• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

प्रहरी ल्याबका एसएसपीमाथि नै यौन शोषणको आरोप

डेढ वर्षदेखि दराजमै थन्कियो उजुरी
64x64
नारायण अधिकारी बिहीबार, माघ ९, २०७६  २०:०८
1140x725

काठमाडौं– २०७५ साउन ६ गते प्रहरी प्रधान कार्यालयमा प्रधानमन्त्री कार्यालयबाट एउटा पत्र आयो। 

प्रधानमन्त्रीलाई सम्बोधन गरिएको पत्रको विषय प्रहरीको विधि विज्ञान प्रयोगशालामा भएका बदमासीबारे उल्लेख भए पनि मुख्य विषय थियो– पदीय दुरुपयोग गरेर हाकिमले महिला प्रहरीमाथि गरिरहेको यौन शोषण।

‘प्रयोगशालामा महिला कर्मचारीलाई ढोकेको रुपमा राख्न नपाउने व्यवस्था हुँदाहुँदै पनि महिला प्रहरीलाई ढोके राखेर शारीरिक सम्बन्ध राख्नलाई करकाप गर्दै आएको र नमानेमा सरुवा गर्ने धम्की दिने गरेको’ उल्लेख थियो।

पत्रमा दबाबमा परेर कुनै महिला प्रहरी हाकिमको प्रस्तावमा सहमत भएपछि स्वार्थ पुरा गरेर केही समयपछि सरुवा गरी नयाँ महिला प्रहरी ल्याउने गरेको उल्लेख गर्दै‘ महिला प्रहरीलाई फोन गरेर शारीरिक सम्पर्कका लागि दबाब दिने गरेको’ उल्लेख थियो।

पत्रमा उल्लेख गरिएका प्रहरीको विधि विज्ञान प्रयोगशालाका हाकिम थिए तत्कालीन एसपी राकेश सिंह, जो अहिले बढुवा पाएर एसएसपी भइसकेका छन् र सोही कार्यालयमा कार्यरत छन्।

प्रहरी कार्यालयमा गम्भीर अपराध हुने गरेको दाबी सहितको पत्र आएपछि प्रधानमन्त्री कार्यालयले तत्काल सो पत्र प्रहरी प्रधान कार्यालयमा पठायो। साउन ९ मा प्रहरी महानिरीक्षकको सचिवालयमा पत्र दर्ता भएलगत्तै उजुरी छानबिनका लागि पत्र उजुरी छानबिन शाखामा पुग्यो।

सिंहले यौन शोषण गर्ने गरेको दावीमा पत्रमात्र समावेश थिएन। सिंहले ड्युटीमा खटिएकी महिला प्रहरीसँग गरेको यौन प्रस्ताव सहितको अडियो रेकर्डसमेत समावेश थियो। 

अडियो प्रमाणसहित पत्र आएको १६ महिनामा पनि अनुसन्धान भने जहाँको त्यही छ। आफ्नै कर्मचारीले आफ्नै एक कार्यालयको प्रमुखविरुद्ध यौन शोषणजस्तो गम्भीर आरोप लगाउँदासमेत प्रहरी प्रधान कार्यालयले छानबिनमा चासो देखाएको छैन। प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार निवेदन ‘छानबिनकै क्रममा छ’। 

nimb
nimb
Ncell 2
Ncell 2

जानकार स्रोतका अनुसार उक्त उजुरी आएका बेला प्रहरी निरीक्षणालयमा डिआइजी मनोज नेउपाने थिए। अहिले पनि उनी नै छन्। त्यसबेला उजुरी तथा छानबिन शाखाका डिएसपी कुलदीप चन्द थिए। 

