने कुरा होइन। बैंकमा खाता खोल्न लगाएर उसले (राजकुमारले) हाम्रो गाउँकी केटीलाई फसाएको रहेछ। खाता खोल्न लगाएर एटीएम, चेक सबै आफैंसँग राखेको रहेछ’, रानाले भने, ‘उसको खातामा तीन लाख जति कहाँबाट हाल्न लगाएको रहेछ, झिकेपछि उसलाई प्रहरीले समातेर लग्यो।’

Ncell 2
Ncell 2

अदालतले नन्दकलीलाई तीन लाख रुपैयाँ धरौटी माग गरेपछि समाजका सबै मानिसहरु राजकुमारको घरमा बसेर छलफल गरिएको वडाध्यक्ष विषराम बताउँछन्। सो क्रममा राजकुमारको बाबुलाई कि छोरालाई ल्याउनुस्, कि तपाईं जिम्मा लिनुस् वा तीन लाख रुपैयाँ दिनुस् भनेर आग्रह गरिएको रानाको भनाइ छ । 
छलफलपछि राजकुमारको परिवार डेढ लाख तिर्न तयार भएपछि सहमतिमै नन्दकलीलाई छुटाउन पैसा लिएको वडाध्यक्ष रानाले बताए। स्थानीयका अनुसार राजकुमारले गाउँका अरु व्यक्तिको नाममा पनि बैंकमा खाता खोलेका थिए।

कृष्णपुर नगरपालिका–३ को देखतभूली बस्ने राजकुमारकी दिदी रजनी रानाले दाजु नाता पर्ने राजेश रानाबाट राजकुमार प्रहरीको थुनामा रहेको सूचना पाएकी थिइन्। राजेशले कृष्णपुर नगरपालिकाकै चेतराज भण्डारीले भनेको भन्दै रजनीलाई राजकुमार पक्राउ परेको बताएका थिए।

‘राजेश दाजुलाई चेतराज भण्डारीले राजकुमारलाई सीआईडीले लग्यो भनेका रहेछन्’, दिदी रजनीले भनिन्, ‘त्यसपछि मैले सोध्दा पनि भण्डारीबाटै पुलिसले लगेको भन्ने कुरा गर्नुभएको थियो।’ राजेशसँग मोबाइल नम्बर मागेर राजकुमारका दाजु मदनसिंहले चेतराजसँग आफ्नो भाइबारे सोधीखोजी गर्छन्। 

सो क्रममा भण्डारीले राजकुमारलाई नेपाल प्रहरीको घुमुवा (सादा पोशाकका प्रहरी)ले गुलरियाको जंगलमा रहेको नर्सरीमा लखेटिरहेको अवस्थामा देखेको बताएका थिए। प्राप्त अडियोमा भण्डारी भनिएका व्यक्तिले भोलि बिहान कृष्णपुर आउन आग्रह गर्दै भेटेरै कुरा गर्ने भनेको सुनिन्छ। तर मदनसिंहसँगको कुराकानीपछि चेतराजको फोन अफ भएका कारण सम्पर्क नभएको राजकुमारकी श्रीमती सुशीला बताउँछिन्।

‘भण्डारीले सीआईडी पुलिसले लखेटिरहेको देखेको थिएँ। उनैसँग कुरा गराइदिउँला भोलि आउनुहोला भनेका थियो’, सुशीलाले भनिन्, ‘जेठाजुले भोलिपल्ट फोन गर्दा स्वीच अफ थियो। त्यो दिनदेखि भण्डारीको फोन स्वीच अफ छ।’ भण्डारीले प्रहरीले लखेटिरहेको देखेको भनेको क्षेत्र आसपासमै २८ गते राजकुमारको शव भेटिएको हो। 

घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए। उनले भने, ‘अहिले प्रहरीसमक्ष आफन्तबाट जाहेरी आएको छैन। हामीले घटनाको अनुसन्धान जारी राखेका छौं। अहिलेसम्म कसैमाथि आशंका गर्न सकिएको छैन।’

उनले शव परीक्षण रिपोर्टबाट पनि खासै केही कुरा नआएको बताए। उनका अनुसार राजकुमार ठगी तथा लागुऔषधसम्बन्धी मुद्दामा मुछिएका व्यक्ति हुन्। राजकुमारका नाममा काठमाडौं र सिराहमा ठगी तथा कैलाली र कञ्चपुरमा लागुऔषधसम्बन्धी मुद्दा रहेको प्रहरीको भनाइ छ।

छोराको लालपालन कसरी गर्ने चिन्ता
शुशिला र राजकुमारबीच छ वर्षअघि प्रेम विवाह भएको थियो। विवाहको केही दिनमै राजकुमार र शुशिलाबीच घरायसी झै–झगडा हुने गर्थ्यो। शुशिला भन्छिन्, ‘सामान्य विवाद भइरहन्थ्यो। कहिले काँही हातपात पनि हुन्थ्यो। तर, एक वर्ष यता सम्बन्ध राम्रै थियो।’

श्रीमान्‌को मृत्यु भएपछि सन्तानको लालनपालन कसरी गर्ने भन्ने चिन्ता रहेको उनको भनाइ छ। ‘उहाँ के–कसरी बित्नुभयो अहिलेसम्म प्रहरी प्रशासनले हामीलाई केही पनि बताएको छैन’, सुशीला भन्छिन्, ‘उहाँ बितेर जानुभयो। मेरो काखमा ३ वर्षको बच्चा छ अब यसलाई कसरी हुर्काउने मैले?’

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  २०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो। बुधबार, कात्तिक १९, २०८२
निकोलस भुसाल पक्राउ उनी अहिले जिल्ला प्रहरी कार्यालय गोरखामा छन्। उनी प्रहरीको खोजी सूचीमा थिए। उनीसँग केही बुझ्नुपर्ने देखिएकाले पक्राउ गरिएको जिल्ला प... मंगलबार, कात्तिक १८, २०८२
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ नगरपालिका–२, भेडिया नजिक गाईघाट–कदमाहा सडकखण्डमा प्रहरीले आइतबार राति चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता बुधबार, कात्तिक १९, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बुधबार, कात्तिक १९, २०८२
लिग २ मा नेपालको लगातार चौंथो हार, अंकविहीन हुँदै फर्किँदै नेपाली टोली बुधबार, कात्तिक १९, २०८२
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको आपत्ति बुधबार, कात्तिक १९, २०८२
आजको ऐतिहासिक दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने मंगलबार, कात्तिक १८, २०८२
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्