• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जंगलमा शव फेला परेको महिना बित्यो: परिवारको आशंका घुमुवामाथि, प्रहरी भन्छ–अनुसन्धान भइरहेको छ

64x64
शेरबहादुर ऐर बिहीबार, कात्तिक ३०, २०८०  २०:१९
1140x725

कञ्चनपुर (लालझाँडी)– ‘फागुनमा धनगढीमा काम गर्छु भन्दै घरबाट श्रीमान जानुभयो। त्यसपछि कहिलेकाहीँ मात्र घर आउनुभएको थियो। असोज १८ गते फोन गरेर अत्तरिया छु भन्नु भएको थियो। त्यसको दुई दिनपछि २० गते मेरो फोन बज्यो। मैले उठाए त्यताबाट केही आवाज आएन। फोनमा कुनै प्रतिक्रिया नआएपछि मैले काटेर फोन लगाए तर, उठेन। त्यसको दश दिनपछि जंगलमा शव फेला पर्‍यो’ लालझाडी गाउँपालिका वडा नम्बर ३ बस्दै आएकी शुशिला रानाले त्यो दिनलाई स्मरण गर्दै दिएको प्रतिक्रिया हो यो।

गत असोज २८ गते सामाजिक सञ्जालमा जंगलमा बेवारिसे अवस्थामा युवकको शव भन्दै तस्बिर आएपछि कपडाबाट उनले श्रीमान् राजकुमार रानाको शव भएको पहिचान गरेकी थिइन्। राजकुमारको परिवारले सडेको अवस्थामा शव बुझेर अन्त्येष्टि गरिसकेको छ तर उनको मृत्युको कारण खुलेको छैन।
 
शुशिला आफूले खेप्नुपरेको धम्की र शव फेला परेको प्रकृति हेर्दा श्रीमान्‌को हत्या भएको दाबी गर्छिन्। उनले भनिन्, ‘शवभन्दा केही वर चप्पल रहेको थियो। सर्टको एउटै बाहुलाभित्र दुबै हात हालिएको छ। त्यो आफैं कसरी सम्भव हुन्छ? उहाँले हातमा लगाएको औंठी, बोकेको मोबाइल तथा कुनै सामान थिएन। उहाँको मोटरसाइकल पनि फेला परेको छैन। यो आत्महत्या त हुँदै होइन। हत्या नै हो तर, कसले र किन गर्‍यो?’

उनले भनेको अर्को कारण चाहिँ घरपरिवारले पाएको धम्की हो। राजकुमारका आमाबुवा, श्रीमती र दाजुहरुले बताएअनुसार उनले आफूले गर्ने कामबारे घरमा बताएका थिएनन्। उनी नभएका बेला बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष विषराम राना एउटा समूह लिएर पटक–पटक घरमा आएका थिए।

बेलौरीकै नन्दकली रानाको खाताबाट राजकुमारले तीन लाख रुपैयाँ झिकेको भन्दै त्यो रकम फिर्ता माग्दै उनीहरु घरसम्म पुगेका थिए। वडाध्यक्ष विषरामले राजकुमारको परिवारलाई पैसा फिर्ता नदिए ज्यान मार्नेसम्मको धम्की दिएका थिए।

‘वडाध्यक्ष विषराम राना १०–१२ जना ल्याएर धेरै पटक हाम्रो घर घेरेर हामीलाई तीन लाख रुपैयाँ नदिए ज्यान लिन्छौं, उखुबारी र ट्याक्टरमा आगो लगाउँछौं भनेर धम्की दिनुहुन्थ्यो’, राजकुमारका माइला दाजु प्रेमले भने, ‘मलाई र बुवालाई धम्क्याउन थालेपछि हामीले डेढ लाख रुपैयाँ दियौं। त्यसपछि आउन छाडे।’

वडाध्यक्ष विषराम रानाले भने सहमतिमै लेनदेनको विवाद मिलाएको बताए। उनका अनुसार नन्दकली रानाको खातामा जम्मा भएको तीन लाख रुपैयाँ झिकिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

नन्दकलीले आफ्नो बयानमा राजकुमारले धनगढी लगेर आफ्नो खाता खोलिदिएको, एटीएम र चेक बुक आफैंले राखेको बताएकी थिइन्। यो थाहा पाएपछि वडाध्यक्ष विषराम राना राजकुमारको घर पुगेका थिए।

‘धाकधम्की दिएको भन्ने कुरा होइन। बैंकमा खाता खोल्न लगाएर उसले (राजकुमारले) हाम्रो गाउँकी केटीलाई फसाएको रहेछ। खाता खोल्न लगाएर एटीएम, चेक सबै आफैंसँग राखेको रहेछ’, रानाले भने, ‘उसको खातामा तीन लाख जति कहाँबाट हाल्न लगाएको रहेछ, झिकेपछि उसलाई प्रहरीले समातेर लग्यो।’