प्रहरी महानिरीक्षकको सचिवालयबाट पत्र आएपछि डिएसपी चन्दले उजुरीे फाइल डिआइजी मनोज नेउपानेको कार्यकक्षमा पु¥याएका थिए। तर डिआइजी नेउपानेले ‘यस्ता उजुरी धेरै आउँछन् अहिले यत्तिकै राख्नु’ भनेर पेन्डिङमा पठाए। न्यौपानेले अहिलेसम्म सो फाइल खोल्न दिएका छैनन्। उनले सो फाइल कार्यालयको ड्रयरमा राखेर चाबी लगाएर हिड्ने गरेका छन्।

सिंहविरुद्ध परेको गम्भीर उजुरीको छिनोफानो डेढ वर्षसम्म किन भएन भन्ने नेपाल लाइभको जिज्ञासामा डिआइजी नेउपानेले प्रश्न पन्छाउँदै भने ‘अब यस्ता उजुरी धेरै आउँछन्। अनुसन्धान भइराख्या होला।’

उनले यस विषयमा  थप केही जिज्ञासा भए प्रवक्तालाई सोध्नुपर्ने बताए। प्रहरी प्रवक्ता क्षत्रीले सिंहविरुद्ध उजुरी परेको पुष्टी गर्दै भने ‘यो विषयमा छानबिन भइराखेको छ बोल्न मिल्दैन।’

उजुरी र उजुरीसँगै पेश गरिएको प्रमाणको परीक्षणको प्रकृति डेढ वर्ष लाग्ने खालको छैन। उजुरीसँगैको अडियो संवादमा तीन महिला प्रहरीको नामै किटिएको छ। उजुरीकर्ता प्रहरी कर्मचारीलाई झिकाई सो विषयमा सोधपुछ र प्रमाणको रुपमा पेश गरिएको अडियोको भ्वाईस सिंहको हो, हैन आफ्नै ल्याबबाट परीक्षण गरे आरोपको धेरै पाटो खुल्थ्यो नै। विश्वस्त स्रोतका अनुसार अडियो परीक्षणको प्रकृया नै अगाडि बढाइएको छैन। फाइल त्यत्तिकै थन्काएर राखिएको छ।

छानबिनको साटो बढुवा पुरस्कार

संगठनकै सदस्यले सिंहविरुद्ध गम्भीर आरोप लगाउँदा उनको ओहदा थियो एसपी। उजुरी आएको केही महिनामै उनको बढुवा भयो र अहिले उनी एसएसपीको रुपमा सोही ल्याबमा कार्यरत छन्। 

सिंहबाट आफूमाथि यौन दुव्यर्वहार भएको भन्दै पीडित महिला प्रहरीले प्रधानमन्त्रीको सचिवालय सिंहदरबारमा उजुरी दिएका थिए। त्यही पत्र प्रधान कार्यालय पुगेको हो। 

पत्रमा गृहमन्त्रीको कार्यालय उजुरी तथा गुनासो सुनुवाइ शाखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोगदेखि प्रहरी महानिरीक्षकसम्मलाई बोधार्थ दिइएको छ। उजुरी दर्ता भएको डेढ वर्ष बितिसक्दा पनि त्यसबारे थप जानकारी नआए पनि यी कार्यालयले समेत कुनै सोधखोज गरेका छैनन्।

अकमकाउँदै एसएसपी सिंहले भने – यो झुटो हो 

गम्भीर आरोपबारे नेपाल लाइभले एसएसपी सिंहसँग बुझ्न सम्पर्क गर्दा झुट भएको दाबी गरे। तर बोल्दा उनको बोली लर्बराएको थियो। 

उनीसँग नेपाल लाइभको संवाद :

