• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा

64x64
नेपाल लाइभ आइतबार, भदौ २८, २०८३  ०८:१९
1140x725

काठमाडौं– नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण टिम उत्साहित छ।

अभिनेत्री आँचल शर्मा पनर ‘झिङ्गेदाउ २’ पहिलो भागभन्दा मनोरञ्जन, रमाइलो र सन्देशका हिसाबले अझ समृद्ध रहेको दाबी गर्छिन्।

आँचलका अनुसार पहिलो भाग दर्शकले मन पराइसकेकाले दोस्रो भागमा टिममाथि स्वाभाविक रूपमा दबाब रहेको बताउँछिन्।

‘झिङ्गेदाउ’ ले बनाएको अपेक्षा पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने चिन्ता रहेपनि आफूहरू सफल हुने महसुस भइरहेको उनको भनाइ छ।

‘वान’को कम्पेरिजनमा सबै कुरा एडेड छ जस्तो लाग्छ। इन्टरटेनमेन्ट पनि डबल छ, रमाइलो पनि डबल छ र सन्देश पनि डबल छ जस्तो लाग्छ,’ नेपाल न्यूज बैंकको विशेष कुराकानीमा आँचल भन्छिन्।

उनका लागि ‘झिङ्गेदाउ’ केवल एउटा चलचित्र नभएर अभिनय यात्राकै महत्वपूर्ण मोड हो। चलचित्रमा काम गर्नुअघि निर्देशक ज्ञानेन्द्र देउजाको फिल्मी पृष्ठभूमिबारे आफू धेरै परिचित नभए पनि स्क्रिप्ट सुनेपछि र निर्देशकको कामप्रतिको लगाव देखेपछि चलचित्रमा जोडिएको उनी बताउँछिन्।

विशेष कुरा त के भने, ‘झिङ्गेदाउ’ अघि आफूले निर्वाह गरेका भूमिकाभन्दा चलचित्रको पात्र बिल्कुलै फरक भएकाले सुरुमा आफूलाई नै किन छनोट गरियो भन्ने लागेको थियो।

‘मैले ‘यसमा मलाई किन रोज्नुभएको ? यो त केही सेन्स नै गरेन’ जस्तो भएको थियो। गर्दिनँलाई गर्देको चलचित्र हो खासमा,’ उनी सम्झिन्छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

तर निर्देशक देउजाको कामप्रतिको समर्पण र उनको पुराना चलचित्रबारे खोजेपछि भने आफूले केही सिक्ने उद्देश्यले काम गरेको आँचल बताउँछिन्। अपेक्षा नगरेको चलचित्र नै आफ्नो जीवनभर सम्झनलायक काममध्ये एक बनेको उनको अनुभव छ।

छ वर्षपछि बदलिएको अनुभूति

पहिलो र दोस्रो भागबीच करिब छ वर्षको अन्तर छ। यही अन्तरले चलचित्रका पात्र मात्र नभई कलाकारको व्यक्तिगत परिपक्वतामा समेत प्रभाव पारेको आँचलको अनुभव छ।

‘सिक्स इयर्सपछि ‘टु’ आइरहँदाखेरी डेफिनेट्ली एउटा पात्रमा पनि परिमार्जन हुँदै आयो जस्तो लाग्छ। म, आँचल शर्मा पनि ठूलो हुँदै आएँ जस्तो लाग्छ, अझै सिकेँ जस्तो लाग्छ,’ उनी भन्छिन्।

समयसँगै आफूमा आएको परिपक्वताले पात्रलाई पहिलेभन्दा विभिन्न कोणबाट बुझ्न र न्याय गर्न सहज भएको उनको बुझाइ छ।

‘झिङ्गेदाउ २’ मा आँचल र केकी अधिकारीबीचका झगडाका दृश्यले पनि दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ। पर्दामा देखिने घमासान दृश्यको पछाडि भने दुई अभिनेत्रीबीचको राम्रो सम्बन्धले महत्वपूर्ण भूमिका खेलेको आँचल बताउँछिन्।

