• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
बर्दीमा दाग:

यी हुन् गम्भीर यौन आरोप लागेका प्रहरी अधिकृतहरु

64x64
नारायण अधिकारी सोमबार, असार ४, २०८०  २०:१२
1140x725

काठमाडौं– गत जेठ १९ गते आफ्नै कार्यालयकी महिला सहायक हवल्दारलाई यौन दुर्व्‍यवहार गरेको आरोपमा नेपाल प्रहरीका एसएसपी योगन्द्रबहादुर पाल अहिले निलम्बनमा छन्।

सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेका थिए। महिला हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन्। बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो।

त्यसपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनु भन्दै आदेश दिएका थिए। एसएसपी पालको आदेशपछि ती महिला एसएसपी बसेको क्वार्टरमा पुगिन्। क्वार्टरमा एसएसपीले महिला हवल्दारलाई भने, ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं।’

एसएसपीले यस्तो प्रस्ताव गरेपछि चकित बनेकी ती महिलाले प्रतिवाद गर्दै घटनाबारे ड्युटी अफिसरलाई जानकारी गराएकी थिइन्। पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि घटनाकाे छानबिन सुरु भयो।

एसपी श्यामसिंह चौधरीको नेतृत्वको समितिले एसएसपी पाललाई दोषी देखाएपछि उनलाई निलम्बन गरिएको छ। जेठ ३२ गतेदेखि लागू हुनेगरी निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी कुवेर कडायतले नेपाल लाइभलाई जानकारी दिए।

‘एसपी चौधरीको प्रतिवेदनको आधारमा निलम्बन गरिएको छ। थप कारबाहीका लागि अब समिति बन्छ। समितिले जे सिफारिस गर्छ सोही अनुसार कारबाही हुन्छ। विभागीय कारबाही सिफारिस गरे सोही अनुसार हुन्छ। फौजदारी कारबाहीको सिफारिस गरे सोही अनुसार कारबाही हुन्छ’, डीआईजी कडायतले भने।
 
यो घटनाले मुलुकका आम नागरिकको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीकै फर्स्ट क्लास अफिसरबाटै ब्यारेकमै रहेका महिला प्रहरी समेत असुरक्षित रहेको संकेत देखाएको छ। एसएसपी पाल मात्रै होइन सुरक्षाकर्मीबाटै यौन हिंसा हुने गरेका घटनाहरु यसअघि पनि सार्वजनिक हुँदै आएका छन्।

आफ्नै कार्यालयका महिला सुरक्षाकर्मीदेखि अन्य महिलाहरुमाथि यौन दुर्व्यवहारदेखि बलात्कारसम्म गरेको आरोप सुरक्षाकर्मीहरुलाई लाग्दै आएको छ। तर, प्रहरी प्रधान कार्यालय भने महिला तथा यौन हिंसामा ‘जिरो टोलरेन्स’ अनुसार कााम गरिएको बताउँदै आएको छ। 

प्रहरी प्रवक्ता कडायतले पनि यौन दुर्व्यवहारजस्तो गम्भीर आरोप लागेकाहरुलाई छानबिन गरी कडा कारबाही गरिँदै आएको बताए। त्यसो त आईजीमा बढुवा भएलगत्तै वसन्तबहादुर कुँवरले पनि आन्तरिक शुद्धीकरणमा विशेष जोड दिने बताएका थिए। कुँवरले भनेका थिए, ‘संगठनको आन्तरिक शुद्धीकरण मेरो कार्यकालको पहिलो र मूल प्राथमिकता हो।’

nimb
nimb

सुरक्षाकर्मीमाथि लागेका गम्भीर आरोपका केही घटनाहरु

एसएसपी राकेश सिंह– आफू मातहतकै महिला प्रहरीलाई यौन प्रस्ताव
नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा कार्यरत रहेका एसएसपी राकेश सिंहमाथि पनि गम्भीर यौन आरोप लागेको थियो। उनी माथि आफ्नै कार्यालयकी एक महिला जवानमाथि बलात्कार गरेको गम्भीर आरोप लागेको थियो।

एसएसपी सिंहले ती महिला कर्मचारीसँग यौन प्रस्ताव गरेको अडिओसमेत नेपाल लाइभले यसअघि नै प्रकाशित गरेको थियो। त्यति हुँदासमेत उनीमाथि कारबाही भएन। २०७५ साउनमा एसएसपी सिंहलाई कारबाही गर्न भन्दै हेडक्वार्टरमा उजुरीको पत्र पुगेको थियो।

महिला प्रहरीलाई ढोके राखेर शारीरिक सम्बन्ध राख्नलाई करकाप गर्दै आएको र नमानेमा सरुवा गर्ने धम्की दिने गरेको उक्त उजुरीपत्रमासमेत उल्लेख गरिएको थियो।

उनीमाथि आरोप लागेका बेला सिंह एसपी थिए। कारबाही हुनुको साटो उनी बढुवा हुँदै एसएसपी भए। उजुरीको पाँच वर्ष बित्दा समेत एसएसपी सिंहमाथि कारबाही भएको छैन।

यो पनि पढ्नुहोस

प्रहरी ल्याबका एसएसपीमाथि नै यौन शोषणको आरोप

एसएसपी सौरभ राणा– आरोप लागेको समयमा काठमाडौं रहेको खुलेपछि उन्मुक्ति
२०७६ माघ १७ गते तत्कालीन संघीय प्रहरी कार्यालय धरानका एसएसपी सौरभ राणामाथि पनि बलात्कारको गम्भीर आरोप लगाउँदै उजुरी नै दर्ता भयो। एक महिलाले एसएसपी राणाले आफूमाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दर्ता गराएकी थिइन्।