तपाईको बारेमा प्रहरी प्रधान कार्यालयमा एउटा उजुरी छ। महिला ढोके राख्नेदेखि यौन दुर्व्यवहारसम्मका आरोप तपाईंलाई लगाइएको छ। त्यो के हो ?
‘छैन, छैन। त्यो केही होइन। सब त्यो (अकमकिँदै) झुट्, झुटो कुरा हो क्या।’ 
तपाईले होइन भन्नुभयो त्यसको प्रमाणहरू पनि छन् नि। 
‘हजुर’ (अक्मकाए)
यौन चाहना पूरा गर्न तपाईले महिला प्रहरीसँग संवाद गरेको अडियो पनि छ। त्यो पनि झुटो हो ?
‘कहाँ उजुरी परेको ?’(केहीबेर रोकिए र भने, उजुरीबारे जानकारी नै नभए झै गरे)।
 प्रधानमन्त्री कार्यालयदेखि, गृहमन्त्रालय हुँदै हेडक्वार्टरसम्म पुगेको छ नि !
‘हजुर, हजुर’ 
उजुरीको विषयमा तपाईको केही भन्नु छैन ?
‘होइन त्यो सबै भइसकेको हो क्या’ 
भइसकेको भन्नुभयो। के भयो त ?
‘केही होइन, सबै त्यो साबित भइसकेको छ’ 
सावित भइसकेको भन्नाले कस्तो ?
‘भन्नाले झुट हो’
झुट कसरी भन्ने तपाईंले महिला प्रहरीसँग बोलेको अडियो पनि छ। त्यो अडियो पनि झुट हो र ?
होइन, त्यो त अब...। अब के गर्ने? तपार्इं ... (त्यसपछि उनी बोल्न सकेनन्।)
त्यो विषयमा के भन्न खोज्नुभयो, भन्नु न !
‘को बोल्नु भयो तपाई’ (एसएसपी सिंहले सुरुमा गराएको परिचय बिर्सिएर पुनः सोधे।)
पुनः दोस्रो पटक परिचय दिएपछि उनले केही आग्रह गरेजसो गरेर भने, ‘सुन्नुन त्यो धेरै पहिला हो।  मेरो बढुवाको बेलामा खाली यो उ ग¥या हो क्या मान्छेहरूले। 
बढुवाको बेलामा तपाईको स्वर नै फेक बनाएर हालेको भन्न खोज्नु भएको हो ?
‘अहिले म बाहिर छु’ 
तपाईंले मेरो होइनमात्रै भन्नुभयो। तर कसरी होइन भनेर पत्याउने ? तपाईंको केही तर्क नै छैन ?
‘हजुर’ (उनले फोन काटे।)

०००

उनले आफ्नै प्रहरी कर्मचारीलाई यौन सम्बन्धका प्रस्ताव गर्दै बोलाएको अडियो रेकर्ड नेपाल लाइभले प्राप्त गरेको छ। अडियोको संवादबाटै उनले आफ्नो कार्यालयका महिला प्रहरीको यौन शोषण गर्न गरेको देखिन्छ।

पीडित महिलाको पहिचान गोप्य राख्न आवाज परिवर्तन गरिएको छ।

एक महिला प्रहरी र सिंहको संवाद 

‘कोही केटी छ भने ल्याउ सिफारिस गर्दिन्छु, केटालाई हुँदैन'

