काठमाडौँ– बागमती नदीमा अहिले राति ठुलो बाढी आइरहेकाले तटीय क्षेत्रमा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
बाढी महाशाखाले आज सोमबार राति ८ बजे सूचना जारी गरी बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जानकारी दिएको हो।
सूचनामा भनिएको छ, ‘काठमाडौँ जिल्लास्थित बागमती नदी गौरीघाट, जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।