• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’

64x64
नेपाल लाइभ शनिबार, भदौ २७, २०८३  १०:०२
1140x725

काठमाडौं– चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पहिलो भागकै कथाको निरन्तरता भए पनि यसपटक कथा अझ रमाइलो र भावनात्मक रहेको बताएका छन् ।

बिष्टले पहिलो भाग जहाँ टुंगिएको थियो, दोस्रो भागको कथा त्यहीँबाट अघि बढ्ने बताए । उनका अनुसार चलचित्रमा अधिकांश पात्र र कलाकार पुरानै छन् भने दाजुको भूमिकामा भने परिवर्तन भएको छ ।

‘क्यारेक्टर त्यही हो, तर यसमा अझ रमाइलो छ । हामी बुढीको कुरा बढी सुन्छौँ, अझ झगडा गर्छौँ र अझ रमाइलो गर्छौँ,’ उनले भने । 

चलचित्रको दोस्रो भागमा कलाकारहरूबीचको सम्बन्ध पनि थप आत्मीय बनेको उनको अनुभव छ । पहिलो भागमा मुकुन भुसालसँग काम गरेका बिष्टले दोस्रो भागमा महेश त्रिपाठीसँग दाजुभाइको भूमिका निर्वाह गरेका छन् ।

नयाँ सहकर्मीसँग सुरुमा केही समय घुलमिल हुन लागे पनि सुटिङ सुरु भएपछि पहिलेकै आत्मीयता महसुस भएको उनले बताए ।

‘ब्याड लक’बाट ‘झिँगेदाउ’सम्म

बिष्टका अनुसार उनी ‘झिँगेदाउ’मा संयोगले जोडिएका हुन् । उनी त्यसअघि ‘ब्याड लक’ नामक सिरियलमा अभिनेता सविन श्रेष्ठसँग काम गरिरहेका थिए । त्यही सिरियल हेरेपछि निर्देशक ज्ञानेन्द्र देउजाले उनलाई चलचित्रमा कान्छो भाइको भूमिकाका लागि छनोट गरेका थिए ।

देउजाका छोराछोरीलाई ‘ब्याड लक’ मन पर्ने र उनीहरूले बिष्टलाई चलचित्रका लागि विचार गर्न सुझाएको उनले बताए । त्यसपछि देउजा र बिष्टबीच भेट भयो र उनलाई ‘झिँगेदाउ’मा अभिनयको प्रस्ताव गरिएको थियो ।

Ncell 2
Ncell 2
nimb
nimb

चलचित्रको कथा पुरानो समयको परिवेशमा आधारित भएकाले अभिनयका क्रममा निर्देशक देउजाबाट आफूले धेरै कुरा सिकेको बिष्टको भनाइ छ ।

तत्कालीन समयको जीवनशैली, पैसाको प्रयोग, जनै लगाउने तरिका तथा खाना खानुअघि गरिने व्यवहारजस्ता विषय आफूलाई थाहा नभएकाले देउजाले दृश्यअनुसार आवश्यक जानकारी र निर्देशन दिने गरेको उनले बताए ।

घरघरमा देखिने मनमुटावको फिल्मी रूप

‘झिँगेदाउ’को कथा नेपाली समाजका धेरै घरमा देखिने पारिवारिक सम्बन्ध र मनमुटावसँग जोडिएको बिष्टको बुझाइ छ । विशेषगरी देउरानी–जेठानीबीचको सम्बन्ध, दाजुभाइबीचको दूरी र परिवारभित्र हुने मतभेदलाई चलचित्रले प्रस्तुत गरेको उनले बताए ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर वास्तविक जीवनमा चलचित्रमा देखाइएजस्तो लुछाचुँडी र कुटाकुट भने नहुने उनको भनाइ छ । घरघरमा हुने सामान्य मनमुटावलाई चलचित्रमा थप उतारचढाव र मनोरञ्जनका साथ प्रस्तुत गरिएको उनले बताए ।

‘यो रियल लाइफमा धेरै जनाको घरमा घटिरहेको घटना हो । तर यति धेरै झगडा त हुँदैन होला । मनमुटाव चाहिँ भइरहेको हुन्छ,’ उनले भने ।

उनका अनुसार चलचित्रले मनोरञ्जनसँगै परिवारमा आमा, बुहारी र छोराछोरी मिलेर बस्नुपर्ने सन्देश पनि दिन्छ । चलचित्रमा नकारात्मक र सकारात्मक दुवै चरित्र राखेर कथा अघि बढाइएको उनको भनाइ छ ।

पहिलो भागमा आमाले हुर्काएका दुई छोराले विवाहपछि पत्नीको कुरा सुनेर घर बिगारेको र आमालाई एक्ल्याएको कथा थियो । दोस्रो भागमा भने त्यही परिवार आमाको खोजीमा निस्कन्छ ।

‘हामी सबै मिलेर आमालाई खोज्न जान्छौँ । दाजुभाइ र भाउजूहरू सबै मिलेर आमालाई खोज्न जान्छौँ,’ बिष्टले भने ।

चलचित्रको टिजरमा पनि आमाको खोजीको प्रसंग देखाइएको छ । तर कथाका धेरै कुरा अहिले नै सार्वजनिक गर्न नमिल्ने उनले बताए ।

आमाको खोजीको प्रसंगले चलचित्रलाई भावनात्मक बनाएको उनको अनुभव छ । आमालाई खोज्ने क्रममा आउने गीत र दृश्यले दर्शकको मन छुने उनको विश्वास छ ।

‘आमा भन्नेबित्तिकै मान्छेलाई मन छुन्छ । हामी पनि सुटिङ गर्दाखेरि आमा खोजिरहेका छौँ भन्ने सिचुएसनमा मन छुन्थ्यो,’ उनले स्मरण गरे ।

