काठमाडौं– बलात्कारको आरोप लागेका पूर्वडिएसपी राजकुमार खिउजुले सफाइ पाएका छन्। ललितपुर जिल्ला अदालतले वैशाख ९ गते उनीमाथि लागेको आरोप पुष्टि नहुने भन्दै सफाइ दिएको हो।
अदालतका न्यायाधीश देवकुमार गिरीको इजलासले उनीमाथिको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो। यसअघि गत जेठ १५ गते उनलाई ललितपुर जिल्ला अदालतले नै पुर्पक्षका लागि जेल चलान गरेको थियो।
खिउजु सेवाबाट अवकाश हुनेबित्तिकै एक युवतीले उनीविरुद्ध बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्। महानगरीय प्रहरी वृत्त चापागाउँको प्रमुख रहेका बेला खिउजुले कार्यालयभित्रै बलात्कार गरेको र त्यसपछि पनि पटकपटक घटना दोहाेर्याएको दाबीसहित एक युवतीले ललितपुर प्रहरी परिसरमा उजुरी दिएकी थिइन्।
प्रहरी रिपोर्ट बनाउन भन्दै २०७५ माघ ३० गते वृत्त चापागाउँ पुगेकी ती युवतीलाई खिउजुले रिपोर्ट बनाइदिन सहयोग गर्ने प्रलोभन देखाउँदै बलात्कार गरेको आरोप लागेको थियो।
बर्दीमै रहेका उनले आफ्नो कार्यकक्षमै ती युवतीमाथि यौनदुर्व्यवहार गरेको, बलात्कार गरेको आरोप लागेको थियो।
उजुरी दर्ता भएलगत्तै प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिएर खिउजुको खोजी सुरु गरेको थियो। अन्ततः उनी २०७६ फागुनको दोस्रो साता पक्राउ परेका थिए।
सम्बन्धित समाचार :–
बलात्कार आरोप लागेका तत्कालीन डिएसपी खिउजु जेल चलान
बलात्कारको आरोप लागेका डिएसपी खिउजुमाथि अनुसन्धान गर्न ७ दिनको म्याद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।