• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
बर्दीमा दाग:

यी हुन् गम्भीर यौन आरोप लागेका प्रहरी अधिकृतहरु

64x64
नारायण अधिकारी सोमबार, असार ४, २०८०  २०:१२
1140x725

काठमाडौं– गत जेठ १९ गते आफ्नै कार्यालयकी महिला सहायक हवल्दारलाई यौन दुर्व्‍यवहार गरेको आरोपमा नेपाल प्रहरीका एसएसपी योगन्द्रबहादुर पाल अहिले निलम्बनमा छन्।

सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेका थिए। महिला हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन्। बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो।

त्यसपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनु भन्दै आदेश दिएका थिए। एसएसपी पालको आदेशपछि ती महिला एसएसपी बसेको क्वार्टरमा पुगिन्। क्वार्टरमा एसएसपीले महिला हवल्दारलाई भने, ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं।’

एसएसपीले यस्तो प्रस्ताव गरेपछि चकित बनेकी ती महिलाले प्रतिवाद गर्दै घटनाबारे ड्युटी अफिसरलाई जानकारी गराएकी थिइन्। पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि घटनाकाे छानबिन सुरु भयो।

एसपी श्यामसिंह चौधरीको नेतृत्वको समितिले एसएसपी पाललाई दोषी देखाएपछि उनलाई निलम्बन गरिएको छ। जेठ ३२ गतेदेखि लागू हुनेगरी निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी कुवेर कडायतले नेपाल लाइभलाई जानकारी दिए।

‘एसपी चौधरीको प्रतिवेदनको आधारमा निलम्बन गरिएको छ। थप कारबाहीका लागि अब समिति बन्छ। समितिले जे सिफारिस गर्छ सोही अनुसार कारबाही हुन्छ। विभागीय कारबाही सिफारिस गरे सोही अनुसार हुन्छ। फौजदारी कारबाहीको सिफारिस गरे सोही अनुसार कारबाही हुन्छ’, डीआईजी कडायतले भने।
 
यो घटनाले मुलुकका आम नागरिकको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीकै फर्स्ट क्लास अफिसरबाटै ब्यारेकमै रहेका महिला प्रहरी समेत असुरक्षित रहेको संकेत देखाएको छ। एसएसपी पाल मात्रै होइन सुरक्षाकर्मीबाटै यौन हिंसा हुने गरेका घटनाहरु यसअघि पनि सार्वजनिक हुँदै आएका छन्।

आफ्नै कार्यालयका महिला सुरक्षाकर्मीदेखि अन्य महिलाहरुमाथि यौन दुर्व्यवहारदेखि बलात्कारसम्म गरेको आरोप सुरक्षाकर्मीहरुलाई लाग्दै आएको छ। तर, प्रहरी प्रधान कार्यालय भने महिला तथा यौन हिंसामा ‘जिरो टोलरेन्स’ अनुसार कााम गरिएको बताउँदै आएको छ। 

प्रहरी प्रवक्ता कडायतले पनि यौन दुर्व्यवहारजस्तो गम्भीर आरोप लागेकाहरुलाई छानबिन गरी कडा कारबाही गरिँदै आएको बताए। त्यसो त आईजीमा बढुवा भएलगत्तै वसन्तबहादुर कुँवरले पनि आन्तरिक शुद्धीकरणमा विशेष जोड दिने बताएका थिए। कुँवरले भनेका थिए, ‘संगठनको आन्तरिक शुद्धीकरण मेरो कार्यकालको पहिलो र मूल प्राथमिकता हो।’

Ncell 2
Ncell 2

सुरक्षाकर्मीमाथि लागेका गम्भीर आरोपका केही घटनाहरु

एसएसपी राकेश सिंह– आफू मातहतकै महिला प्रहरीलाई यौन प्रस्ताव
नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा कार्यरत रहेका एसएसपी राकेश सिंहमाथि पनि गम्भीर यौन आरोप लागेको थियो। उनी माथि आफ्नै कार्यालयकी एक महिला जवानमाथि बलात्कार गरेको गम्भीर आरोप लागेको थियो।

एसएसपी सिंहले ती महिला कर्मचारीसँग यौन प्रस्ताव गरेको अडिओसमेत नेपाल लाइभले यसअघि नै प्रकाशित गरेको थियो। त्यति हुँदासमेत उनीमाथि कारबाही भएन। २०७५ साउनमा एसएसपी सिंहलाई कारबाही गर्न भन्दै हेडक्वार्टरमा उजुरीको पत्र पुगेको थियो।

महिला प्रहरीलाई ढोके राखेर शारीरिक सम्बन्ध राख्नलाई करकाप गर्दै आएको र नमानेमा सरुवा गर्ने धम्की दिने गरेको उक्त उजुरीपत्रमासमेत उल्लेख गरिएको थियो।

उनीमाथि आरोप लागेका बेला सिंह एसपी थिए। कारबाही हुनुको साटो उनी बढुवा हुँदै एसएसपी भए। उजुरीको पाँच वर्ष बित्दा समेत एसएसपी सिंहमाथि कारबाही भएको छैन।

यो पनि पढ्नुहोस

प्रहरी ल्याबका एसएसपीमाथि नै यौन शोषणको आरोप

एसएसपी सौरभ राणा– आरोप लागेको समयमा काठमाडौं रहेको खुलेपछि उन्मुक्ति
२०७६ माघ १७ गते तत्कालीन संघीय प्रहरी कार्यालय धरानका एसएसपी सौरभ राणामाथि पनि बलात्कारको गम्भीर आरोप लगाउँदै उजुरी नै दर्ता भयो। एक महिलाले एसएसपी राणाले आफूमाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दर्ता गराएकी थिइन्।