महिला प्रहरी – हेलो, हेलो,  सर जय नेपाल।
एसएसपी – जयनेपाल। केछ हालखबर? खाना खायौ ?
महिला – के हनु नि बिरामी भएर मर्न लागिसकें। 
एसएसपी– के भयो ?
महिला– टाउको दुख्ने, पानी राम्रो छैन। अनि ....त कस्तो सिकिस्त छ नि सर ! 
एसएसपी– हो ?
महिला– अँ, त्यो पानी राम्रो छैन। तलमाथि भएर है।  म एक्लै छु यहाँ। दिदी उहाँ चार घण्टा हिँडेर गो। केरे ४ घण्टा गाडी त्यहाँदेखि ८/९ घण्टा हिँडेर सितापाईलाको माथि डाँडामा पुगेछ। म यहाँ छु। भोलि पनि म यहाँबाट ३ घण्टा जति लाग्छ होला हिँडेर जानुपर्छ। कस्तो भयो छ्या बेकार आएछु। त्यो ....ले बाढी हामी सबैलाई हाल्नु लगा लगा प्लिज साथी दोस्ती हो भन्यो। उचाहिँ जिल्लामा मिलाएर बसिराछ सर। न उसको ड्युटी पयो न केही पयो। 
एसएसपी – त्यही त। तराईमै सजिलो जस्तो छ क्या। 
महिला – हो त। 
एसएसपी–  तराईमा तिम्रो यस्तो बाटो हुँदैन।  अब गर्मी त हुन्छ हैन। 
महिला– अँ
एसएसपी– तर अब बाटोसाटो हिँड्ने, उकालो सुकालो हुँदैन। 
महिला– अनि मिस गर्दै हुनुहुन्छ मलाई?
एसएसपी –त भईहाल्छ नि। हुँदैन। 
महिला– ए। म त त्यो डेको नेक्स डे कति रुए। यति पानी प्यास लागेजस्तै तड्पेको क्या। 
एसएसपी– त्यस्तो भएको थियो ?
महिला– कति माया लागेको क्या। हेरम हेरम लागेको क्या। अनि कुराहरू एक्सपोज गर्छु भन्दा अनि हजुर घरमा गफ गर्न पनि पाएन। यस्तो हुन्थ्यो नि। 
एसएसपी– त्यस्तो कुरा त गुर्न हुँदैन। बिल्कुल हुँदैन। भेटेर गर्नुपर्छ। फोनसोन बच्चाहरूले पनि खेलाइरहेको हुन्छ। त्यो भन्नु हुँदैन। त्यस्तो भयो भने खत्तम हुन्छ। 
महिला– डराउनु पनि हुन्छ है ?
एसएसपी– हुनुपरिगो नि। 
महिला – थाहा पाए भने डामाडोल हैन?
एसएसपी – अँ डामाडोल हैन। खत्तमै हुन्छ नि। 
महिला – ल ल ठिकै छ। गर्दिन त्यस्तो। अनि कतिजना मान्छे सर हजुरहरू त्यहाँ ?
एसएसपी – यहाँ ... मान्छे छ। 
महिला – ....लाई नि फोन गर्नु 
एसएसपी– मैले। 
महिला– हजुर। केछ कसो छ सोध्नु। 
एसएसपी – ए हुन्छ हुन्छ। अनि भे भन्छ, आएको २/३ दिनमा ...
महिला – हुन्छ हुन्छ।
०००