पर्दामा कुटाकुट, पर्दापछाडि सावधानी

चलचित्रमा कलाकारबीच झगडा र कुटाकुटका दृश्य पनि छन् । यस्ता दृश्य छायांकन गर्दा वास्तविक चोट नलागोस् भन्नेमा विशेष सावधानी अपनाइएको बिष्टले बताए ।

क्यामेरामा वास्तविक कुटाकुटजस्तो देखिनुपर्ने तर कलाकारलाई चोट नलाग्ने गरी दृश्य तयार गर्नुपर्ने भएकाले त्यस्ता दृश्य चुनौतीपूर्ण भए पनि रमाइलो लागेको उनको अनुभव छ ।

पहिलो भागमै केकी अधिकारी र आँचल शर्मासँग यस्ता दृश्यमा काम गरिसकेकाले दोस्रो भागमा केही सहज भएको उनले बताए । महेश त्रिपाठीसँग पनि एकअर्कालाई बचाउँदै दृश्य छायांकन गरिएको उनको भनाइ छ ।

चलचित्रमा देखाइने पारिवारिक झगडासँग जोडेर आफ्नो वास्तविक जीवनबारे प्रश्न गर्दा बिष्टले आफूले अहिलेसम्म विवाह नगरेको बताए ।

उनले आफूलाई आमा र आफू दुवैलाई बुझ्ने जीवनसाथीको खोजीमा रहेको रमाइलो शैलीमा सुनाए ।

‘एउटा राम्री बुढी(श्रीमती)को खोजीमा छु, जसले आमालाई नि बुझोस्, मलाई नि बुझोस्,’ उनले हाँस्दै भने ।

‘पिट्ने जीवनसाथी’ नआओस् भन्ने चाहना

चलचित्रमा देखाइने पारिवारिक झगडा र कुटाकुटलाई आफ्नो वास्तविक जीवनसँग जोड्दै बिष्टले विवाहबारे पनि रमाइलो टिप्पणी गरे । पर्दामा देखिएजस्तो झगडालु वैवाहिक जीवन आफ्नो वास्तविक जीवनमा नआओस् भन्ने उनको चाहना छ ।

‘त्यस्तो जिन्दगी नै झिँगेदाउ होला जस्तो लाग्छ त्यस्तो भयो भने चाहिँ,’ उनले हाँस्दै भने, ‘रियलमा त्यस्तो पिट्ने बुढी त आउँदैन होला । त्यसैको खोजीमा छौँ भनौँ न।’

आफूले मन मिल्ने र राम्रो मान्छे भेटेपछि भने विवाह गर्ने संकेत गर्दै उनले भविष्यकी जीवनसाथीलाई चलचित्रको कथा हेर्न लगाउने ठट्टासमेत गरे । 

चलचित्रमा दाजुभाइ, आमा र बुहारीबीचको सम्बन्ध तथा पारिवारिक कलहलाई हास्य र भावनासँग जोडेर प्रस्तुत गरिएको छ । त्यसैले पर्दामा देखिने ‘झिँगेदाउ’लाई वास्तविक जीवनमा भने दोहो¥याउन नहुने सन्देश आफूले पनि लिएको बिष्टको भनाइ छ ।

‘झिँगेदाउ २’प्रति आशावादी

‘झिँगेदाउ २’ पहिलो भागभन्दा अझ राम्रो बनाउने प्रयास गरिएको बिष्टको दाबी छ । पहिलो भागलाई दर्शकले दिएको मायाका कारण दोस्रो भागप्रति आफूहरू थप आशावादी रहेको उनले बताए ।

पहिलो भाग हालै युट्युबमा सार्वजनिक भएको र छोटो समयमै ठूलो संख्यामा दर्शकले हेरेको उल्लेख गर्दै उनले त्यसले दोस्रो भागप्रति दर्शकको चासो बढाउने विश्वास व्यक्त गरे । दोस्रो भागको टिजरले पनि राम्रो प्रतिक्रिया पाएको उनले बताए ।

‘एकचोटि हलमा गएर हेरौँ न त कस्तो रहेछ भनेर आउनुहुन्छ होला जस्तो लाग्छ । आइसकेपछि दर्शकलाई बाँधेर राख्छ भन्ने कुरामा हामीलाई विश्वास छ,’ उनले भने ।

अभिनय क्षेत्रमा भविष्य खोजिरहेका कलाकारलाई निरन्तर प्रयास गरिरहन पनि बिष्टले सुझाव दिए । सफलता हासिल गर्न समय लागे पनि आफूले माया गरेको क्षेत्रमा हार नमानिकन काम गरिरहनुपर्ने उनको भनाइ छ ।

‘झिँगेदाउ २’ असोज २ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ । चलचित्र विदेशमा पनि प्रदर्शन हुने बिष्टले जानकारी दिए । पहिलो भागलाई दर्शकले दिएको मायालाई दोस्रो भागमा पनि निरन्तरता दिने विश्वास व्यक्त गर्दै उनले दर्शकलाई परिवारसहित हलमा पुगेर चलचित्र हेर्न आग्रह गरेका छन् ।

‘असोज २ गतेबाट नेपालभरि र विदेशमा पनि चल्दैछ । एकचोटि नजिकको सिनेमा थिएटरमा गएर ‘झिँगेदाउ २’ सम्पूर्ण परिवारसँगै बसेर हेरिदिनुहोला,’ उनले भने ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  १०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ कोटा प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले पक्राउ परेका अभियुक्तहरू दिल्ली हुँदै नेपाल भाग्ने योजनामा रहेको बताएकी छन्। उ... सोमबार, कात्तिक २, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्