• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

‘महापुरुष’पछि अरुणले कमाएका शुभचिन्तक, जो सधैं उनको भलो चाहन्छन्

64x64
समर्पण श्री मंगलबार, फागुन ९, २०७९  ०७:१५
1140x725

काठमाडौं– अरुण क्षेत्रीले आफ्नो अनुहार मास्कले छोपेका थिए। भैरहवा विमानस्थलमा १०/१२ वर्षका बालकले उनलाई निकैबेर नियालिरहे। घरी घरी आफ्नी दिदीलाई इसारा गर्दै अरुणतर्फ देखाइरहे। 

एकछिन त दङ्ग परे– ‘उसले कसरी चिन्यो?’

हातको ट्याटु बाहिर देखिएको थियो। फिल्म ‘महापुरुष’मा उनको ट्याटुलाई दर्शकले ख्याल गरेका रहेछन्। बालकले पनि अरुणलाई ट्याटु र आँखाको आधारमा चिनेका हुनुपर्छ। 

कतिपय बेला आँखाकै कारण चिनेर पनि कोही आएर सोध्छन्, ‘तपाईं महापुरुषको हिरो हैन?’

उनी स्वभाविक मुस्कानका साथ टाउको हल्लाउँछन्।

गत कार्तिकमा अरुण अभिनित फिल्म ‘महापुरुष’ प्रदर्शन भयो। फिल्म आउनुअघि उनी अरुण क्षेत्री मात्र थिए। अब त नामको अगाडि ‘हिरो’ ‘अभिनेता’ जस्ता शब्द जोडिएका छन्।

डेब्यू फिल्मको सफलतासँगै उनको व्यस्तता पनि चुलिएको थियो। आफ्नाहरूसँगको भेटघाट पातलिएको थियो। त्यही बीचमा उनले सम्झन पुगे– प्रिय साथीहरू।

जोसँगसँगै अरुणले फिल्मको सपना देखेका थिए। साथीहरूलाई फोन र म्यासेज गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरूलाई भेटेर भन्न मन थियो, ‘म त्यही अरुण हो। जो सधैं तिमीहरूसँग छ।’

फिल्म कलेज पढ्दाका ८ जना साथी जम्मा भए, अनि चिसापानी गए। त्यसरात अरुण साथीहरूसँग पुराना स्मृतिमा फर्किए। ‘हामीले पूरा गर्न नसकेको सपना तैँले अघि बढाइस्। आफ्नू त फिल्म बनाउँदा बनाउँदै रोकियो। अब पूरा हुन्न पनि होला,’ साथीले दुःखमिश्रित भावमा भने। साथीको कुराले समूहमा केहीबेर सन्नाटा फैलियो।

‘महापुरुष’ले देशभर चर्चा कमाइरहेको थियो। त्यही समयताका अरुणका साथीले प्रेमिका भगाउन लागेछन्। साथमा दाइको गाडी थियो। तर चलाउन नआउने!

सम्झिए, ‘गाडी चलाउन त अरुणलाई आउँछ।’ 

उनले तत्काल अरुणलाई फोन डायल गरे। घण्टी नजाँदै  सम्झिए, ‘अरुण त अब हिरो भइसक्यो। ऊ आउँदैन।’

डायल गर्दागर्दैको फोन काटे। अनि अर्को साथीलाई गरे।

चिसापानीमा साथीले त्यो क्षण सुनाइरहँदा अरुणको मन चिसो भयो। आफ्ना साथीका लागि उनी जस्तै परिस्थितिमा पनि हाजिर हुनसक्थे। ड्राइभर बनेर त्यो प्रेम जोडीलाई सफल बनाउन मद्दत गर्न सक्थे।

त्यसदिन साथीलाई उनको दुखाइसहितको गुनासो थियोे, ‘डायल गर्दागर्दैको फोन किन काट्यौ?’

अरुणलाई ‘एक्टर’को हैन, आम मान्छेकै जीवन बाँच्नु छ।

‘फिल्म खेल्दै जाँदा आफूमा त्यो अहम् आयो भने? त्यो हुन दिने छैन,’ अरुण बेलाबेला आफैँसँग संवाद गर्छन्।

फिल्मपछि अरुणले थुप्रै शुभचिन्तक कमाएका छन्। जसले सम्झँदा पनि अरुणलाई परिवारले सम्झिएझैं लाग्छ।

‘महापुरुष’ हेरेपछि एकजना दर्शकले नम्बर खोजेर अरुणलाई फोन गरे। ‘म छोरा भएर गर्न नसकेको काम फिल्ममा तपाईंले गर्नुभयो?’ उनले खुसी व्यक्त गर्दै भने। 

त्यसपछि निरन्तर सम्पर्कमा रहेका ती दर्शकले अरुणलाई आफ्नै घरको फ्ल्याटमा बस्ने प्रस्ताव गरे। अरुणले हाँसीहाँसी भने, ‘हजुरलाई धन्यवाद। तर म बसिरहेकै ठाउँमा कम्फर्ट छु।’

उनलाई शुभचिन्तकहरूको सुझाव पनि आउँछ, ‘तपाईंप्रति अपेक्षा छ। त्यसैले प्रोजेक्टचाहिँ छानेर गर्नुहोला है!’