Ncell 2
Ncell 2
nimb
nimb

अदालतले नन्दकलीलाई तीन लाख रुपैयाँ धरौटी माग गरेपछि समाजका सबै मानिसहरु राजकुमारको घरमा बसेर छलफल गरिएको वडाध्यक्ष विषराम बताउँछन्। सो क्रममा राजकुमारको बाबुलाई कि छोरालाई ल्याउनुस्, कि तपाईं जिम्मा लिनुस् वा तीन लाख रुपैयाँ दिनुस् भनेर आग्रह गरिएको रानाको भनाइ छ । 
छलफलपछि राजकुमारको परिवार डेढ लाख तिर्न तयार भएपछि सहमतिमै नन्दकलीलाई छुटाउन पैसा लिएको वडाध्यक्ष रानाले बताए। स्थानीयका अनुसार राजकुमारले गाउँका अरु व्यक्तिको नाममा पनि बैंकमा खाता खोलेका थिए।

कृष्णपुर नगरपालिका–३ को देखतभूली बस्ने राजकुमारकी दिदी रजनी रानाले दाजु नाता पर्ने राजेश रानाबाट राजकुमार प्रहरीको थुनामा रहेको सूचना पाएकी थिइन्। राजेशले कृष्णपुर नगरपालिकाकै चेतराज भण्डारीले भनेको भन्दै रजनीलाई राजकुमार पक्राउ परेको बताएका थिए।

‘राजेश दाजुलाई चेतराज भण्डारीले राजकुमारलाई सीआईडीले लग्यो भनेका रहेछन्’, दिदी रजनीले भनिन्, ‘त्यसपछि मैले सोध्दा पनि भण्डारीबाटै पुलिसले लगेको भन्ने कुरा गर्नुभएको थियो।’ राजेशसँग मोबाइल नम्बर मागेर राजकुमारका दाजु मदनसिंहले चेतराजसँग आफ्नो भाइबारे सोधीखोजी गर्छन्। 

सो क्रममा भण्डारीले राजकुमारलाई नेपाल प्रहरीको घुमुवा (सादा पोशाकका प्रहरी)ले गुलरियाको जंगलमा रहेको नर्सरीमा लखेटिरहेको अवस्थामा देखेको बताएका थिए। प्राप्त अडियोमा भण्डारी भनिएका व्यक्तिले भोलि बिहान कृष्णपुर आउन आग्रह गर्दै भेटेरै कुरा गर्ने भनेको सुनिन्छ। तर मदनसिंहसँगको कुराकानीपछि चेतराजको फोन अफ भएका कारण सम्पर्क नभएको राजकुमारकी श्रीमती सुशीला बताउँछिन्।

Xtrem

Xtrem

‘भण्डारीले सीआईडी पुलिसले लखेटिरहेको देखेको थिएँ। उनैसँग कुरा गराइदिउँला भोलि आउनुहोला भनेका थियो’, सुशीलाले भनिन्, ‘जेठाजुले भोलिपल्ट फोन गर्दा स्वीच अफ थियो। त्यो दिनदेखि भण्डारीको फोन स्वीच अफ छ।’ भण्डारीले प्रहरीले लखेटिरहेको देखेको भनेको क्षेत्र आसपासमै २८ गते राजकुमारको शव भेटिएको हो। 

घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए। उनले भने, ‘अहिले प्रहरीसमक्ष आफन्तबाट जाहेरी आएको छैन। हामीले घटनाको अनुसन्धान जारी राखेका छौं। अहिलेसम्म कसैमाथि आशंका गर्न सकिएको छैन।’

उनले शव परीक्षण रिपोर्टबाट पनि खासै केही कुरा नआएको बताए। उनका अनुसार राजकुमार ठगी तथा लागुऔषधसम्बन्धी मुद्दामा मुछिएका व्यक्ति हुन्। राजकुमारका नाममा काठमाडौं र सिराहमा ठगी तथा कैलाली र कञ्चपुरमा लागुऔषधसम्बन्धी मुद्दा रहेको प्रहरीको भनाइ छ।

छोराको लालपालन कसरी गर्ने चिन्ता
शुशिला र राजकुमारबीच छ वर्षअघि प्रेम विवाह भएको थियो। विवाहको केही दिनमै राजकुमार र शुशिलाबीच घरायसी झै–झगडा हुने गर्थ्यो। शुशिला भन्छिन्, ‘सामान्य विवाद भइरहन्थ्यो। कहिले काँही हातपात पनि हुन्थ्यो। तर, एक वर्ष यता सम्बन्ध राम्रै थियो।’

श्रीमान्‌को मृत्यु भएपछि सन्तानको लालनपालन कसरी गर्ने भन्ने चिन्ता रहेको उनको भनाइ छ। ‘उहाँ के–कसरी बित्नुभयो अहिलेसम्म प्रहरी प्रशासनले हामीलाई केही पनि बताएको छैन’, सुशीला भन्छिन्, ‘उहाँ बितेर जानुभयो। मेरो काखमा ३ वर्षको बच्चा छ अब यसलाई कसरी हुर्काउने मैले?’

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  २०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
देश झन् अँध्यारोतर्फ गएको छ : अध्यक्ष राजेन्द्र लिङ्देन आइतबार, असोज १८, २०८३
देश विकासका सन्दर्भमा आगामी १०-२० वर्षमा कहाँ पुग्ने भनेर अहिले नै योजना बनाऔं : भट्टराई आइतबार, असोज १८, २०८३
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनले नेपालको लोकतान्त्रिक यात्रामा योगदान पुर्‍याउनेछ : भाजपा अध्यक्ष आइतबार, असोज १८, २०८३
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्