त्यसपछि प्रहरीले उजुरीकर्ता महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण गराएको थियो। सँगै महिलाको बयान लिने र घटनास्थल मुचुल्काको काम पनि गरिएको थियो।

उजुरीको भोलिपल्ट माघ १८ गते एसएसपी राणालाई पक्राउ पनि गरियो। तर जुन मिति र स्थानमा आफूमाथि बलात्कार भएको भन्दै ती महिलाले जाहेरीमा उल्लेख गरेकी थिइन्। त्यसदिन एसएसपी राणा धरान नभएर मोबाइल लोकेशन अनुसार काठमाडौं देखिएको भन्दै पछि एसएसपी राणाले उन्मुक्ति पाएका थिए।

यो पनि पढ्नुहोस

बलात्कारको आरोप लागेका एसएसपी राणा पक्राउ

एसएसपी राजेन्द्र अधिकारी– पुर्पक्षमा जेल, फैसलामा निर्दोष
सशस्त्र प्रहरी बलका एसएसपी राजेन्द्र अधिकारीमाथि पनि बलात्कारको गम्भीर आरोप लागेको थियो। उनलाई पुर्पक्षका लागि अदालतले थुनामासमेत पठाएको थियो। पछि फैसला आउँदा भने एसएसपी अधिकारीले सफाइ पाए। 

सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखराका प्रमुख रहेका बेला एसएसपी अधिकारीमाथि २०७७ असारमा बलात्कार उजुरी परेको थियो। उजुरीपछि असार ३१ गते जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले एसएसपी अधिकारीलाई पक्राउ गरेर बलात्कारको मुद्दा चलाएको थियो। पछि एसएसपी अधिकारीले सफाइ पाएका थिए। अहिले उनी अवकाशमा गइसकेका छन्।

यो पनि पढ्नुहोस

बलात्कार आरोपमा सशस्त्रका एसएसपी पक्राउ

डीएसपी राजकुमार खिउजु– प्रहरी रिपोर्ट बनाउन आएकी महिलामाथि बलात्कारको आरोप
नेपाल प्रहरीका डीएसपी राजकुमार खिउजु त बलात्कार आरोपमा एक वर्षसम्म जेलमै बसे। प्रहरी वृत्त चापागाउँको प्रमुख भएको बेला डीएसपी खिउजुले एक महिलालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो।

उजुरी परेपछि २०७६ फागुन २१ गते जिल्ला प्रहरी परिसर ललितपुरले डीएसपी खिउजुलाई पक्राउ गरेको थियो। उनी सेवामा रहँदा बलात्कार गरेको भन्दै उनी अवकाशमा गएपछि एक महिलाले उजुरी दिएकी थिइन्। प्रहरी रिपोर्ट बनाउन भनेर प्रहरी वृत्त चापागाँउमा सोधपुछ गर्न गएकी ती महिलालाई डीएसपी खिउजुले दबाब र प्रभावमा पारेर बलात्कार गरेको भन्दै उजुरी हालिएको थियो।

त्यसपछि प्रहरीले उनलाई पक्राउ परेर बलात्कारको कसुरमा मुद्दा चलाएको थियो। उनी पुर्पक्षका लागि जेल समेत चलान भएका थिए। एक वर्ष जेल बसेपछि जिल्ला अदालत ललितपुरका न्यायाधीश देवकुमार गिरीले २०७८ वैशाख ९ गते उनलाई आरोपबाट सफाइ दिए।

यो पनि पढ्नुहोस

१ वर्ष जेल बसेपछि पूर्वडिएसपी निर्दोष ठहर

इन्सपेक्टर अपूर्व ढुंगाना–आफू माहतकै महिला प्रहरीमाथि कार्यकक्षमै बलात्कारको प्रयास
बलात्कार प्रयासको आरोमा नेपाल प्रहरीका इन्सपेक्टर अपूर्व ढुंगाना अहिले धादिङ जेलमा छन्। २०७९ कात्तिक १५ गते धादिङ जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको थियो।

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुखसमेत रहेका ढुंगानाले आफ्नै ब्यारेकमा महिला प्रहरी कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको थियो।

महिला प्रहरीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै जाहेरी दिएपछि उनलाई हिरासतमा लिएर जिल्ला प्रहरी कार्यालय धादिङले अनुसन्धान अघि बढाएको थियो। त्यसपछि २०७९ असोज ५ गते उनी पक्राउ परेका थिए।

यो पनि पढ्नुहोस

बलात्कार आरोप लागेका इन्सपेक्टर जेल चलान

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वल्र्डलिंक ग्राहकलाई राहत, इन्टरनेट नरोकिने बिहीबार, भदौ ११, २०८३
बाढी प्रभावित क्षेत्रको भ्रमणमा के देखे प्रधानमन्त्री बालेनले? बिहीबार, भदौ ११, २०८३
नुवाकोटबाट फर्किएपछि बालेन्द्र शाहले भने– ‘सरकार निरन्तर मैदानमा छ’ बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्री राहत कोषमा धमाधम रकम जुट्दै, ६ घण्टामै २८ करोड बढी उठ्यो बिहीबार, भदौ ११, २०८३
सानिमा बैंकले बाढीपहिरो प्रभावितका लागि २ करोड २५ लाख सहयोग गर्ने बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्