काठमाडौं–बलात्कार आरोपमा सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन्। उनी पोखरास्थित सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालयका प्रमुख पनि हुन्।
अधिकारीलाई आफ्नै क्वार्टरमा एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ।
आफ्नै कार्यकक्षमा बलात्कार गरेको आरोप लगाउँदै बुधबार एक महिलाले प्रहरी कन्ट्रोलमा फोन गरेकी थिइन्। त्यसपछि एसएसपीको कार्यकक्षमा प्रहरी पुग्दा उनी फरार भइसकेका थिए। पछि बुधबार नै उनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए। अधिकारीलाई बलात्कार कसुरमा आज म्याद थप गरेर अनुसन्धान अघि बढाइने श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।