अरुण शुभचिन्तकहरूको त्यो सुझाव मानिरहेका छन्। स्क्रिप्ट आइरहन्छन्, तर उनी कन्भिन्स्ड हुँदैनन्। यदि राम्रो लागिहालेमा ठान्छन्, ‘यो चाहिँ गुमाउनु हुँदैन।’

०००

अरुणले यो भेटमा डेब्यू फिल्मको मीठा अनुभव मात्र सुनाएनन्, आगामी फिल्म बारे पनि सुनाए।

गोविन्द सिँह भण्डारी निर्देशित फिल्म ‘प्रेमा’ १७ चैत्रमा प्रदर्शन हुँदैछ। फिल्ममा अरुणसँगै शुभेच्छा खड्का र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ।

अभिनयको हिसाबमा ‘प्रेमा’ दोस्रो फिल्म हो, ‘महापुरुष’ तेस्रो। पहिलो फिल्म भने पोस्ट प्रोडक्सनमै अल्झिरहेको छ।

केही दिनअघिमात्र ‘प्रेमा’को टिजर सार्वजनिक भयो। ट्रिजरले प्रेम कथाको संकेत गरेको थियो। अरुण भन्छन्, ‘प्रेम कथामाथि फिल्म त बनिरहेकै छन्। निर्देशकले यसलाई युनिक तरिकाले प्रस्तुत गरेका छन्।’

फिल्म आउनुअघि त निर्माण टिमले भन्ने यही नै हो। कस्तो युनिक? त्यो थाहा पाउनचाहिँ फिल्म नै पर्खनुपर्छ।

यद्यपि, अरुणको लागि ‘महापुरुष’ डेब्यू फिल्म हुनु अवसर र चुनौती दुवै भयो। ‘प्रेमा’को रिलिज नजिकिँदै गर्दा पहिलो फिल्मले उनका शुभचिन्तक बढे। उनका कामसँग अपेक्षा र विश्वास गर्नेहरू बढे।

‘प्रेमा’को ट्रिजर सार्वजनिक भएपछि अरुणलाई बाले सोधे, ‘यो कस्तो फिल्म हो? चल्छ त?’

उनले निर्धक्क हुँदै बालाई भने, ‘फिल्मबाट कोही पनि निराश हुनेछैन।’ ‘प्रेमा’ अरुणले ‘महापुरुष’लाई जतिकै माया गरेको प्रोजेक्ट हो।

एक पटक यस्तो परिस्थिति आयो, उनले दुईमध्ये एकलाई छान्नुपर्थ्यो। तर उनले दुवै गुमाउन चाहन्थेनन्। नभन्दै त्यो सुखद् संयोग जुर्यो अरुणलाई।

पहिलो फिल्म सुटिङको बेला निर्देशक गोविन्द सिंह भण्डारीले अरुणको काम मूल्यांकन गरेका रहेछन्। एकदिन गोविन्दले अडिसनमा बोलाए अरुणलाई। केही सिन खिचे। अनि स्क्रिप्ट पढ्न दिए। 

सुरुमा अरुणले स्क्रिप्ट पढ्दा बुझेनन्। नबुझ्दा रिस पनि उठ्यो। फेरि दोहोर्‍याइ, तेहेर्‍याइ पढे। उनको मोह बढ्दै गयो।

‘सोचेँ, स्क्रिप्ट पृथक् र बलियो छ। यो त मैले गुमाउनु हुन्न,’ अरुण सुनाउँछन्।

त्यही बेला ‘महापुरुष’को पनि अडिसन थियो। उनलाई डर थियो, ‘दुवै सँगै फ्लोरमा गए कुन रोज्ने?’

त्यस्तो भएन। ‘महापुरुष’भन्दा ‘प्रेमा’को सुटिङ अघि भयो।  उनी ढुक्क भए।

‘प्रेमा’को सुटिङ सुरुमा सहज भएन अरुणका लागि। ‘स्क्रिप्टमा भएको भन्दा एउटा शब्द पनि चेन्ज गर्न नपाउने। इम्प्रभाइजेसन नै गर्न नपाउने,’ उनी अनुभव सुनाउँछन्। 

साउथ सिनेमामा काम गरेका गोविन्दले भने, ‘म एकदमै क्लियर छु अरुण। साउथमा यसरी नै काम गरिन्छ। मैले भनेअनुसार नै ढुक्क भएर गर।’

निर्देशकको काम र ‘कन्फिडेन्ट’ले अरुणलाई विस्तारै सहज हुँदै गयो। पछि अनुभूत गरे, ‘म निकै राम्रो निर्देशकको हात परेछु।’

‘प्रेमा’ले अरुणलाई ‘महापुरुष’को प्रोजेक्टमा धेरै सघाएको थियो। ‘कन्फिडेन्ट’ दिएको थियो। नयाँ बुझाइ थपिदिएको थियो।

नयाँ फिल्मको प्रदर्शन मिति नजिकिएसँगै अरुणलाई शुभेच्छाहरू आइरहेका छन्। र सँगै चिन्ता पनि।

उनी ‘प्रेमा’ले दिएको आत्मविश्वासले शुभचिन्तकका चिन्तालाई दुर गराइरहेका छन्। ‘मलाई थाहा छ, यो मेरो नयाँ परीक्षा हो। यसमा पनि राम्रै अंकले पास हुनेछु,’ अरुण दृढताका साथ भन्छन्।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ०७:१५
  • #अरुण क्षेत्री
  • #प्रेमा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
कंगाल करोडपति’को शुभ-मुहूर्त, बाढीपीडितलाई आर्थिक सहयोग प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह,... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्