‘दिदी म तपाईंलाई भुताल्छु, तपाईं मैंले भुतालेको जस्तो गर्नु भनेर भनेपछि हाम्रो ट्युनिङ मिल्थ्यो,’ उनी भन्छिन्।

केकीसँगको मित्रता र आपसी समझदारीका कारण कठिन दृश्यहरू पनि सहज भएको उनको भनाइ छ। एकअर्कासँग सल्लाह गरेर दृश्य तयार गर्ने भएकाले अभिनयमा स्वाभाविकता ल्याउन मद्दत पुगेको उनले बताइन्।

तर पर्दामा देखिने झगडा त्यति सहज भने थिएन। रुख चढेर अभिनय गर्नुपर्ने दृश्यले उनलाई निकै डराएको थियो। त्यति अग्लो रुखमा कहिल्यै नचढेको र त्यसमाथि हिँड्दै अभिनय गर्नुपर्ने भएकाले दुर्घटनाको डरसमेत लागेको उनी सम्झिन्छिन्।

‘म अत्तालिहालेँ भने केकी दिदीले समातिहाल्नुहुन्थ्यो र केकी दिदी अत्तिँदा मैले समातिहाल्थेँ,’ उनी भन्छिन्।

त्यस्तै, चलचित्रमा हुने कुटपिटका दृश्यले शारीरिक पीडा पनि दिएको उनले खुलाइन्। कपाल दुख्ने, लड्दा नीलडाम बस्ने ा आए पनि चलचित्र राम्रो चलेपछि ती सबै सम्झना रमाइलो लाग्ने उनको विश्वास छ।

छुच्चोपना निकाल्न अभिनयले साथ दियो

आँचलको वास्तविक जीवनको स्वभाव र चलचित्रको पात्रबीच पनि केही भिन्नता छ। आफू स्पष्ट रूपमा कुरा राख्ने भए पनि पर्दामा देखाइने किसिमको लुछाचुँडी र झगडा भने वास्तविक जीवनमा नगरेको उनी बताउँछिन्।

तर पात्रभित्रको छुच्चोपना र आक्रामकता आफूभित्र केही हदसम्म रहेको उनको स्वीकारोक्ति छ। त्यसलाई बाहिर ल्याउन स्क्रिप्ट, सहकलाकार र विशेषगरी केकीको अभिनयले सहयोग गरेको उनले बताइन्।

उनका अनुसार सहकलाकारले दिएको प्रतिक्रिया र ऊर्जा नै अभिनयलाई जीवन्त बनाउने महत्वपूर्ण आधार हो।

चलचित्रमा देखाइने पारिवारिक झगडा र बुहारी–सासूबीचको सम्बन्ध अहिलेको समाजमा कति सान्दर्भिक छ भन्ने प्रश्नमा आँचलको धारणा फरक छ।

उनको बुझाइमा झगडाको शैली समयसँगै बदलिएको हुन सक्छ, तर पारिवारिक मनमुटाव र सम्बन्धमा आउने उतारचढाव अझै समाजका विभिन्न तहमा विद्यमान छन्।

नेपाल काठमाडौं मात्र नभएको र विभिन्न भूगोल तथा समुदायमा फरक–फरक सामाजिक यथार्थ रहेको भन्दै उनी चलचित्रले धेरै दर्शकलाई आफ्नै परिवेशसँग जोड्न सक्ने बताउँछिन्।

उनका अनुसार चलचित्रको उद्देश्य केवल मनोरञ्जन दिनु होइन, दर्शकलाई आत्ममूल्याङ्कन गर्ने अवसर दिनु पनि हो।