त्यसपछि प्रहरीले उजुरीकर्ता महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण गराएको थियो। सँगै महिलाको बयान लिने र घटनास्थल मुचुल्काको काम पनि गरिएको थियो।

उजुरीको भोलिपल्ट माघ १८ गते एसएसपी राणालाई पक्राउ पनि गरियो। तर जुन मिति र स्थानमा आफूमाथि बलात्कार भएको भन्दै ती महिलाले जाहेरीमा उल्लेख गरेकी थिइन्। त्यसदिन एसएसपी राणा धरान नभएर मोबाइल लोकेशन अनुसार काठमाडौं देखिएको भन्दै पछि एसएसपी राणाले उन्मुक्ति पाएका थिए।

यो पनि पढ्नुहोस

बलात्कारको आरोप लागेका एसएसपी राणा पक्राउ

एसएसपी राजेन्द्र अधिकारी– पुर्पक्षमा जेल, फैसलामा निर्दोष
सशस्त्र प्रहरी बलका एसएसपी राजेन्द्र अधिकारीमाथि पनि बलात्कारको गम्भीर आरोप लागेको थियो। उनलाई पुर्पक्षका लागि अदालतले थुनामासमेत पठाएको थियो। पछि फैसला आउँदा भने एसएसपी अधिकारीले सफाइ पाए। 

सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखराका प्रमुख रहेका बेला एसएसपी अधिकारीमाथि २०७७ असारमा बलात्कार उजुरी परेको थियो। उजुरीपछि असार ३१ गते जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले एसएसपी अधिकारीलाई पक्राउ गरेर बलात्कारको मुद्दा चलाएको थियो। पछि एसएसपी अधिकारीले सफाइ पाएका थिए। अहिले उनी अवकाशमा गइसकेका छन्।

यो पनि पढ्नुहोस

बलात्कार आरोपमा सशस्त्रका एसएसपी पक्राउ

डीएसपी राजकुमार खिउजु– प्रहरी रिपोर्ट बनाउन आएकी महिलामाथि बलात्कारको आरोप
नेपाल प्रहरीका डीएसपी राजकुमार खिउजु त बलात्कार आरोपमा एक वर्षसम्म जेलमै बसे। प्रहरी वृत्त चापागाउँको प्रमुख भएको बेला डीएसपी खिउजुले एक महिलालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो।

उजुरी परेपछि २०७६ फागुन २१ गते जिल्ला प्रहरी परिसर ललितपुरले डीएसपी खिउजुलाई पक्राउ गरेको थियो। उनी सेवामा रहँदा बलात्कार गरेको भन्दै उनी अवकाशमा गएपछि एक महिलाले उजुरी दिएकी थिइन्। प्रहरी रिपोर्ट बनाउन भनेर प्रहरी वृत्त चापागाँउमा सोधपुछ गर्न गएकी ती महिलालाई डीएसपी खिउजुले दबाब र प्रभावमा पारेर बलात्कार गरेको भन्दै उजुरी हालिएको थियो।

त्यसपछि प्रहरीले उनलाई पक्राउ परेर बलात्कारको कसुरमा मुद्दा चलाएको थियो। उनी पुर्पक्षका लागि जेल समेत चलान भएका थिए। एक वर्ष जेल बसेपछि जिल्ला अदालत ललितपुरका न्यायाधीश देवकुमार गिरीले २०७८ वैशाख ९ गते उनलाई आरोपबाट सफाइ दिए।

यो पनि पढ्नुहोस

१ वर्ष जेल बसेपछि पूर्वडिएसपी निर्दोष ठहर

इन्सपेक्टर अपूर्व ढुंगाना–आफू माहतकै महिला प्रहरीमाथि कार्यकक्षमै बलात्कारको प्रयास
बलात्कार प्रयासको आरोमा नेपाल प्रहरीका इन्सपेक्टर अपूर्व ढुंगाना अहिले धादिङ जेलमा छन्। २०७९ कात्तिक १५ गते धादिङ जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको थियो।

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुखसमेत रहेका ढुंगानाले आफ्नै ब्यारेकमा महिला प्रहरी कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको थियो।

महिला प्रहरीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै जाहेरी दिएपछि उनलाई हिरासतमा लिएर जिल्ला प्रहरी कार्यालय धादिङले अनुसन्धान अघि बढाएको थियो। त्यसपछि २०७९ असोज ५ गते उनी पक्राउ परेका थिए।

यो पनि पढ्नुहोस

बलात्कार आरोप लागेका इन्सपेक्टर जेल चलान

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा... आइतबार, मंसिर २१, २०८२
दाङको लमहीमा गोली चल्यो गोली प्रहार गर्ने व्यक्ति फरार रहेका प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ। शनिबार, मंसिर २०, २०८२
गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग ग... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
जनार्दनलाई गृह जिल्लामै देखाए कालो झण्डा आइतबार, मंसिर २१, २०८२
सुनको मूल्य घट्दा चाँदीको बढ्यो आइतबार, मंसिर २१, २०८२
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प आइतबार, मंसिर २१, २०८२
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद आइतबार, मंसिर २१, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्