काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पार्टीको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१८ मा आइतबार सम्पन्न वडा अधिवेशनबाट खाण क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।
अधिवेशनले चिरन्जीवी ढकालको सभापतित्वमा १५ सदस्यीय वडा कार्यसमिति पनि निर्विरोध चयन गरेको निर्वाचन अधिकृत विक्रम खड्काले जानकारी दिए ।
खाणसँगै विमलप्रसाद ढकाल, प्रतिमा खनाल, हरिप्रसाद सुवेदीलगायत २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध चयन भएका छन् ।
कांग्रेसको वडा अधिवेशनअन्तर्गत बुटवल–१८ मा नेतृत्व र क्षेत्रीय प्रतिनिधि छनोट सर्वसम्मत रूपमा टुंगिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।