• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

उज्यालो धनगढीका भित्री सडक तिहारमा अन्धकारमय!

64x64
शेरबहादुर ऐर आइतबार, कात्तिक २६, २०८०  २०:०८
1140x725

धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर २ ले सडकमा जडान गर्न खरिद गरेका ‘एलइडी ब्लब’ (बत्ती) अहिले थन्किएका छन्। वडाभित्रका सडकमा जडान गर्दै गर्दा उपमहानगरपालिकाले रोकेपछि खरिद भएका बत्तीहरु वडा कार्यालयमा थन्किएका हुन्। 

भदौ २६ गते बोलपत्र आह्वान गर्दै वडा नम्बर २ को कार्यालयले ‘आइएसओ’ प्रमाणित बत्तीहरु खरिद गरेको थियो। तर, उपमहानगरपालिकाले गुणस्तरहीत बत्ती भन्दै जडान गर्न रोकेको छ। वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका कारण समयमै जडान हुनुपर्ने सडक बत्तीहरु जडान हुन नसकेको बताए।

‘हामीले ठेक्का प्रक्रिया पूरा गरेका छौं। सबै गुणस्तरका बत्ती छन् तर जडान गर्दैगर्दा नगर प्रमुखले रोके’ उनले भने, ‘तिहारभित्रै वडाका सडकलाई उज्यालो बनाउने गरी काम गर्दा उपमहानगरपालिका नै बाधक बन्यो।’

धनगढी उपमहानगरपालिका वडा नम्बर २ मात्र नभई अधिकांश वडाले सडक बत्ती जडान गरी खरिद गर्दा उपमहानगरपालिकाले रोकेको गुनासो छ।

वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले भने, ‘हामीले प्रक्रिया पूरा गरेरै गुणस्तरीय बत्ती खरिद गरेका हौं। नगर प्रमुख हमालले हामीले खरिद गरेका बत्तीमा गुणस्तर नभएको भन्दै वडालाई उज्यालो बनाउने अभियान रोक्नुभयो।’

उनले बत्ती खरिद गरेर जडान गर्दै गर्दा उपमहानगरपालिकाले रोकेको बताउँदै भने, ‘केही ठाउँमा बत्तीहरु जडान भइसकेको छ। त्यो ठाउँमा जडान भएको रकम तिर्नुपर्ने छ। पूरा काम नै हुन नपाएपछि कसरी तिर्ने हो। गुणस्तर मापन पनि कसले गर्ने हो। कहिले हुने हो? तिहारमा धनगढीका सडक उज्यालो बनाउने हाम्रो अभियान थियो। तर अधुरै रह्यो।’

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ ले सहिदगेटदेखि राष्ट्र बैंकसम्मको पुलमा सडक बत्ती जडान गर्न खरिद प्रक्रिया पूरा गरी बत्ती खरिद गरेको थियो। कालोपत्रे भई अन्तिम रुप पाइरहेको सहिदगेटदेखि क्याम्पसरोडसम्मका सडकहरु अन्धकारमय छन्। 

वडा नम्बर ४ का वडाध्यक्ष बुद्धि खड्काले भने, ‘हामीले खरिद गरेका बत्तीलाई गुणस्तरहीन भन्दै जडान गर्न दिइएको छैन्। हामीले आइएसओ प्रमाणित बत्तीहरु खरिद गरेका छौं। जो राम्रो छ।’ उनले नगर प्रमुख हमालले आफैंमात्र उज्यालो अभियानको हिरो बन्न चाहेर वडाले जडान गरिरहेका बत्तीहरु रोकेको आशंका व्यक्त गरे।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘छ लेन सडकमा बत्ती जडान गर्दा तीन–तीन पटक विभिन्न मन्त्रीहरुबाट समुद्घाटन गराउनुभयो। हामीले वडाका सडक उज्यालो बनाउन खोजेका थियौं। कसैबाट उद्घाटन गराएर चर्चा पनि पाउनु छैन। हामी आफ्नै ढंगले काम गरिरहेका थियौं। एक्कासी जडान नगर्न भन्दै पत्र आयो।’

टर्च लिएर ‘मर्निङ वाक’
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का नारायण सत्याल नियमित बिहान ‘वाक’ सडक यात्रामा हुन्छन्। उनी आफ्नो घरदेखि धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा अवस्थित मुख्य बजारसम्म पुग्छन्।

हातमा टर्च, एउडा छडी बोक्दै चिया पसलमा पुग्ने उनी भन्छन्, ‘टर्च बोक्ने बाध्यताको कहिले अन्त्य होला?’ उनले वडा कार्यालयमा पटक–पटक भन्दा समेत सडक बत्ती जडान नभएको बताए। उनले सडक कालोपत्रे भए पनि नालीहरु असुरक्षित रहेकाले टर्च बोकेर बिहानको समयमा हिँड्डुल गर्नुपरिरहेको गुनासो गरे। 

उनले भने, ‘छ लेन सडकमा जडान भएका बत्तीले त उज्यालो राम्रो दिइरहेको छैन। वडाले खरिद गरेका बत्तीहरु किन थन्क्याएर राखिएको हो?’

Xtrem

Xtrem

तिहारभित्रै धनगढी उपमहानगरपालिकाका वडा कार्यालयहरुले उज्यालो बनाउने गरी काम गरिरहँदा उपमहानगरकै कारण भित्री सडकहरु अध्याँरै रहने भएका छन्। 

धनगढी वडा नम्बर २ का वडाध्यक्ष धर्मराज ओझाले भने, ‘हामीले बत्ती जडान गर्दै गर्दा उपमहानगरपालिकाले पत्र पठाएर रोक्यो। कहिले पो गुणस्तर प्रमाणित भइ आउने हो थाहा छैन्। यो तिहारमा वडाका सडक रातिमा उज्‍यालो पारम्ला भनेको तर तर काम रोकिँदा हाम्रो अभियानले सार्थकता नपाउने भयो।’

नगर प्रमुख गोपाल हमालले वडा कार्यालयहरुले खरिद गरेका बत्तीहरुको नमुना काठमाडौं पठाइएको बताए। उनले भने, ‘वडा कार्यालयले गुणस्तरहीन बत्ती खरिद गरेको गुनासो आयो। यहाँ बत्तीको गुणस्तर मापन गर्ने ठाउँ छैन। काठमाडौं पठाइएको छ।’

उनले रिपोर्टले गुणस्तर नै भएको प्रमाणित गरेपछिमात्र जडान कार्य अघि बढाउने बताए। ‘हाम्रो धनगढी हामी बनाउँछौं, उज्यालो धनगढी’ नारा बनाएका नगर प्रमुख हमालकै कारण अहिले वडाका भित्री सडकहरु अन्धकामय बनेको वडाध्यक्षहरु बताउँछन्।

वडा अध्यक्ष भागिराम चौधरीले भने, ‘हामीले सडकमा बत्ती जडान गर्दा नगर प्रमुखले रोके। अर्को वर्षदेखि सबै वडाको बत्ती खरिद तथा जडान नै उनकै जिम्मा दिनेछौं।’

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  २०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६८२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार ६:०० बजेसम्म १ हजार ४ सय ५७ जनाको शव फेला परेको छ । शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु हुम्लाको चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु गरिएको छ । नाम्खा गाउँपालिका–५ स्थित नारा लेक क्षेत्रम... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्