काठमाडौं- बलात्कारको आरोप लागेका महानगरीय प्रहरी वृत चापागाउँका तत्कालीन प्रमुख राजकुमार खिउजुलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले सात दिनको म्याद दिएको छ।
ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। खिउजुलाई बुधबार भक्तपुरबाट पक्राउ गरिएको थियो।
खिउजु केही महिनाअघिमात्र सेवाबाट अवकाशप्राप्त प्रहरी नायव उपरीक्षक (डीएसपी) हुन्।
चापागाउँ प्रहरी वृतको प्रमुख रहेका बेला खिउजुले सेवाग्राहीसँग कार्यालयभित्रै बलात्कार गरेको र त्यसपछि पनि पटक-पटक घटना दोहोर्याएको दाबीसहित एक महिलाले केही समयअघि ललितपुर प्रहरी परिसरमा उजुरी दिएकी थिइन्।
उजुरी दर्ता भएलगत्तै प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर खिउजुको खोजी सुरु गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।