दोस्रो अडियो

महिला– हेलो सर जयनेपाल।
एसएसपी – जय नेपाल। ड्युटीमा हो कि?
महिला– हाँस्दै पशुपति ड्युटी हाल्दिनु भयो। 
एसएसपी – मैले हालेको होइन। म यहाँ बिदामा बसेको छु। यहाँबाट सबैको नाम पठाउँछ हैन। माथिबाट राख्ने हो। 
महिला– अनि कहाँ हुनुहुन्छ?
एसएसपी– म यता दुध दिन आएछु, बाहिर। 
महिला– ए अनि सन्चै हुनुहुन्छ?
एसएसपी– ठिकै छ। तिम्रो?
महिला– ठिकै छु। 
एसएसपी– एक्लै हो अहिले, कि कमाण्डर हो?
महिला– होइन हामी त आज अर्कै ड्युटीमा छौं। 
एसएसपी– होइन हाम्रो अफिसको तिमी एक्लै हो कि अरु पनि छ?
महिला – होइन सवारी ड्युटी थियो। अहिले सवारी ड्युटी सिद्धिएर अब शिविरतिर जान लागेको सर। 
एसएसपी– अँ बुझे। हाम्रो अफिसवाल सँगै अरु मान्छे छ नि तिनीहरूसँगै छौ कि छुटाछुट्टै छौं?
महिला– होइन, कोही शिविरमा कोही उता मन्दिरमा छ। ... र म हो। .... त अहिले उता फोनमा बोलिराछ। अनि म फोन आएर उठाएको। ल सम्झिनु भयो थ्याकं यू। 
एसएसपी– अँ तिमी फोनै उ गरेर राख्छौ अनि के ..
महिला– हैन होउ त्यस्तो होइन। 
एसएसपी – हो हो 
महिला– मलाई ड्युटीमा हालिहाल्नु भयो। अब ..
एसएसपी– होइन होइन। मैले कहाँ हाल्ने। म उता भर्खर हिजो आएको थाहा छैन ?
महिला– मयाँ गर्नु हुन्न रैछ। 
एसएसपी – त्यहाँको महिलाभरिको नाम मागेको थियो। 
महिला– अनि .... दिदी कसरी छुट्यो? जहिल्यै छुट्छ त नि। 
एसएसपी– को को ?
महिला –.... दिदी। 
एसएसपी – ए हैन अब त्यस्तो हुँदैन। म  यहाँ थिइन नि त। 
महिला – ए अँ। 
एसएसपी – अब सबै महिलाको नाम पठाउन भनेर आउँछ। त्यसमध्ये त्यहाँबाट राख्दिन्छ। यदि कसको, कसको राख्ने सोध्यो भने हामी मिलाएर पठाउँछौं नि। तर म थिइन यहाँ। त्यसको लागि क्षमा माग्छु। 
महिला– लल 
एसएसपी– उ पनि त पर्‍या छ नि। त्यो के रे हाम्रो? .....। 
महिला – अन्त बिचरा छौं। बच्चाको आमा नहाल्नु पर्ने नि। 
एसएसपी– त्यही त। अब हामीलाई सोध्यो भने त हामी कहाँ उसलाई हाल्दैन भन्छौ नि त। 
महिला – त्यही त। 
एसएसपी– गर्छ यस्तै। अब एक दिन हो। अरु सुनन। अब हाम्रो के हो त कहिले?
महिला – हँ... हास्दै...
एसएसपी – भन न
महिला – किन ?
एसएसपी– किन ?
महिला – अँ। 
एसएसपी – किन अब किन भन्ने हुन्छ। 
महिला– अब फ्रि हुनुहुन्छ?
एसएसपी – अँ अहिले फ्रि छु म त। 
महिला – ए।
एसएसपी – भोलिपर्सी बित्दै छ नि मेरो त। 
महिला – अँ। ल ल म फोन गर्छु। 
एसएसपी – हो?
महिला – अँ।
एसएसपी – मिसकल गर्नु है। 
महिला – हस्। 
एसएसपी – सही ?
महिला – सही हो। 
एसएसपी – ए ओके। भोलिपर्सी मिलाउनु पर्‍यो है त। 
महिला – ल। 
एसएसपी – प्लीज..
महिला – ल ल।