‘हामीले चाहिँ यी बुहारीहरू जस्तो गर्नुहुँदैन है, यी पात्रहरूले जस्तो झगडा गर्नुहुँदैन। समाज हामीले त यसरी लानुपर्छ, हाम्रो घरगृहस्थी यसरी लानुपर्छ भन्ने सिक्ने मौका पनि हो जस्तो लाग्छ,’ उनी भन्छिन्।

आँचल बुहारीलाई दबिएर बस्नुपर्ने परम्परागत धारणाको पक्षमा छैनन्। उनका लागि बुहारी हुनु भनेको निश्चित सामाजिक भूमिकामा सीमित हुनु होइन, मानवताको हिसाबले आफ्नो जिम्मेवारी पूरा गर्नु हो।

पहिलो भागमा काम गरेका कलाकारबीच बनेको पारिवारिक सम्बन्ध दोस्रो भागमा पनि निरन्तर रहेको आँचल बताउँछिन्। पहिलो भागमा आफू, केकी, कुशल र महेशजीबीच परिवारकै सदस्यजस्तो सम्बन्ध बनेको उनको अनुभव थियो।

दोस्रो भागमा नयाँ कलाकार थपिँदा सुरुमा पहिलो भागकै जस्तो सम्बन्ध बन्ने हो कि होइन भन्ने अन्योल भए पनि अन्ततः त्यही पारिवारिक माहोलमा चलचित्र पूरा भएको उनको भनाइ छ।

झकझकाउने अपेक्षा

आँचलका लागि ‘झिङ्गेदाउ २’ मनोरञ्जनसँगै सामाजिक सन्देश बोकेको चलचित्र हो। परिवार, सम्बन्ध, बुहारीको भूमिका, आमा–छोराबीचको सम्बन्ध र बदलिँदो सामाजिक परिवेशलाई चलचित्रले उठाएको उनको बुझाइ छ।

विशेषगरी आमाप्रति सन्तानले राख्ने द्वेष र त्यसले निम्त्याउने पीडाले दर्शकलाई भावनात्मक रूपमा झकझकाउने उनको अपेक्षा छ।

अब उनको प्रतीक्षा भने दर्शकसँगको भेटको हो। चलचित्र असोज २ गते प्रदर्शनमा आउने भएकाले दर्शकलाई हलसम्म पुगेर चलचित्र हेर्न उनी आग्रह गर्छिन्।

‘भरपुर इन्टरटेनमेन्ट छ। हलमा आएर त्यो तीन घण्टा बाँधेर राख्छ फिल्मले भन्न चाहन्छु,’ आँचलले भनिन्।

पहिलो भागलाई दिएको माया दोस्रो भागले पनि पाउने अपेक्षा गर्दै उनी दर्शकलाई धन्यवाद दिन्छिन्। उनका लागि ‘झिङ्गेदाउ २’ एउटा चलचित्र मात्र नभएर छ वर्षपछि फेरि भेटिएको पात्र, पुरानो टिम र नयाँ अनुभवको संगम पनि हो। जसमा अभिनयसँगै मित्रता, संघर्ष, पारिवारिक सम्बन्ध र नेपाली समाजको एउटा परिचित कथा जोडिएको छ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  ०८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा
भोटेकोशी बाढीमा १ हजार ३८५ शव फेला, ४ हजार ८९ अझै बेपत्ता
सम्बन्धित सामग्री
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
कंगाल करोडपति’को शुभ-मुहूर्त, बाढीपीडितलाई आर्थिक सहयोग प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह,... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, भदौ २८, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा आइतबार, भदौ २८, २०८३
भोटेकोशी बाढीमा १ हजार ३८५ शव फेला, ४ हजार ८९ अझै बेपत्ता आइतबार, भदौ २८, २०८३
काँक्रेविहारमा लगानी बढाउँदै कर्णाली, पर्यटन गन्तव्य बनाउने तयारी आइतबार, भदौ २८, २०८३
रियलको जितमा एमबाप्पेको २ गोल आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्