तेस्रो अडियो

महिला – सर। 
एसएसपी– अँ। 
महिला – के गर्दै हुनुहुन्छ?
एसएसपी – अफिसमा। अरु के गर्ने र। किन ?
महिला – म त यहाँ निर्वाचन आयोगको त्यसमा एउटा मतगणना हुन्छ नि त्यहाँ ड्युटी गरिराछु।
एसएसपी – ए। पानी पया छैन ? यता त एकदम पानी परेको छ।
महिला – अघि दिउँसो २/३ चोटी पयो। अहिले फेरि सुक्यो।
एसएसपी – ए यहाँ अहिले परिराछ। 
महिला – लामो स्वरमा ए..। अनि सन्चै हुनुहुन्छ?
एसएसपी – सन्चै छु।
महिला – ए। 
एसएसपी – आएपछिको के तयारी छ त?
महिला – अनि आएपछि त उहाँ जिल्ला जानुपर्छ  के र तराई जानुपर्छ रे। मेरो अबचाहिँ नाम कटाइदिनु। 
एसएसपी – हैन हैन। म अहिले त केही छैन।
महिला – हो। सर अनि त्यो कप्रमा हजुरले एसपी साप चिन्नु भएको थियो नि। अहिले हुनुहुन्छ कि हुनुहुन्न?
एसएसपी – को ?
महिला – छ्या त्यो कति लागिपरेको भनेको सर..
एसएसपी– लामो स्वर तान्दै ए। त्यो मोरङमा छ। 
महिला – कहाँ?
एसएसपी – मोरङ, मोरङ।
महिला– ए। त्यति कै मेरो काम थियो। क्या।
एसएसपी – मसिनो स्वरमा के काम?
महिला – हँ?
एसएसपी – के काम ?
महिला – यहाँ एउटा मेरो गाउँको भाइ छ क्या। काज जान्छु भन्छ अनि। प्युठान क्या।
एसएसपी – ए। छैन अहिले त्यो मोरङ छ।
महिला – ए अनि हजुरको कोही साथी छैन ?
एसएसपी – म केटालाई सिफारिस गर्दिन। केटीलाई मात्रै सिफारिस गर्छु।
महिला – हो त नि  (त्यसपछि हाँसो) स्त्री पुजारी हो कि क्या हो ?
एसएसपी – हँ 
महिला – स्त्री पुजारी हो कि क्या हो ?
एसएसपी – हो। स्त्री पुजारी हो। कोही केटी छ भने ल्याउ सिफारिस गर्दिन्छु। केटालाई हुँदैन। 
महिला – ल। 
एसएसपी – अब त्यो एसपी साप छैन। सुनन। आएपछि अब त के तयारी छ ? 
महिला – ल ल। 
एसएसपी – हो नि। 
महिला – हो भन्या। अर्को नि यो क्या बहिनीको विषयमा। ए भाइको विषयमा।
एसएसपी – बहिनी भन्छ फेरि भाइ। 
महिला– ए अघि बहिनी भनेर भनेकाले त्यही भएर म बहिनी बहिनी भन्नतिर लागेँ र। म जुलुसमा छु क्या अहिले।। 
एसएसपी – तिम्रो बहिनी पनि थियो नि। 
महिला – मेरो बहिनी त उता ओमानमा गइसक्यो।
एसएसपी – कहाँ ? ओमान गइसक्यो ? आश्चर्यसहित।
महिला – अँ। 
एसएसपी – जागिर छाडेर?
महिला – मेरो कहाँ बहिनी जागिर खान्थ्यो रः?
एसएसपी – किन सशस्त्रमा खाएन ?
महिला – छोडिसकेको उहिल्यै हो। 
एसएसपी – हो त्यही भनेको। 
महिला – उ त ओमानमा छ नि सर अहिले। 
एसएसपी –ए।
महिला – कति वर्ष भयो ८/९ वर्ष भयो। 
एसएसपी– तिमी पनि त्यही भएर जान खाजेको ?
महिला – अँ। 
एसएसपी – ल त ल हल्ला छ। 
महिला – हुन्छ, हुन्छ। हवस्।

प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  २०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पत्रकार श्रेष्ठको घर र कार्यालयमा खानतलासी उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार किशोर श्रेष्ठको घर र कार्यालयमा खानतलासी गरेको छ। बिहीबार, साउन २८, २०८३
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश मंगलबार विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा यस्तो आदेश गरेको हो । मंगलबार, साउन २६, २०८३
इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या कफी वा चियाको तुलनामा इनर्जी ड्रिंक्सको एउटै क्यान वा बोतलमा धेरै मात्रामा क्याफिन हुन सक्छ, जुन कहिलेकाहीँ धेरै कप कफी बराबर हुन्छ।... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के? शनिबार, साउन ३०, २०८३
मुस्ताङको घरपझोङमा भन्सारबिनै भित्रिएका ८ कन्टेनर प्रहरी नियन्त्रणमा, चालक पनि पक्राउ शनिबार, साउन ३०, २०८३
एक सरकारी अधिकृतबाटै अर्को अधिकृत बलात्कृत, न्यायका लागि दुई महिनादेखि सडक संघर्षमा शनिबार, साउन ३०, २०८३
हतियार र हिंसा छाडेका महिलाहरु ‘फेशन सो’मा! शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्